नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • गगनको क्षेत्रमा पैसा बाँडेर प्रदीपको क्षेत्रमा पुगेका एमाले नेताहरु परे प्रहरीको फन्दामा
गगनको क्षेत्रमा पैसा बाँडेर प्रदीपको क्षेत्रमा पुगेका एमाले नेताहरु परे प्रहरीको फन्दामा
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ३, २०७९ बागेश्वरी पोस्ट
गगनको क्षेत्रमा पैसा बाँडेर प्रदीपको क्षेत्रमा पुगेका एमाले नेताहरु परे प्रहरीको फन्दामा

नेपालगन्ज । काठमाडौं क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यका गठबन्धनका संयुक्त उम्मेदवार एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौं क्षेत्र नम्बर ५ गठबन्धनका संयुक्त उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको क्षेत्रमा पैसा बाँडेर भोट किन्ने एमालेका नेताहरु पक्राउ परेका छन् । 

शुक्रबार बेलुकी गगनको क्षेत्रमा पैसा बाँडेर प्रदीपको क्षेत्रमा पैसा बाँड्दै गर्दा प्रहरीले एमालेका उम्मेदवारसहित तीन जनालाई पक्राउ गरेको हो । काठमाडौं ४ मा एमालेबाट प्रतिनिधि सभा सदस्यमा डा. राजन भट्टराई उम्मेदवार रहेका छन् भने काठमाडौं ५ मा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार रहेका छन् । 

गगनको क्षेत्र रहेको कपनमा एमालेका नेताहरुले पैसा बाँड्दै गरेको भन्ने खबर पाएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले खोजी गरिरहेका थिए । तर, उनीहरुले गगनको क्षेत्रमा पैसा बाँडेर प्रदीपको क्षेत्रमा पुगेको थाहा पाएपछि पछ्याउँदै जाँदा बुढानीलकण्ठ नगरपालिका ६ की कर्मचारी बुद्धलक्ष्मी तामाङको घरमा देखेका थिए । 

कांग्रेस महाधिवेशन प्रतिनिधि राजेन्द्र महर्जनका अनुसार कांग्रेस कार्यकर्ताहरुले उक्त घरमा घेरा हालेर प्रहरीलाई खबर गरेका थिए । साथै उनीहरुले प्रमाणका लागि भिडियोसमेत खिचेका थिए । तर, पैसा दिएको भिडियो क्यामेरा भने उनीहरुले फुटाइदिएको र अन्य प्रमाण भने रहेको उनले बताए । 

काठमाडौंमा गगन थापा र प्रदीप पौडेलले जित्ने निश्चित जस्तै भएपछि ईश्वर पोखरेल र राजन भट्टराईले मौन अवधिमा पैसा बाँडेर भए पनि भोट किन्न नेताहरु खटाएका थिए । 

काठमाडौं ५ को प्रदेश सभा "ख" का एमाले उम्मेदवार दीपक निरौला समेत प्रहरीको नियन्त्रणमा परेका छन् । त्यस्तै बुढानीलकण्ठ नगरपालिका ६ का एमालेबाट जितेका वडाध्यक्ष रवि खड्का र एमाले बुढानीलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदीप डंगोललाई पनि प्रहरीले पैसा बाँड्दै गर्दा पक्राउ गरेको हो । 

प्रहरीले समेत पैसा बाँडेको सुराकी पाएपछि साँझदेखि नै पिछा गरिरहेको थियो । यसअघि काठमाडौं क्षेत्र नं ४ मा पर्ने वडा नं ११ को जगडोल, वडा नं १० को पाथीभरा बस्तीलगायतमा जनप्रतिनिधिले पैसा बाँडेको भनेर सूचना आएको थियो ।

उनीहरुलाई प्रहरीले पक्राउ गरी शुरुआतमा नारायणस्थान प्रहरी चौकीमा राखेकोमा त्यसपछि भने राति पौने १० बजेतिर महाराजगञ्ज प्रहरी वृत्तमा ल्याएको छ । तीनै जनालाई वृत्तमा राखिएको छ । वृत्त बाहिर भने ठूलो संख्यामा नेपाली कांग्रेसका कार्यकर्ताहरु भेला भएर नाराबाजी गरेका छन् । उनीहरुले दोषीलाई कारबाही गरिनु पर्ने माग गरिरहेका छन् । 

कांग्रेस कार्यकर्ताहरु बढ्दै गएपछि थप सुरक्षाकर्मी बोलाएर सुरक्षा व्यवस्था कडा पारिएको छ । कांग्रेस नेता राजेन्द्र महर्जनका अनुसार निर्वाचन अधिकृतलाईसमेत खबर गरिसकिएको छ । प्रहरीले उम्मेदवार निरौलाको गाडीसमेत नियन्त्रणमा लिएर महाराजगञ्ज वृत्तमा राखेको छ । 


प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०८:०७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP