नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीमा कृषि, स्वास्थ्य र शिक्षालाई बढी प्राथमिकता
राप्तीसोनारीमा कृषि, स्वास्थ्य र शिक्षालाई बढी प्राथमिकता
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १९, २०८० बागेश्वरी पोस्ट
राप्तीसोनारीमा कृषि, स्वास्थ्य र शिक्षालाई बढी प्राथमिकता

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ मा निर्माण हुने नीति, बजेट र कार्यक्रमका लागि सुझाव संकलन गरिरहेको छ । जसका लागि राप्ती सोनारीले छलफल तथा सुझाव संकलनका लागि कार्यक्रमको आयोजना गरेको छ । 

पूर्व मन्त्री प्रेमबहादुर भण्डारीसहित संविधानसभा सदस्य प्रदिपकुमार थारु, राप्तीसोनारीका पूर्व अध्यक्ष लाहुराम थारु, पूर्व उपाध्यक्ष धनीकुमारी खत्रीसहित पालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा सुझाव संकलन गरियो । 

प्रशासकीय भवनको स्थान एकिन, सिक्टा सिँचाइ आयोजनाको नहर विस्तारका क्रममा उत्पन्न विवाद समाधान लगायतका विषयमा छलफल प्रस्ताव भए पनि अधिकांशले कृषि र शिक्षालाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । 

पूर्व मन्त्री भण्डारीले राप्तीसोनारीलाई आत्मनिर्भर उन्मुख बनाउनुपर्ने सुझाव दिँदै सिक्टामा भएको लगानी अनुसारको प्रतिफल प्राप्तका लागि पालिकाले योजना बनाउनुपर्ने बताए । 

उनले अनुगमन र प्रभाव मूल्यांकन गर्न सरोकारवाला निकायहरुको दायित्व रहेको बताउँदै विकासका योजना उत्पादनमुखी हुनुपर्ने, शिक्षामा आवश्यकता अनुसार जनशक्ति हुनुपर्ने, रोजगारी सृजना गर्न लगानी गर्नुपर्ने सुभाव दिए ।  

कार्यक्रममा संविधानसभा सदस्य प्रदिपकुमार थारुले पनि राप्तीसोनारीले आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा कृषिलाई प्राथमिकता दिनुपर्ने बताउँदै किसानलाई आवश्यक पर्ने जल, मल र बीउको आवश्यकतालाई पालिकाले मध्यनजर गर्नुपर्ने बताए । 

त्यस्तै थारुले सिक्टा शाखा नहरको व्यवस्थापन हुनुपर्ने, कृषि अनुदानको वितरण न्यायिक हुनुपर्ने, पशुचौपाया नियन्त्रण गर्नुपर्ने, भौतिक पूर्वाधारको विकास गर्नुपर्ने, औषधि नियमित र व्यवस्थित हुनुपर्नेमा जोड दिए । 

साथै उनले राप्तीसोनारीले नदीको आय ठेक्का व्यवस्थापनमा ध्यान दिनुपर्ने, लक्षित वर्ग कार्यक्रम वैज्ञानिक गर्नुपर्ने र प्राविधिक शिक्षामा पालिकाले जोड दिनुपर्ने सुझाव कार्यक्रममा राखे । 

पालिकाका पूर्व अध्यक्ष लाहुराम थारुले विद्यालय समायोजन गर्दा विद्यमान अवस्थाको लेखाजोखा गर्नुपर्ने सुझाव दिए । साथै उनले माध्यमिक विद्यालयमा शिक्षकको कमी रहेको, विद्यालयमा विद्यार्थीको चापका कारण शिक्षण सिकाईमा कमी आएको, खानेपानीसम्बन्धी सरोकारवालासँग समन्वय गर्नुपर्ने, नीतिगत निर्णय गर्नुपर्ने, बीउ ग्रेडिङका लागि अनुदान उपलब्ध गराउनुपर्ने, जग्गाको मुआब्जा प्रचलित बजार दररेट अनुसार हुनुपर्ने र प्रशासकीय भवन यथावत रहनुपर्ने लगायतका सुझाव दिए । 

यसका अलवा कार्यक्रममा सहभागीले पालिकामा सन्तुलित विकास गर्नुपर्नेमा जोड दिँदै विद्यालयको शिक्षा पश्चात रोजगारको सुनिश्चित हुनुपर्ने, विपद व्यवस्थापन तथा तटबन्धनमा ध्यान दिनुपर्ने, कृषि गुरु योजना तयार गर्नुपर्ने, पालिकालाई नगर उन्मुख बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले आर्थिक वर्ष २०८०-०८१ मा गाउँपालिकाले उत्पादकमुलक र उद्यमशिलतामा जोडदिने बताइन् । उनले सरोकारवालाहरुको सुझावकै आधारमा नीति तथा कार्यक्रम तयार पार्ने र गाउँपालिकाको प्रशासन भवनलाई सबैलाई सेन्टर पर्ने ठाउँमा दिगो रुपमा सोचेर निर्माण गर्नुपर्ने बताइन् । 

त्यसैगरी आगमी वर्षका लागि कार्यपालिका, वडा कार्यालयले पनि अन्य विषय भन्दा कृषि, स्वास्थ्य र शिक्षालाई बढी जोड दिएको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा बताउँछन् । 

‘यो वर्ष कार्यपालिकाले पनि कृषि, स्वास्थ्य र शिक्षालाई बढी जोड दिइएको छ । वडाहरुबाट आएका सुझावमा पनि सोही किसिमका कुराहरुलाई बढी प्राथमिकता दिइएको छ,’ देवकोटाले भने, ‘अबको बजेट तथा नीति कार्यक्रममा पूर्वाधार विकास कम प्राथमिकता दिएर गुणस्तर र आत्मनिर्भरका कुरा बढी प्राथमिकतामा पर्नेछन् ।’

गाउँपालिका अध्यक्ष पौडेलले राप्तीसोनारीलाई समृद्ध बनाउनको निमित्त सरोकारवालाहरुको सुझाव र सहयोगको आवश्यक रहेको बताए । पौडेलले सरोकारवालाहरुको सल्लाह र सुझावकै आधारमा आर्थिक वर्ष २०८० - ०८१ मा निर्माण हुने नीति तथा कार्यक्रम र बजेट विनियोजन हुने प्रतिवद्धता जनाए ।


प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १०:१६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP