Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • डुडुवाद्वारा ७० बुंदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत
डुडुवाद्वारा ७० बुंदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत
RSG-2
६८ करोड बढीको प्रस्तावित बजेट सार्वजनिक र दुई वटा विधियेक पारित
बागेश्वरी पोस्ट
बिहीबार, असार १०, २०७८ बागेश्वरी पोस्ट
डुडुवाद्वारा ७० बुंदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत

डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ ।

गाउँपालिकाको आज बसेको नवौं गाउँसभाले दुई वटा विधियेक, ७० बुंदे नीति तथा कार्यक्रम र रु. ६८ करोड ६३ लाख ११ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी (पप्पु) ले कोभिड १९ लाई समेत लक्षित गरी शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत्, वन तथा बातावरण, विकास निर्माण लगायतका ७० बुंदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

कोभिड १९ महामारी नियन्त्रणको लागि कार्ययोजना निर्माण, शाहपुर्वामा १५ शैयाको अस्पताल निर्माण, चिकित्सकसहितको स्वास्थ्य सेवा सञ्चालन, संस्कृति, अवधि र उर्दु भाषाको संरक्षण र सम्बद्र्धन गर्न मातृभाषाका सहजकर्ता नियुक्त गरी मातृभाषाको संरक्षण, हरेक वडामा माध्यमिक विद्यालयको स्थापना, दक्ष प्राविधिक नियुक्त गरी घरघरमा सेवा प्रवाह, पर्यटकीय गुरु योजना निर्माण, राप्ती नदीमा भगवान शिवको प्रतिमासहित उद्यान निर्माण, राप्ती नदी र डुडुवा खोलामा र्याफ्टिङ संचालन, जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न विभिन्न अभियानहरुको निरन्तरता लगायत ७० बुदें कार्यक्रम तथा योजना प्रस्तुत गरिएको छ ।

यसैगरि गाउँपालिकाको १ नंं. देखि ६ नंं वडामा क्रमशः सडक विस्तार र स्तरोन्नति, फोहरमैलाको व्यवस्थापन तथा प्लाष्टिकजन्य बस्तुको व्यवस्थापन, प्राकृतिक तथा धार्मिकस्थल तथा पर्यटन क्षेत्रको संरक्षण, गुणस्तरीय शिक्षा, कृषि उत्पादन, पशु तथा व्यवसायिक खेती प्रबद्र्धन घरघरमा भत्ता वितरण, जेष्ठ नागरिक एकल महिला, तथा पिछडिएको वर्गका लागि विशेष कार्यक्रम, गाउँपालिकामा ग्राम उद्योगको स्थापनाको पहल, लगायतका कार्यक्रम अध्यक्ष चौधरीले प्रस्तुत गर्नुभयो ।

संघिय सरकार, प्रदेश सरकार गाउँपालिकाको आन्तरिक स्रोत अन्र्तगत् बजेट विनियोजन गरिएको हो । 

अध्यक्ष चौधरीले सभामा चालु आर्थिक वर्ष २०७७/०७८ को हालसम्मको बार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । प्रगति अनुसार केही महत्वपूर्ण कार्यक्रम तथा उपलब्धिमूलक कार्य सम्पन्न गरेको प्रगति प्रतिबेदनमा उल्लेख गरिएको थियो ।

सभामा विधायन समितिका संयोजक तथा कार्यपालिका सदस्य लिलावती यादवले डुडुवा गाउँपालिकाको विनियोजन ऐन २०७८ र डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०७८ प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत दुई वटा विधेयक, नीति, तथा कार्यक्रम र बजेट सभाबाट सर्बसम्मत रुपमा पारित गरिएको थियो । गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले संचालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, गजेन्द्र कैराती, भण्डारीलाल यादव, सगिर खाँ, प्रशुराम बुढाथोकी र मोहनराम मिश्र, सम्पूर्ण वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

सभामा वडाध्यक्षद्धय भण्डारीलाल यादव र मोहनराम मिश्र तथा वडासदस्य आमोद तिवारी लगायतले विरोध जनाएर सभाबाट बाहिरिए पनि पछि आएर बैठक भत्ता र अन्य सुविधा बुझ्नुभएको थियो ।

कोरोना संक्रमण कोभिड १९ को बेला सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर गाउँसभा बसेको हो ।


प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP