prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • छोरीहरू ५ कक्षामाथि पढ्नै मुस्किल
छोरीहरू ५ कक्षामाथि पढ्नै मुस्किल
banijya office
रासस
मंगलबार, चैत १७, २०७७ रासस
छोरीहरू ५ कक्षामाथि पढ्नै मुस्किल

टीकापुर । कैलालीमा मुस्लिम समुदायका छोरीहरुले ५ कक्षामाथि पढ्नै मुस्किल रहेको पाइएको छ । छोरी ठूली भएमा अभिभावकले विद्यालय पठाउन आनाकानी गर्दा छोरीहरूको शिक्षा आर्जनमा बाधा पुगेको छ ।

nepalgunj 081-082

जानकी गाउँपालिका–५ पथरैयामा मुस्लिम समुदायको बसोबास छ । पथरैयामा मुस्लिम समुदाय विगत ८० वर्षदेखि बसिरहेका छन् । बस्तीकै बीचमा विसं २०४८ मा स्थापना भएको बाल विद्या मन्दिर आधारभूत विद्यालय छ तर त्यो बस्तीबाट मुस्लिम समुदायकी बालिका शकिना खातुन जागाले मात्रै कक्षा ७ उत्तीर्ण गरेकी छन् । शकिनाको विवाह भइसकेको छ । आँगनकै विद्यालयमा कक्षा ८ सम्म पढाइ हुने भए पनि यहाँका मुस्लिम बालिका भने ५ कक्षाभन्दा माथि पार गर्न सकेका छैनन् । किशोरावस्था प्रवेश गरेकी छोरीलाई विद्यालय पोशाक लगाउन परिवारको स्वीकृतिको अभाव हुने तथा बालविवाह गरिदिने कारणले ५ कक्षासम्म पढेका छोरीहरुले शिक्षालाई निरन्तरता दिन नसकेको बताएका छन् ।

समुदायले छोरीका लागि शिक्षा अनिवार्य नठानेकै कारण छोरीहरुले आँगनमै भएको विद्यालयमा समेत पढाइ पूरा नगरेको स्थानीयवासीको भनाइ छ । सानै उमेरमा बालविवाह गरेकी कुरेसा खातुनले शिक्षा आर्जन गर्ने इच्छा भएर पनि पूरा गर्न पाइनन् । बालविवाह गरेकी कुरेसालाई हाल शारीरिक समस्या छ । “मैले सानै उमेरमा विवाह गरेका कारण शारिरीक र मानसिक समस्या भोग्नुपर्यो”, कुरेसाले भनिन्, “मैलेजस्तै आफ्ना छोरीले पनि यस्तो समस्या भोग्न नपरोस् भनी सम्झाउने गरेकी छु । यहाँ गरिबीका कारण छोरी पढाउनुभन्दा छिट्टै विवाह गरिदिने चलन छ ।”

घरायसी कामको बोझका कारण कक्षा ५ पढ्दापढ्दै विद्यालय छाडेकी जेहरा वालुम आजभोलि विद्यालय छाडेकामा पछुतो मान्छिन् । उनलाई पढ्ने इच्छा हुँदाहुँदै पनि अभिभावकको विरुद्धमा जान सक्नुभएन । “हाम्रो समाजमा छोरी ठूली भए विद्यालय पोशाक सर्ट, स्कट र पाइन्ट लगाउन अप्ठ्यारो मान्ने चलन छ । त्यसैले पनि छोरीलाई अलि ठूली भए घरकै काम सिकाउने गरिन्छ”, जेहरा भन्छिन्, “हाम्रो चलनका कारण मजस्ता धेरै छोरीको शिक्षा पूरा हुन सक्दैन । चाहना भएका, पढाइमा अब्बल छोरी पनि घरमै थन्किन बाध्य छन् ।”

शिक्षक मोहम्मद नवी जागाले मुस्लिम समुदायका मान्यताका कारण छोरीको शिक्षामा बाधा पुगिरहेको बताइन् । “छोरीले छोटा लुगा लगाउन हुँदैन, विद्यालयको पोशाक छोटो पहिरन हुन्छ, छोरीले त्यो पहिरन लगाउनका लागि अनुमति पाउँदैनन्”, उनले भनिन्, “बन्द वातावरणमा राखिएका छोरीहरुसमेत खुल्न सकेका छैनन् । उनीहरु लजालु स्वभावका छन् । उनीहरु आफ्नै विवेक प्रयोग गरेर विद्यालयलाई निरन्तरता दिन सकिरहेका छैनन् ।”

सामाजिक अगुवा साहिदअली जागा अशिक्षा र अभिभावकको कमजोरीका कारण छोरीहरुले पढाइ छाड्ने गरेको बताइन् । “शिक्षामा छोरीको पहुँच बढाउन र बालविवाह रोक्न अभिभावक जिम्मेवार बनेको देखिँदैन”, उनले भनिन्, “निगरानी गर्न र अनिवार्य छोरी पढाउनुपर्छ भन्ने खालको नीति ल्याउन जरुरी छ । जसरी सरकारले बालविवाह गर्नेलाई कारवाही गर्ने कानून ल्याएको छ, त्यसैगरी छोरी नपढाउने अभिभावकलाई पनि कारवाही गर्ने कानूनी व्यवस्था हुनुपर्छ ।”

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले चलनका नाममा छोरीलाई शिक्षा आर्जन गर्नबाट वञ्चित गराइनु गलत भएको बताए । “पहिरन र चलनका नाममा छोरीमाथि भइरहेको लैङ्गिक विभेदले बालविवाहलाई प्रश्रय दिएको छ”, अध्यक्ष चौधरीले भने, “हामी छोरीको शिक्षामा गम्भीर छौँ, हामीले विद्यालय भर्ना कार्यक्रम, घरदैलो कार्यक्रमजस्ता काम गर्ने गरेका छौँ । यसरी पढाइ छाडेका छोरीको शिक्षामा सघाउन पालिकाले विशेष कार्यक्रम ल्याउनेछ ।”

गाउँपालिका अध्यक्ष चौधरीले पालिकाले विद्यालयमा आकर्षण बढाउन समुदायको मागअनुसार पोशाक वितरण, पाठ्यपुस्तक वितरणलगायतका कार्यक्रम सञ्चालन गरेर पनि विद्यार्थीलाई प्रोत्साहन गरिरहेकाले अभिभावकलाई छोरीको शिक्षाप्रति जिम्मेवार बन्न आग्रह गरे । 


प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १३:३१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
विद्यार्थी–शिक्षकलाई साइबर सचेतना
विद्यार्थी–शिक्षकलाई साइबर सचेतना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP