prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सशस्त्र प्रहरीलाई गोताखोर अनुशिक्षण तालिमः राप्ती नदीमा कृत्रिम घटना अभ्यास
सशस्त्र प्रहरीलाई गोताखोर अनुशिक्षण तालिमः राप्ती नदीमा कृत्रिम घटना अभ्यास
banijya office
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २८, २०८२ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीलाई गोताखोर अनुशिक्षण तालिमः राप्ती नदीमा कृत्रिम घटना अभ्यास

नेपालगञ्ज । बाँकेको अगैयास्थित राप्ती नदीमा जल उत्पन्न प्रकोप व्यवस्थापन सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीद्वारा आयोजित १२ दिने गोताखोर अनुशिक्षण तालिमको अन्तिम प्रबचन कार्यक्रममा सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण शमशेरगञ्जको प्रदेश स्तरीय विपद व्यवस्थापन टिमले जल उत्पन्न प्रकोप ब्यवस्थापन सम्बन्धि कृत्रिम घटना अभ्यास प्रदर्शन गरेको हो । पानीमा डुबेकाको खोज तथा उद्दार, पूर्व तयारी र प्रतिकार्यलाई समेटेर घटना अभ्यास 'रेस्क्यु अगैया' गरिएको थियो । 

nepalgunj 081-082

May be an image of 9 people, people swimming, jet ski and text

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बार्षिक स्वीकृत कार्यक्रम अनुसार १० जनालाई गोताखोर अनुशिक्षण तालिम प्रदान गरिएको हो । विपद व्यवस्थापन टिमको दक्षतामा पुनर्ताजगी गर्दै आत्मविश्वास बढाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति डिआइजी दिपेन्द्र कुँवरको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा अन्तिम प्रबचन समारोह सम्पन्न भएको थियो । 

मन्त्री अग्रवालले प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । प्रशिक्षकका रुपमा सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्ले, सहायक निरीक्षक विरेन्द्र बहादुर कार्की तथा जवानहरु नारायण काउचा र मिलन केसी रहेका थिए । त्यस अवसरमा बोल्दै मन्त्री अग्रवालले सशस्त्र प्रहरीले विपद व्यवस्थापनमा खेलिरहेको भूमिकाको उच्च प्रशंसा गर्दै यस खाले तालिमले पुनर्ताजगीसंगै दक्षता र आत्मविश्वास बृद्धिमा सघाउ पुर्याउने विश्वास ब्यक्त गरे । उनले प्रदेश सरकारले सशस्त्र प्रहरीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जल उत्पन्न प्रकोप व्यवस्थापनमा तालिम निकै उपयोगी हुने विश्वास ब्यक्त गरे । 

May be an image of 3 people and temple

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोक बहादुर सुनार, सशस्त्र प्रहरी बल नौवस्ता शिक्षालय प्रमुख एसएसपी गंगाराम श्रेष्ठ, रिजर्भ गण शमशेरगञ्जका एसपी प्रमोद कुमार भारती, सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी प्रमुख एसपी शोभाकान्त खनाल, बर्दियाका सशस्त्र प्रहरी प्रमुख एसपी मान बहादुर शाही, जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दिपक पातली, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल रेडक्रस सोसाइटी बाँके सभापति गोबद्र्धन सिंह सम्झना लगायतको उपस्थिति थियो । सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति कुँवरले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वर डिसीले गरेका थिए ।

May be an image of 4 people, the Panama Canal and textMay be an image of 5 people and text


प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  २२:४३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
विद्यार्थी–शिक्षकलाई साइबर सचेतना
विद्यार्थी–शिक्षकलाई साइबर सचेतना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP