prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • पिपिएलको उपाधि चितवन राइनोजलाई
पिपिएलको उपाधि चितवन राइनोजलाई
banijya office
बागेश्वरी पोस्ट
शनिबार, पुस १२, २०७६ बागेश्वरी पोस्ट
पिपिएलको उपाधि चितवन राइनोजलाई

पोखरा । चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) को उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवनले उपाधि जितेको हो ।

nepalgunj 081-082

पोखरा रंगशालामा भएको फाइनलमा चितवन राइनोजले दिएको २०३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको विराटनगर टाइटन्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनमात्रै जोडेको थियो ।

विराटनगरले खराब सुरुवात गरेको थियो । विराटनगरले सुनिल धमला र लोकेश बमलाई सुरुवाती ओभरमा नै गुमाएको थियो । धमला ४ बलमा एक चौका प्रहार गर्दै दोस्रो ओभरमै आउट भएका थिए । उनलाई चितवनका सनी पटेलले बल्ड आउट गरेका हुन् ।

त्यस्तै बमलाई चितवनका करण केसीको बलमा बाबर हायतले क्याच आउट गरेका थिए । बमले १ रन मात्रै जोडेर आउट हुन पुगेका हुन् । साथै नोमन खान १८ बलमा २ चौकासहित १८ रन बनाएर आउट भएका  थिए । उनलाई आरिफ शेखले रन आउट गरेका हुन् ।

विराटनगरका मोहम्मद जायद आलमले अर्धशतक पार गरे पनि उनको टोलीले जित निकाल्न सकेन । आलमले ४८ बलमा ५ चौका र ३ छक्कासहित ५७ रन बनाएर आउट भए । उनलाई रोहन मुस्ताफाको बलमा भुवन केसीले क्याच आउट गरेका थिए । त्यस्तै पुनित मेहरा १३ बलमा २ चौका र ३ छक्कासहित ३२ रन बनाएर आउट भए ।

साथै विराटनगरका प्रदिप ऐरीले २५ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाउँदै पेभिलियन फर्किए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । चितवन राइनोजले कप्तान पारख खड्का र बाबर हायतलाई खेलको सुरुमा गुमाएको थियो । खड्का २५ रन बनाएर आउट भएका थिए । खड्काले ११ बलमा ४ चौका र १ छक्कासहित उक्त रन जोडेका हुन् । उनलाई किशोर महतोको बलमा नोमन खानले क्याच आउट गरेका थिए । त्यस्तै बाबर हायत ५ बलमा ५ रन जोडेर आउट भएका थिए । उनलाई मोहम्मद जायद आलमले आउट गरेका थिए ।

तर चितवनका लागि रोहन मुस्ताफा र अनिल साहले उत्कृष्ट साझेदारी गरेका थिए । दुबै जनाले ६३ बलमा ९५ रनको साझेदारी गरेका थिए । साथै दुबैजना अर्धशतक बनाएर आउट भएका थिए । रोहनले ४३ बलमा ३ चौका र १ छक्कासहित ५० रन बनाए भने अनिलले ३४ बलमा ३ चौका र ३ छक्कासहित ५० बनाए । त्यस्तै चितवनका आरिफ शेख ११ बलमा १ चौका र २ छक्कासहित १९ रन बनाएर आउट भए ।

यता चितवनका करण केसीले ८ बलमा २ चौका र २ छक्कासहित २६ रन र सनी पटेलले ८ बलमा २ चौकासहित १६ रन  बनाउँदै अविजित रहे ।

विराटनगरका लागि पुनीत मेहरा र मोहम्मद जायद आलमले समान २ विकेट लिए । त्यस्तै किशोर महतोले एक विकेट लिए ।

यता चितवनका लागि करण केसीले सर्वाधिक ३ विकेट लिएका थिए । सनी पटेलले २ र रोहन मुस्ताफाले १ विकेट लिए ।

चितवन लिग चरणमा ५ वटै खेलमा जित निकाल्दै फाइनलमा पुगेको टोली हो । टुर्नामेन्ट भर अविजित रहेको चितवन राइनोज यस पटक पिपिएलको उपाधि जित्न समेत सफल भएको छ ।

विराटनगर लिग चरणमा ५ खेलमा ३ मा हार र २ मा जित सहित काठमाडौं गोल्डेन्स वारियर्सलाई नेट रनरेटले पछि पार्दै प्ले अफमा पुगेको थियो । क्वालिफायरमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले फाइनलमा प्रवेश गरेको थियो ।

यो सँगै च्याम्पियन चितवनले २७ लाख र उप विजेता विराटनगरले १० लाख प्राप्त गरेका छन् ।


प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  १५:२०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP