नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डिआईजी जोशी र अध्यक्ष शाहद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरको भवन उद्घाटन
डिआईजी जोशी र अध्यक्ष शाहद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरको भवन उद्घाटन
बागेश्वरी पोस्ट
सोमबार, जेठ २९, २०८० बागेश्वरी पोस्ट
डिआईजी जोशी र अध्यक्ष शाहद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरको भवन उद्घाटन

नेपालगन्ज  । बाँकेस्थित इलाका प्रहरी कार्यालय भगवानपुरको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

आज लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी  उमेश राज जोशी र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तिायक अहमद शाहले संयुक्तरुपमा नरैनापुरको वडा नं. ५ को भगवानपुरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको उद्घाटन गरे ।  साथै उनीहरुले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गरेका थिए ।

भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी जोशीले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रदेश प्रहरी कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको जिकिर गरे ।

डीआईजी जोशीले आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमान्दारिता, जिम्मेवारीबोध, प्रहरी आचरण र व्यवहारले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास लिएको बताए । उनले भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै नवनिर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सबैसँग आग्रह गरे ।

नेपालको मात्र नभई भारतीय नागरिकको लागि आकर्षणको केन्द्र रहेको देशकै उत्कृष्ट पालिका नरैनापुरमा हुन सक्ने अपराध रोक्नको लागि नागरिक र प्रहरीबीचको समन्वय र सहकार्य महत्वपूर्ण रहने भन्दै सचेत रहनुपर्नेमा डीआईजी जोशीले जोड दिए ।

कार्यक्रममा डीआईजी जोशीले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पु¥याउने प्रहरी कर्मचारीलाई पुरस्कार समेत प्रदान गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले इलाका प्रहरी कार्यालय नरैनापुर अन्य प्रहरी कार्यालय भन्दा निकै महत्वपूर्ण र विशिष्ट नाका भएको बताए । नेपाल भारत सीमावर्ती क्षेत्रमा हुने चोरी, तस्करी, रोकथाम नियन्त्रण गर्नु, शान्ति सुरक्षा अमन चयन कायम गर्नु, अपराध नियन्त्रण र अनुसन्धान गर्नु, समाजमा शान्ति व्यवस्था कायम गर्नु इलाका प्रहरी कार्यालय भगवानपुरको मुख्यः दायित्व र जिम्मेवारी रहेको अध्यक्ष शाहले स्पष्ट पारे ।

अहिलेको मुख्यः समस्या लागूऔषध भएको स्पष्ट पार्दै उनले अवैधरुपमा भित्रिने अन्य वस्तुले देशको अर्थतन्त्र र राजस्वमा असर पुर्याउने तर, लागूऔषले समाज देश नै ध्वाँस पार्ने अध्यक्ष शाहको भनाई थियो । जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएर बसेको एउटा प्रहरी असुरक्षित भयो भने संयौं नागरिकले सुरक्षा पाउन नसक्ने भन्दैं हरेक नागरिकले सुरक्षितरुपमा जीवनयापन गर्नका लागि प्रहरी सुरक्षित हुनुपर्ने उनको भनाई थियो । प्रहरी असुरक्षित भयो भने सर्वसाधारणले सुरक्षा पाउनु भनेर आश गर्नु दिवा स्वप्न हुने अध्यक्ष शाहको तर्क थियो ।

सुरक्षाकर्मी सुरक्षित भए मात्र सर्वसाधारणले सुरक्षा प्राप्त गर्न सक्ने भएकाले प्रहरीको गास, वास र कपासको सुरक्षाका लागि हामी सवै लाग्नुपर्ने अध्यक्ष शाहको भनाई थियो । ‘कसैले दालचिनी र चामल अबैधरुपमा अयात गर्दा यसले खासै ठूलो नोक्सानी राज्यले व्यहोर्नु पर्दैन’ अध्यक्ष शाहले भने—‘तर, थोरै मात्रामा भित्रिएको लागूऔषधले हाम्रो समाज, परिवार र देश नै खत्तम पारिदिन्छ । यस्तै सामाजिक सदभावमा खलल पार्न केही तत्वहरु लागिपरेको उल्लेख गर्दै जातीय द्वन्द गराउन खोज्नेहरुको पहिचान गरी तत्काल कारवाही गर्नुपार्छ ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठोरले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक ई. ध्रुव अधिकारीले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रदेश सरकारको नियमित बजेटबाट कुल ३ करोड ९ लाख लागतमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा प्रहरी बरिष्ट उपरिक्षक डिल्लीराज बिष्ट, प्रहरी वरिष्ट उपरिक्षक डा.अमिन कुमार श्रेष्ठ, प्रहरी उपरिक्षक सन्तोषसिंह राठोर, प्रहरी उपरिक्षक तुल बहादुर कार्की, सशस्त्र प्रहरी नायब उपरिक्षक दिपक चन्द, नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, नरैनापुर १ का अध्यक्ष इसाक जोलाह, २ का अध्यक्ष मसूद अहमद शाह, ४ का अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, ६ का अध्यक्ष प्रेमचन्द्र मौर्य, राप्तीसोनारी ६ का अध्यक्ष लवराज खरेल, ७ का अध्यक्ष रामलखन थारु, नेपाली कांग्रेसका नेता रामचन्द्र मौर्य, नरैनापुरका जिन्सी शाखा प्रमुख भरत महतो, वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरिक्षक इन्द्रजित सुनार, ट्राफिक प्रहरी निरिक्षक तिलक सुनार, सशस्त्र प्रहरी निरिक्षक भानबहादुर कार्की, पालिकास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, सञ्चारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन भगवानपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजन रायमाझीले गरेका थिए । प्रहरी नायब महानिरिक्षक जोशी सहितको टोलीले भवन उद्घाटन पश्चात नरैनापुरको सिमा क्षेत्रको समेत स्थलगत निरिक्षण गरेका थिए ।


प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २०:३२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP