नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • इन्ज्युरी समयमा गोल खाँदा नेपाल बराबरीमा रोकियो
इन्ज्युरी समयमा गोल खाँदा नेपाल बराबरीमा रोकियो
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर १८, २०७६ बागेश्वरी पोस्ट
इन्ज्युरी समयमा गोल खाँदा नेपाल बराबरीमा रोकियो

काठमाडौं  । १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ लिग चरणमा नेपाल र श्रीलंकाबिचको खेल बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा बुधबार भएको आफ्नो दोस्रो खेलमा श्रीलंकाले इन्ज्युरी समयमा गोल गरेपछि नेपाल १–१ को बराबरीमा रोकिएको हो । नेपालले खेलको पहिलो हाफमा कप्तान सुजल श्रेष्ठको गोलमा अग्रता लिएको थियो । तर दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा जुड सुपानले फ्रिकिकमा गोल गरेपछि खेल बराबरीमा आएको थियो । कप्तान मोहमद फजलको फ्रिकिक पासमा सुपानले गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा नेपालका रेजिन सुब्बाले हुलमुलमा खाली पोस्टमा हानेको बल पोस्टमाथीबाट बाहिरिएको थियो । खेलको २०औं मिनेटमा नेपालको राम्रो प्रहार श्रीलंकाका किपरले जोगाएका थिए । नेपालको ३० औं मिनेटको प्रहार पनि विफल भयो। त्यसको ३ मिनेटपछि श्रीलंकाका खेलाडीले अनन्त तामाङलाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टीमा नेपालका कप्तान सुजलले गोल गर्दै अग्रता दिलाए। अभिषेकले ४३औं मिनेटमा दिएको क्रस पासमा सुजलको हेड बल पोस्ट माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफको सुरुमा पहिलो हाफमा जस्तो सम्हालिएको खेल देखाउन सकेन । खेलको ४८औं मिनेटमा रेजिन सुब्बाले राम्रो अवसर खेर फाले । खेलको ८४औं मिनेटमा अनन्त तामाङले गरेको हेड श्रीलंकाको पोष्टको नजिकैबाट बाहिरिएपछि नेपालले २–० गोलको अग्रता बनाउने अवसर गुमाएको थियो ।

राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् । पुरुष फुटबलमा नेपाल र भुटानसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स रहेका छन् । पहिलो खेलमा भुटानलाई ४–० ले हराएको नेपालको बराबरीसँगै ४ अंक भएको छ । भुटानको २ खेलमा ३ अंक छ। माल्दिभ्स र श्रीलंकाको २-२ अंक छ भने बंगलादेशको १ अंक छ। hamrokhelkud


प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  १९:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP