नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • राजनीतिक उचाई बढाउँदै किशोर 
राजनीतिक उचाई बढाउँदै किशोर 
शुक्रऋषि चौलागाई
मंगलबार, कात्तिक २९, २०७९ शुक्रऋषि चौलागाई
राजनीतिक उचाई बढाउँदै किशोर 

नेपालगञ्ज । किशोरसिंह राठौर, नाम नै काफी छ । राजनीतिमा उनको थप परिचय गराइरहनुपर्ने हैन तथापि उनका बारेमा गरिने सतही मूल्यांकन (बतासे अनुमान) ले भने कहिलेकाहीँ दिग्भ्रमित गर्ने अवस्था सिर्जना गरिरहेको देखिन्छ । मानवीय कमजोरी या स्वभावजन्य गल्तीहरु कसमा हुन्न र । तर, तिनै बोली, व्यहारलाई हेरेर समग्र मूल्यांकन गरिदिनु, बुझिदिनु पनि अन्याय हुन जान्छ । हरेक व्यक्ति फरक हुन्छ । धेरैले धेरै कुराहरु मनभित्रै राख्छन्, सित्तिमित्ति ओकल्दैनन् । त्यसमाथि सार्वजनिक व्यक्तिले धेरै कुराहरु सहनुपर्छ भन्ने सोच पनि छ तथापि कतिपय यस्ता पनि हुन्छन्–जसले मनमा लागेको कुरा फ्याट्ट भन्दिछन् । ठाडै मुखमै बोल्दिने गर्छन् । त्यसै मध्येका एक हुन्–किशोरसिंह राठौर । मन नपरेको कुरा ठाडै भन्दिने । बनावटी कुरा गर्न पनि नजान्ने । औषधि खाँदा तितो नै लाग्छ  तथापि त्यसको फाइदा त यहाँ भनिरहनु नपर्ला । ठ्याक्कै किशोरसिंह राठौरका कुरा पनि झ्वाट्ट सुन्दा त्यस्तै लाग्छन् तर विस्तारै बुझदै जाँदा, अवलम्वन गर्दै जाँदा औषधि सरह लाग्छन् ।  हो, तिनै किशोरसिंह राठौर यतिबेला चुनावी मैदानमा छन् ।  

नेपाली कांग्रेसका सहमहामन्त्री राठौर अहिले बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । बाँके र बर्दियालाई केन्द्रविन्दुमा राखेर पार्टी राजनीति गरिरहेका उनी यसपटक बाँके क्षेत्र नम्बर ३ बाट गठबन्धनका साझा उम्मेदवार हुन् । लुम्बिनी प्रदेशमा कांग्रेसबाट एक मात्र पदाधिकारी राठौर प्रत्यक्षतर्फ संसदको यात्रा तय गर्ने क्रममा छन् । नेपालगञ्ज घर भएका राठौर पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशिल कोइरालाले नेपालगञ्जबाट चुनाव लडिरहकाले बर्दियाको राजापुर क्षेत्रलाई चुनावी क्षेत्र बनाएर राजनीति गरिरहेका थिए । तर, यसपटक गठबन्धनमा बर्दिया–२ माओवादीलाई परेपछि उनी क्षेत्र बाँके क्षेत्र नम्बर ३ बाट चुनाव लड्दैछन् ।

नेता राठौरको टिकट निश्चित भएपछि बाँकेमा एक खालको खैलाबैला भयो । आफ्नै पार्टीका आँकाक्षीहरुबीच पनि एक प्रकारको अन्यौलता र निराशा जस्तो देखियो ।  तर, सहमहामन्त्री राठौरको केही दिनको नेपालगञ्ज बसाई, भेटघाट र सक्रियतापछि त्यो निराशा आशा र भरोसामा परिणत हुँदै गयो । स्थानीय क्षेत्रकै नेतालाई टिकट नदिएर पार्टीले ठीक गरेन कि ? भन्ने झिनो मत विस्तारै मत्थर हुँदै मात्र गएन, ती सवै आंकाक्षीहरु अहिले काँधमा काँध थापेर प्रचारप्रसारमा डटेका देखिन्छन् । यसअघि यस्तो खालको नेताहरुबीचको एकता र सहकार्य नदेखेका कांग्रेस कार्यकताहरु भन्छन्–‘यसपाली अभूतपुर्व एकता देखिएको छ, यो नै हाम्रो जीत हो ।’ खरो स्वभावका राठोरको संगठन निर्माण, नेता/कार्यकर्ता परिचालन र आवश्यक निर्देशनले समेत माहोल कांग्रेसको पक्षमा जाँदैछ । सुशिल दाईको निधन पछि टुहुरा सरह भएको महसुस गरिरहेका कांग्रेसीहरुले यतिबेला अभिभावकत्व पाएको महसुस गर्दैछन् । 

क्षेत्र नम्बर ३ बाट चुनावमा होमिइरहँदा उनीमाथि एउटा सवाल पनि उठाइयो–टुरिष्ट नेता । बर्दिया छाडेर बाँके आए तर त्यो सत्य हैन । उनकै भनाई जस्ताको तस्तै–‘सुशिल दाई र मेरो निर्वाचन क्षेत्र एउटै पर्ने भएकाले वर्दियाको सबैभन्दा पछि परेको राजापुर क्षेत्र रोजेको हुँ ।  सदरमुकामसँग, मुलुकसँग नजोडिएको राजापुर क्षेत्रमा अहिले देशको सबैभन्दा लामो पुल बनेको छ । त्यहाँको बाटो, सिंचाई र तटवन्ध लगायत जति विकास भएको छ । त्यो मेरै नेतृत्व र पहलमा भएको हो । तर, यसपाली गठवन्धनका कारण मैले राजापुर क्षेत्र छाड्नु परेको हो ।’ यहाँ बुझ्नुपर्ने कुरा यो छ कि, उनले चाहेको भए राजापुर क्षेत्रमै अडिग रहन सक्थे तर पार्टीको निर्णयलाई नै सर्वोपरी ठान्ने हुनाले उनले बाँके क्षेत्र नम्बर ३ सहर्ष स्वीकारे । नेपालगञ्ज फुल्टेक्राका स्थानीयवासी किशोरको परिवार ६० वर्ष पहिले नै नेपालगञ्जमा आएको हो । नेपाली नागरिक जोसुकै किन नहोस् जहाँबाट पनि उठ्न पाउने संवैधानिक अधिकार पनि छ । 

बाँके–वर्दियालाई आफ्नो राजनीतिक क्षेत्र बनाएका उनले पार्टीको संगठन सुदृढीकरण र विकासमै केन्द्रीत गरेका छन्  । झुठो कुरा पटक्कै नरुचाउने उनी जे गर्न सक्ने हो त्यही मात्रै बोल्छन् ।  ठूल्ठूला विकास निर्माण र योजनाका भाषण पनि गर्दैनन् । मीठा आश्वासन दिन पनि जान्दैनन् । जनताको वास्तविक माग के हो, त्यो सुनेर, बुझेर मात्रै बोल्छन् । ‘नेताले गर्न सक्ने काम गर्छौं भन्ने । नसक्ने काम यति समयमा सक्छौं वा यो काम सकिँदैन भनेर जनतालाई स्पष्ट भन्ने हो'–उनको सुझावयुक्त भनाई पनि छ । अहिले सो क्षेत्रमा नियमित घर दैलो, कोण सभा भइरहेका छन् । उनका आफ्ना छुट्टै योजना छैनन्, जनताकै एजेण्डा नै उनका मुख्य एजेण्डा हुन् ।  

बाँके क्षेत्र नम्बर ३ नेपालगञ्जको काखमा रहेर पनि पछाडि परेको र विकासको मूल प्रवाहमा आउन नसकेको क्षेत्रका रुपमा रहेको उनको बुझाई छ । सो क्षेत्र दलित, अल्पसंख्यक आदिवासी, मधेशी, मुस्लिम लगायत मिश्रित समुदाय बसोबास क्षेत्र हो । १० वर्षदेखि एमालेले जितेको क्षेत्र नम्बर ३ को अपेक्षाकृत विकास हुन नसकेको उनको बुझाई छ । तथापि अब आफूले जितेमा सो क्षेत्रको समग्र विकास गर्ने संकल्प गरेका छन् । भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने उनको योजना छ । कृषि, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रको विकास पनि जरुरी देख्छन्–उनी । 

केन्द्रसँग सोझै पहुँच राख्ने नेता राठौरले भौतिक पूर्वाधारको विकास गर्ने र आफ्नै क्षेत्रमा बस्न सक्ने वातावरण बनाउने बताएका छन् । नेपालगञ्ज र कोहलपुरमा घर बनाएर त्यहाँ बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने उनको पवित्र सोच छ ।  उनकै पहलमा धम्वोझीदेखि राजापुरसम्म फोरलेन सडकको विस्तार हुँदैछ । परसपुरदेखि गौघाटसम्मको सडक निर्माणको प्रक्रिया एक वर्षभित्र सम्पन्न गर्ने, बैजनाथको सम्झनाचोकदेखि खजुरा आउने बाटो सम्पन्न गर्ने पनि उनको प्रतिवद्धता छ । खजुराको ३ र ४ नम्बर जोड्ने पेडारी नालाको पुल लगायत विभिन्न पुल पुलेसा निर्माण गर्ने, मानखोलामा तटवन्ध गर्ने लगायतका योजना पनि तय गरिएका छन् । कृषिको सम्भाव्य क्षेत्र भएपनि गति पाउन नसकेकोमा उनी चिन्तित छन् ।  सिक्टा सिंचाईको विस्तार गर्ने पनि उनको तयारी छ । निर्वाहमुखी खेतीलाई व्यवसायिकतासँग जोड्नु आवश्यक देख्छन्–उनी । सुकुम्वासी समस्या समाधानको दीर्घकालीन पहल गर्ने उनको महत्वपूर्ण योजना छ । 

केन्द्रीय नेता पाउँदा आममतदाता उत्साही भइरहेका छन् तथापि नेकपा माओवादी भित्रको विवाद (उम्मेदवार) ले नतिजामा असर पार्ने हो कि भन्ने झिनो आशंकायुक्त चिन्ता पनि छ । तर, राठौर भन्छन्–‘हामीलाई असर नगरोस् भनेर हामी सबै सचेत छौं । त्यो उहाँहरुको आन्तरिक द्वन्द हो, त्यसलाई मिलाउनुस् भनेका छौं ।’ गतिलो नेता नपाएको यो क्षेत्रमा अब आफूले त्यो परिपूीर्त गर्ने बताउँछन् । आम जनताको जुन उत्साह, भरोसा र विश्वास छ, त्यसलाई कुनै पनि हालतमा मर्न नदिने उनको दृढ संकल्प छ । क्षेत्र नम्बर ३ का जनताले फगत सांसद मात्रै हुनेलाई रोज्लान् कि सम्भावना बोकेको केन्द्रीय नेतालाई रोज्लान्, यो सहजै अनुमान गर्न सकिन्छ । स्थानीय चुनावको अंकगणितलाई नियाल्दा पनि राठौरको जीत निश्चित छ । लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, स्थिर सरकार र समृद्धिका लागि पनि कांग्रेसलाई जिताउनु बाहेकको विकल्प नरहेको उनको भनाई छ । 

यस कारण जित्दैछन्–राठौर
-नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत सँगको संयुक्त गठवन्धन हुनु र मतदाता संख्या नै धेरै हुनु ।
-कांग्रेसको केन्द्रीय नेता र केन्द्रमा पहुँच भएको शक्तिशाली व्यक्तित्व हुनु ।
-यसअघि निर्वाचित अन्य पार्टीका सांसदले काम गरेर देखाउन नसक्नु ।
-कांग्रेसभित्रको सांगठनिक एकता र कार्यकर्ता उत्साही देखिनु र सशक्त प्रचारप्रसार हुनु । 
-सरकारको नेतृत्व फेरि पनि काँगे्रसले नै गर्ने प्रवल सम्भावना र मन्त्री पाउने सम्भावना ।
-विकास निर्माणका लागि केही गर्न सक्छन् भन्ने मतदातामा विश्वास जागृत हुनु । 
-प्रतिष्पर्धीहरु हतोत्साही र कमजोर देखिनु । 
-थारु, मुस्लिम, मधेशी, दलित मत पनि एक ढिक्का भएर रुखमा मत हाल्ने बातावरण बन्नु ।

को हुन् किशोर ? 

२०२६ वैशाख १५ गते सल्यान बडागाउँमा जन्मिएका किशोर २०४१ सालदेखि नेपाल विद्यार्थी संघमा आबद्ध भएका हुन् ।  नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाउँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । हक्की स्वभावले सबै माझ परिचित राठौर त्रिचन्द्र क्यापसको स्ववियु सचिव हुँदै सभापति समेत बन्न सफल भए । नेविसंघको सहमहामन्त्री हुँदै केन्द्रीय अध्यक्षको सशक्त भूमिका निर्वाह गरिसकेका छन् । राठौर नेविसंघको नेतृत्व तहमा मात्र मात्र पुगेनन्, विद्यार्थी र यूवाहरुको ढुकढुकी बन्न सफल भए । विद्यार्थी राजनीतिकालीन समयमा विद्यार्थीहरुको आशा, भरोसा र विश्वासका धरोहर राठोर कहिल्यै थाकेनन् बरु झनै शाक्तिशाली बन्दै गए ।  

राजनीतिक आन्दोलनका क्रममा पटक पटक पक्राउ परेका राठौर संगठन निर्माण, नेता, कार्यकर्ता परिचालन गर्न खप्पीस मानिन्छन् । राजापुर क्षेत्रलाई केन्द्र विन्दु मानेर राजनीति गरिरहँदा उनले त्यहाँ पार्टीको संगठन निर्माण मात्र गरेका थिएनन्–सडक, पुल, सिंचाई, तटवन्धन लगायतका मुद्दा उठान र सम्वोधनको बातावरण बनाएका थिए । समानुपातिक सांसद रहिसकेका राठौर बाँके र बर्दियाका अभिभावक पनि हुन् । मेहनत, लगन, निरन्तरता र निष्ठाले उनको उचाई अझैं बढदै गएको छ । यही गतिमा बढ्ने हो भने उनलाई राजनीतिको शिखर व्यक्तित्व हुनबाट कसैले छेक्न सक्ने छैन भन्दा अतिशयोक्ति नहोला ।  


प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १२:२१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP