नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • बाम-लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं. १ को प्रतिबद्धता पत्र सार्वजनिक
बाम-लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं. १ को प्रतिबद्धता पत्र सार्वजनिक
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २५, २०७९ बागेश्वरी पोस्ट
बाम-लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं. १ को प्रतिबद्धता पत्र सार्वजनिक

कोहलपुर । बाम-लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं. १ ले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ । कोहलपुरमा पत्रकार सम्मेलन गरी गठबन्धनले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

बाँके क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), प्रदेशसभा सदस्य १ (२) का उम्मेदवार फुलाराम थारु, नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मिकी, नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य अशोक कोइराला, बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नं. १ का संयोजक एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, नेपाली काँग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायतले संयुक्तरुपमा प्रतिवद्ध पत्र सार्वजनिक गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, पर्यटन र पर्यावरण, खानेपानी तथा सरसफाई, स्थानीय कला, संस्कृति प्रबद्र्धन, व्यापार व्यवसाय र बजार व्यवस्थापन, गरिबी निवारण, सूचना र सञ्चार, सामाजिक सुरक्षा, बजारीकरण, आधुनिक पशुपालन तथा कृषि, सिचाईं, आयआर्जन तथा रोजगार, युवा तथा खेलकुद, विद्युत, आर्थिक, सडक यातायात, प्रशासन र सुशासन र बिपत् व्यवस्थापन सम्वन्धि मुख्य बुँदाहरु समेटिएको प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो ।

प्रतिवद्धता पत्रमा कोहलपुरमा अन्तरराष्ट्रिय क्रिकेट मैदान र राष्ट्रिय महिला क्रिकेट एकेडेमी निर्माण, राप्ती नदीको डुवान तथा कटान नियन्त्रण गर्न बनेको गुरु योजना कार्यान्वयन, कोहलपुर सल्यान घुइयावारी सडक निर्माण, कोहलपुरमा सिटी हल निर्माण, राँझा बिमानस्थललाई अन्तर्राष्ट्रिय बिमानस्थलको रुपमा विकास गर्ने, यस क्षेत्रमा मुटु, बाल रोग र न्युरो अस्पताल निर्माण, नरैनापुरमा इलाका प्रशासन कार्यालय स्थपना, नापी र मालपोत कार्यालय स्थापनालाई प्राथमिकतामा राखिएको छ ।

विगतमा बिद्यालयबाट टिनको छाना बिस्थापन गर्ने योजनालाई निरन्तरता दिँदै बिपन्न समुदायको फुसको छानो व्यवस्थापन योजनाका साथै प्रतिवद्धता पत्रमा कृषि पर्यटनलाई प्रथमिकतामा राखिएको छ । ५ वर्षभित्र सबैमा शुद्ध खानेपानी पु¥याइने, एक वडा एक उत्पादन, कोहलपुरमा बोटानिकल पार्क निर्माण, स्थानीय सञ्चार माध्यमलाई संरक्षण, सिक्टा सिचाई आयोजनका पुर्बी नहर निर्माणलाई समेत प्रथमिकतामा राखिएको छ ।

यसैगरी एक पालिका एक खेल मैदान, एक बिद्यालय एक स्पोर्ट्स क्लव र खेल पूर्बाधार, ५ वर्षभित्र हाल ग्राभेल रहेका सम्पूर्ण सडक कालोपत्रे, सबै नदीनालामा पक्की तटबन्ध निर्माण गरी खोतियोग्य जमिनको संरक्षण, रोहिणीदेखि मानखोलासम्म फोरलेन सडक निर्माण र नरैनापुरमा छोटी भन्सार स्थापनाको कामलाई पाँच वर्षभित्रै पूरा गरिने उल्लेख गरिएको छ । प्रतिबद्धता पत्रमा आगामी ५ वर्षभित्र निर्वाचन क्षेत्रभर बिद्युत बिस्तार, कोहलपुरमा निर्माण भइरहेको कवर्ड हलको पूर्णता, नरैनापुरको सुख्खा क्षेत्रमा डिप बोरिङको ब्यवस्था लगायतका काम प्रथमिकतामा छन् ।

प्रतिबद्धता पत्रमा संघिय सरकारद्वारा बिगत ५ वर्षमा भएका कामहरुलाई समेत लिपीबद्ध गरेर सार्वजनिक गरिएको छ । राप्तीसोनारी र नरैनापुर बिद्युतीकरण, नरैनापुर जोड्ने हुलाकी सडक निर्माण, राप्ती नदीको कटान तथा डुवान नियन्त्रण गर्न गुरुयोजना निर्माण गरी पक्की तटबन्ध निर्माण, कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि डिपिआर निर्माण गरी निर्माण प्रक्रिया सुरु, नरैनापुरको घरदौरियादेखि अगैया जोड्ने सडक निर्माण, कोहलपुर २ को कवर्डहल निर्माणका लागि बजेट बिनियोजन गरिनुका साथै नेपालगंज रंगशालामा सेन्थेटिक ट्रयाक र फ्लड लाइट जडानका लागि टेण्डर प्रक्रिया अगाड बढाइएको बताइएको छ ।

यस्तै निर्वाचन क्षेत्रभित्रका विद्यालयमा १ सय ७० वटा पक्की कक्षा कोठा निर्माण, कोहालपुरमा फुटबल एकेडेमीको निर्माणको प्रक्रिया सुरुवात, नागरिक आवास मार्फत झण्डै २ हजार घरहरु निर्माण, १ हजार ५ सय घरहरु निर्माण प्रक्रियामा रहेको कुरालाई उपलब्धिका रुपमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बाँके निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अथकले गठबन्धनका उम्मेदवारहरु समाबेशी, उर्जावान र अनुभवी भएकाले जनताले भरोसाका रुपमा हेरेको समेत दावी गरेका थिए । उनले सिंहदरवार बुझेको हुनाले आगामी बर्ष बिकासको बर्ष हुने र जनताका आपेक्ष पूरा हुने प्रतिवद्धता समेत जनाएका थिए ।
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  २०:५२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP