Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • पराजयसँगै संकटमा सिटी, वल्भ्ससँग स्तब्ध
पराजयसँगै संकटमा सिटी, वल्भ्ससँग स्तब्ध
RSG-2
एजेन्सी
शनिबार, पुस १२, २०७६ एजेन्सी
पराजयसँगै संकटमा सिटी, वल्भ्ससँग स्तब्ध

एजेन्सी । साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा वल्भ्ससँग स्तब्ध बनेको छ । शुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा १० खेलाडीमा समेटिएको सिटी घरेलु टोली वल्भ्ससँग ३–२ ले स्तब्ध बनेको हो ।

शुक्रबार राति वेस्ट मिडल्यान्डमा आयोजित खेलमा वल्भ्सका लागि एडमा ट्राओरे, राहुल जिमिनेज र माट दोहर्थीले गोल गरे । सिटीका रहिम स्ट्रलिङले दुई गोल गरे पनि आफ्नो टोलीको पराजय रोक्न सकेनन् । सिटीलाई झड्का त्यतिबेला लाग्यो जब खेलको १२औं मिनेटमै आफ्ना गोलरक्षक इडर्सन मोरेस रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । डिएगो जोटालाई वान भर्सेस वानको अवस्थामा पेनाल्टी बक्स बाहिर आएर फल गरेपछि रेफ्रीले इडर्सनलाई सिधै रातो कार्ड देखाएका थिए ।

२१औं मिनेटमा वल्भ्सका डेन्डनकरले सिटीका रियाद महारेजलाई पेनाल्टी बक्समा फल गरेका थिए । रेफ्रीले भिएआरको सहायता लिएर सिटीलाई पेनाल्टीको अवसर दिए । तर रहिम चुकेसँगै सिटीलाई दोस्रो झड्का लाग्यो । वल्भ्सका रुइ प्याट्रेसियोले रहिमलाई रोके पनि वल्भ्सका खेलाडीले लाइन क्रस गरेको भन्दै रेफ्री मार्टिन एटकिन्सनले सिटीलाई पुनः पेनाल्टीको मौका दिए पनि रहमिलाई वल्भ्सका गोलरक्षक रुइ प्याट्रेसियोले रोक्न सफल भएका थिए ।

रिवाउन्डमा गोल गर्दै रहिमले सिटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५०औं मिनेटमा रहिमले नै केभिन डि ब्रुयनको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । १० खेलाडीमा सीमित सिटीसँग घरेलु मैदानमा २–० ले पछि पारेको थिए । तर, वल्भ्सले उत्कृष्ट पुनरागमन गर्दै ३ गोल गरेर सिटीमाथि रोमाञ्चक जित निकाल्न सक्यो ।

घरेलु मैदानमा दर्शकको समर्थनका बीच पनि २ गोलले पछाडि रहेको वल्भ्सका लागि ५५औं मिनेटमा एडमाले पहिलो गोल गरे । ८२औं मिनेटमा राहुल जिमिनेजले गोल गरेर घरेलु टोलीलाई २–२ गोलको बराबरीमा ल्याए । ८९औं मिनेटमा माटले अर्को गोल गर्दै वल्भ्सलाई ३–२ को रोमाञ्चक पुनरागमन जित दिलाउन सफल भए । अपराजित यात्रा रोकिएसँगै सिटीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ भने उसले उपाधि यात्रा थप कमजोर बनाएको छ । जितपछि वल्भ्स १९ खेलबाट ३० अंक जोडेर पाँचौ स्थानमा उक्लन सफल भएको छ ।

अहिलेसम्म सिटीको १९ खेलबाट ३८ अंक छ भने दोस्रो स्थानको लेस्टर सिटीको समान खेलबाटै ३९ अंक छ । उता, एक खेल कम खेलेर पनि ५२ अंकसहित लिभरपुल शीर्षस्थानमा ।


प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  ०९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP