नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • यसकारण दीपक गिरी हाबी छन् कोमल वलीमाथि...
यसकारण दीपक गिरी हाबी छन् कोमल वलीमाथि...
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २८, २०७९ बागेश्वरी पोस्ट
यसकारण दीपक गिरी हाबी छन् कोमल वलीमाथि...

 

दाङ । दाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ चर्चामा छ । चर्चामा यसकारण छ कि कांग्रेसका प्रभावशाली नेता दीपक गिरी सत्ता गठबन्धनको तर्फबाट चुनावी मैदानमा छन् । एक पटक सांसद र मन्त्री समेत भएर विकासप्रेमी नेताको छवि बनाएका उनीसंग एमालेकी 'नवआगन्तुक' कोमल वली प्रतिष्पर्धामा छिन् ।

सत्ता गठबन्धनको तर्फबाट साविकको राप्ती अञ्चलमा कांग्रेसका एक मात्र उम्मेदवार गिरी कांग्रेसभित्र प्रभाव राख्ने नेताका रुपमा चिनिन्छन् । राजनीतिक अनुभवले खारिएका गिरी अवसरको खोजीमा दल बदल्दै एमालेमा आइपुगेकी वलीमाथि हाबी देखिन्छन् । वलीमाथि गिरी कसरी हाबी छन् त ? यहाँ पाँच कोणबाट चर्चा गरौं ।

१. व्यक्तित्व

किशोरावस्थामै व्यवस्था परिवर्तनको आन्दोलनमा होमिएका गिरी नेविसंघ हुँदै कांग्रेस राजनीतिमा स्थापित नेता हुन् । प्रतिष्पर्धी भन्दा निकै अग्लो राजनीतिक कद भएका गिरी जेलनेल भोग्दै, विपक्षीको भौतिक आक्रमणमा समेत पर्दै खारिएर अघि बढेका नेता हुन् । कांग्रेसको केन्द्रीय कार्यसमितिमा निरन्तर निर्वाचित हुँदै आएका गिरी २०७० मा संविधानसभा सदस्य भएर पहिलोपल्ट संसद छिर्दा गठबन्धन सरकारमा पनि महत्वपूर्ण मन्त्रालय सम्हाल्ने नेता हुन् । उनको व्यक्तित्व प्रभावले २०६४ को चुनावमा देशभर माओवादीको लहर चल्दा समेत उनी झिनो मतान्तरले पराजित भए । २०७४ मा बाम गठबन्धनको घेराबन्दका बीच पनि ६५६७ मतले मात्र पराजित भए । तर, वलीको राजनीतिक धरातल कमजोर मात्र होइन, राजनीतिक योगदान पनि शून्य छ ।

२०७३ सम्म रेडियो नेपालमा सरकारी जागिरे उनी त्यसपछि राप्रपा नेपालमा प्रवेश गरेर केन्द्रीय सदस्य भइन् । एक बर्ष वित्दा नवित्दै अवसरको खोजीमा एमालेमा भित्रिइन् । त्यसअघि कट्टर राजावादीको छवि बनाएकी उनी अवसरका लागि पार्टी बदल्दै हिंड्ने आरोप खेपिरहेकी छिन् । गीत संगीत र समाचार वाचनको पृष्ठभूमी भएकी वलीसंग रसरंग बाहेक राजनीतिक व्यक्तित्व र राजनीतिक चेत धुमिल छ । उनलाई सर्वसाधारणले गायिका भनेर चिन्छन् न कि राजनीतिक व्यक्तित्व । 

२. राजनीतिक अनुभव र निरन्तरता

वि.सं २०३४ सालमा दाङ जिल्लाको क्षेत्रीय सभापति, २०३६ सालमा नेविसंघको केन्द्रीय सदस्य, २०३६ सालमै नेविसंघको राष्ट्रिय अधिवेशनको तैयारी समितिको संयोजक, २०४२ सालमा सत्याग्रह आन्दोलनको केन्द्रीय एक्सन कमिटीको सदस्य, २०४३ सालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको महासचिव र २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर नेतृत्वदायी भूमिका निर्वाह गरेको ऐतिहासिक पृष्ठभूमि काँग्रेस नेता गिरीसंग छ ।  

२०४६ सालदेखि निरन्तर पार्टीको महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य हुँदै पार्टीको केन्द्रिय सदस्यको महत्वपूर्ण जिम्मेवारी बहन गरेको अनुभव उनीसंग छ । नेता गिरीसित २०५१ को मध्यावधि निर्वाचन तथा २०६४ साल चैत्र २८ गते सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा संविधानसभा सदस्यका लागि उम्मेदवार तथा २०७० साल मंसिर ४ गते सम्पन्न निर्वाचनमा दाङ जिल्ला क्षेत्र नम्वर ५ बाट संविधानसभा सदस्यमा निर्वाचित भएर २०७३ सालमा नेपाल सरकारको सिंचाई मन्त्रीका रुपमा जिम्मेवारी बहन गरेको अनुभव छ ।

राजनीतिक धैर्यता, लगन र भिजनसहित पूर्णकालीन राजनीतिक कार्यकर्ताका रुपमा क्रियाशील गिरी वाधा व्यवधानका बीच पनि जनताकै बीचमा छन् । शोखले राजनीतिमा आएकी एमालेकी वलीको राजनीतिक पृष्ठभूमी चर्चायोग्य छैन । वर्षौंदेखि पार्टीमा दुःख गरेका एमालेका नेता कार्यकर्ताले पार्टी प्रवेशको छोटो समयमै वलीलाई पार्टीले दिएको अवसरलाई पचाएका छैनन् ।

३. सांगठनिक तागत

पश्चिम दाङमा कांग्रेस पहिलेदेखि नै बलियो अवस्थामा छ । कांग्रेसको सांगठनिक तागत यहाँ राम्रो छ । यसको पुष्टि यसअघि भएका सबै निर्वाचनमा कांग्रेसले एक्लै पाएको मतले गर्दछ । प्राविधिक (खासगरी मत बदर) कारणले तुलसीपुर उपमहानगरपालिकाको नेतृत्व गुमाएपनि कांग्रेसको संगठन तुलसीपुरमा पनि बलियो छ । दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकामा त कांग्रेसले नै जितेको छ । कांग्रेसभित्र मनमुटाव छ भनेर प्रचारबाजी गरिएपनि कांग्रेस यो पटक अभूतपूर्व एकताका साथ चुनावी मैदानमा होमिएको देखिन्छ ।

पश्चिम दाङलाई विगतदेखि नै कांग्रेसको गढका रुपमा लिइन्छ । एमालेमा भने उम्मेदवार छनौटका कारण नेता तथा कार्यकर्ता तहमा नैराश्यता देखिन्छ । जिन्दगी नै पार्टीका नाममा समर्पण गरेर राजनीतिक मैदानमा होमिएका नेता कार्यकर्तालाई ठेगान लगाएर बैचारिक धरातल नै नभएकी वलीलाई टिकट थम्याइदिएपछि पार्टीभित्र चरम असन्तुष्टि छ । त्यसको लाभ गिरीले लिने देखिएको छ ।

४. गठबन्धन मत

यो निर्वाचन क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाका १ देखि १५ वडा, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिका पर्छन् । यो निर्वाचन क्षेत्रमा १ लाख ४८ हजार ४ सय ७५ मतदाता छन् । स्थानीय चुनावमा वडाध्यक्षहरूले ल्याएको मत हेर्दा एमाले भन्दा गठबन्धनकै अवस्था मजबुत देखिन्छ ।

यो क्षेत्रमा सत्ता गठबन्धनका दलहरू कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षहरूले ल्याएको ४२ हजार ७३ मत छ । एमालेका वडाध्यक्षहरूले भने ३६ हजार ५ सय ९ मत ल्याएका छन् । वडाध्यक्षहरूले पाएको मतलाई नै आधार मान्ने हो भने यहाँ एमाले भन्दा गठबन्धन ५ हजार ५ सय ६४ मतले अघि छ ।

५. विकासप्रेमी छवि

पदमा हुँदा पनि र नुहँदा पनि विकास गरेर देखाउन सक्ने क्षमता भएका नेतामा गनिन्छन् गिरी । तुलसीपुरको राप्ती बबई क्याम्पस स्थापना गर्ने नेता गिरीले छोटो समय (९ महिना) मन्त्री हुँदा पनि गरेको विकास चर्चायोग्य छ । २०७० मा संविधानसभा सदस्य हुँदा संविधान निर्माणमा खेलेको भूमिका प्रशंसनीय त छ नै, उनले पश्चिम दाङमा गरेको विकासका साक्षी स्वयम् मतदाता नै छन् । उनले हार्दा रोकिएको विकास र जित्दा गति लिएको विकासले उनको विकासप्रेमी छवि देखाउँछ ।

सिंचाई मन्त्री हुँदा दाङको सिंचाई समस्या समाधान गर्न बृहत दाङ उपत्यका सिंचाई आयोजना शुरु गरेका गिरीले सिंचाई, सडक, यातायात, विद्युत, पुल निर्माण लगायतका क्षेत्रमा अभूतपूर्व काम गरेका छन् । उनकै पहलमा नहर, जलायशय, पोखरी, लिफ्ट सिंचाई, सतह सिंचाई, स्यालो ट्युबवेल लगायतका संरचना निर्माण भएका छन् । सांसद वा मन्त्री नहुँदा पनि गिरीले बृहत् दाङ सिंचाई आयोजनाका लागि चालू आर्थिक बर्षको बजेट रु. ३१ करोड ६१ लाख विनियोजन गराउन सफल भएका छन् । कुल १७२ योजना मध्ये १०३ योजना उनले क्षेत्र नम्बर ३ मा मात्रै पारेका छन् ।

वली राजनीतिमा नयाँ भएकाले उनलाई जनताले भरोसा नगरिरहेको अवस्था छ । राजनीतिक पहुँच र राजनीतिक भविष्य र सम्भावनाका आधारमा पनि गिरी निकै अगाडि छन् । सांसद बने मन्त्री हुने ल्याकत राख्ने गिरीका अगाडि वलीको राजनीतिक कद होचो छ ।  


प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ११:१९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP