prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • दाङका स्थानीय तहमा कांग्रेसको आयतन बढ्यो, पश्चिम 'क्लिन स्विप'
दाङका स्थानीय तहमा कांग्रेसको आयतन बढ्यो, पश्चिम 'क्लिन स्विप'
banijya office
जिल्ला समन्वय समितिमा एकल बहुमत
बागेश्वरी पोस्ट
बुधबार, जेठ ११, २०७९ बागेश्वरी पोस्ट
दाङका स्थानीय तहमा कांग्रेसको आयतन बढ्यो, पश्चिम 'क्लिन स्विप'

दाङ । दाङ नेपाली कांग्रेसको राम्रो संगठन भएको जिल्ला मानिन्छ । प्रजातन्त्र पुनर्बहालीपछि भएका अधिकांश चुनावमा कांग्रेसले राम्रो सफलता हासिल गरेको छ । २०६४ को पहिलो संविधानसभा चुनाव र २०७४ को संसदीय एवम् प्रदेशसभा सदस्य निर्वाचनमा विर्सनलायक नतिजा बाहेक अन्य निर्वाचनमा उत्साहप्रद नै छ ।

nepalgunj 081-082

२०७४ को स्थानीय तह निर्वाचनमा सन्तोषजनक सफलता हासिल गरेको कांग्रेसले २०७९ को निर्वाचनमा भने राम्रो सफलता हासिल गरेको छ । २०७४ मा तीन पालिका मात्र जितेको कांग्रेसले यसपटक त्यसमा राम्रो सुधार गरेर पाँच पालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष जिताउन सफल भयो । यस्तै दुई वटा पालिकामा उपाध्यक्ष जिताउन सफल भएको छ । कांग्रेसले यसपटक जिल्लाका स्थानीय तहमा आयतन बढाएको छ । 

पश्चिम दाङ त कांग्रेसले यसपटक 'क्लिन स्विप' नै गरेको छ । यसअघि एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको बबई गाउँपालिका यसपटक कांग्रेले खोस्यो । २०७४ मा दंगीशरणको अध्यक्ष गुमाएको कांग्रेसले यसपटक उपाध्यक्ष जोगाउँदै अध्यक्ष पनि जितेको छ । शान्तिनगरमा पुरानो विरासत जोगाउँदै जितलाई निरन्तरता दिएको छ । दाङको पश्चिमी क्षेत्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्दछ । जुन कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले निर्वाचन लड्दै आएको क्षेत्र हो । उनले पार्टीलाई जिताउन गरेको मेहनत यहाँ देखिएको छ । जिल्लाको ठूलो भू-भाग समेटिएको पश्चिम दाङमा कांग्रेसले हासिल गरेको सफलताले नेता कार्यकर्ताहरुमा उत्साह थपिएको छ ।

२०७४ को प्रतिकूलतालाई पन्छाउँदै गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले पाएको सफलता गर्व गर्न लायक रहेको नेताहरु बताउँछन् । देउखुरीमा पनि कांग्रेसले सफलता हात पारेको छ । मुख्य बजार क्षेत्र लमही नगरपालिका कांग्रेसको पोल्टामा परेको छ । जबकि २०७४ मा उपमेयर जित्दा कांग्रेसले मेयर गुमाएको थियो । यसपटक भने मेयर उपमेयर दुबै जितेको छ ।

राजपुर गाउँपालिका पनि कांग्रेसले जोगाएको छ । गढवा गाउँपालिकामा उपाध्यक्ष जितेको छ । बंगलाचुलीमा पनि गठबन्धनबाट उपाध्यक्ष जितेको छ । गज्जबको संयोग के छ भने जहाँ जहाँ कांग्रेस एक्लै लडेको छ, त्यहाँ सहज जित निकालेको अवस्था छ । तर, गठबन्धन भएका ठाउँहरुमा प्राविधिक कारणले हार व्यहारेको देखिन्छ । मतदातालाई राम्ररी बुझाउन नसक्दा घोराही र तुलसीपुर उपमहानगरापालिकामा अत्याधिक मत बदर भएर गठबन्धनका उम्मेदवारहरु पराजित भएको देखिन्छ ।

घोराहीमा कांग्रेसका उपमेयरले ४९ मतले चुनाव हारे । तर, उपमेयरमा मात्रै १० हजार मत बदर भएको छ । मेयरमा पनि त्यस्तै अवस्था छ । तुलसीपुरमा पनि त्यस्तै अवस्था हुँदा जितेको चुनाव हार्नुपर्ने अवस्था आएको केन्द्रीय सदस्य गिरीको भनाई छ । "हामी मतदाता शिक्षालाई प्रभावकारी बनाउने कुरामा चुक्यौं, मतदाताहरु असाध्यै झुक्किनुभएको देखियो, बदर मतलाई रोक्न सकेको भए हामीले चुनाव जितेका छौं, तर, प्राविधिक कारणले सफल हुन सकेनौं," गिरीले भने ।

२०७४ को निर्वाचनमा घोराही र तुलसीपुर दुबै उपमहानगरपालिका एमालेले नै जितेको थियो । यसपटक यी पालिका फिर्ता गर्ने जोडमा लागेको कांग्रेस गठबन्धन हुँदा पनि बदर मत अत्याधिक भएपछि सफल हुन सकेन । देउखुरीको राप्ती गाउँपालिका पनि कांग्रेसले गुमाएको छ । पाँच पालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष दुबै तथा दुई पालिकामा उपाध्यक्ष जितेको कांग्रेसले जिल्ला समन्वय समितिमा भने स्पष्ट बहुमत पाएको छ ।


प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १२:५३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP