नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रेस युनियनको रक्तदान कार्यक्रममा २७ जनाले दिए रगत
प्रेस युनियनको रक्तदान कार्यक्रममा २७ जनाले दिए रगत
बागेश्वरी पोस्ट
शनिबार, जेठ १३, २०८० बागेश्वरी पोस्ट
प्रेस युनियनको रक्तदान कार्यक्रममा २७ जनाले दिए रगत

नेपालगञ्ज । लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनले आज आफ्नो ३२औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा युनियन बाँके शाखाले नेपालगञ्जमा रक्तदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम गरेको छ । नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगञ्जमा आयोजित उक्त कार्यक्रमको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका थिए ।

सोही कार्यक्रममा युनियन बाँकेले प्रकाशन गरेको २०८० सालको भित्तपात्रो पनि विमोचन गरियो । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख विष्ट, युनियनका अग्रज एवम नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियन लुुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी र महासचिव नविन गिरी, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे लगायतले पात्रो विमोचन गरे ।

No description available.

युनियन बाँकेले गत वर्ष पनि पहिलोपटक भित्तेपात्रो प्रकाशनमा ल्याएर स्थापना दिवसकै दिन विमोचन गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले रक्तदान जस्तो पवित्र मानवीय काम गरेकोमा युनियन बाँकेको प्रशंसा गरेका थिए । ‘अहिले रगतको अभाव भइरहेको कुरा सुनिन्छ, यस्तो बेलामा प्रेस युनियनले रक्तदान गरेर राम्रो काम गरेको छ,’ उनले भने । युनियन बाँकेका अध्यक्ष ओलीले युनियनको ३२औं स्थापना दिवसको अवसरमा रक्तदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम राखिएको बताए । ‘रक्तदान गर्दा धेरै मानिसको ज्यान बच्ने भएकाले यो कार्यक्रम हाम्रो प्राथमिकतामा परेको हो, गत वर्ष पनि हामीले यस्तै खालको कार्यक्रम रक्तसञ्चार केन्द्रमा गरेका थियौं,’ उनले भने । रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको जानकारी पाएपछि रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष ओलीले प्रष्ट्याए ।

कार्यक्रममा युनियन बाँकेका अध्यक्ष ओली, सशस्त्र प्रहरी नायव उपरीक्षक दीपक चन्द, काँग्रेस बाँकेका कार्यसमिति सदस्य अमृतकुमार आचार्य, युनियनका उपाध्यक्ष समिरमान श्रेष्ठ, कार्यसमिति सदस्य कमल खत्री, पत्रकारहरु बिक्रम बुढा क्षेत्री, मार्सलराज सन्ज्याल, अच्युत गौतम, सशस्त्र प्रहरीका सिनियर तथा जुनियर अधिकृत र जवानहरु, अन्य सञ्चारकर्मी, सर्बसाधारण गरी कुल २७ जनाले रक्तदान गरेका छन् ।  

रेडक्रस रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले रगतको अभाव भइरहेको अवस्थामा प्रेस युनियनको रक्तदानले केही राहत मिलेको बताए । ‘अचेल रक्तदान सम्बन्धी कार्यक्रमहरु त्यति भइरहेका छैनन्, अस्पतालमा बिरामीको चाप धेरै छ, यसले गर्दा रगतको अभाव भइरहेको छ, यस्तो अवस्थामा युनियनले गरेको रक्तदानले बिरामीलाई राहत मिलेको छ,’ उनले भने । रगत अभाव हुन नदिन रक्तदान सम्बन्धी कार्यक्रमहरु गरिरहनुपर्ने बताए । युनियन बाँकेका सचिव विजय मल्लले सञ्चालन गरेको उक्त कार्यक्रममा युनियन बाँकेका कार्यसमिति पदाधिकारी, प्रेस चौतारीका जिल्ला अध्यक्ष दुर्गा रोकाय, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, सचिव कमल डाँगी, महासंघका कार्यसमिति सदस्यहरु, लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको पनि उपस्थिती रहेको थियो ।
 


प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १९:१३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP