नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवाको नीति कार्यक्रम पारित, ४८ करोडको बजेट सार्वजनिक
डुडुवाको नीति कार्यक्रम पारित, ४८ करोडको बजेट सार्वजनिक
बागेश्वरी पोस्ट
शुक्रबार, असार ८, २०८० बागेश्वरी पोस्ट
डुडुवाको नीति कार्यक्रम पारित, ४८ करोडको बजेट सार्वजनिक

डुडुवा (बाँके) । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज बसेको १४औं गाउँसभाले एक वटा विधियेक, नीति तथा कार्यक्रम र रु. ४८ करोड ८४ लाख ३४ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, वन तथा वातावरण, विकास निर्माण लगायतका २१ बुँदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । डुडुवा–४ शाहपूर्वामा गाउँपालिकास्तरीय १५ शैयाको अस्पताल निर्माण, गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि बेतहनी स्वास्थ्य चौकीमा चिकित्सकसहितको जेष्ठ नागरिक अस्पताल सञ्चालन, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा ¥याफ्टिङ्ग संचालन तथा प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च ,मस्जिद  एवं गुरुद्वाराहरुको संरक्षण, मर्मत सम्भार तथा पुनःनिर्माण गरी पर्यटकीय क्षेत्रहरुका विकास, राप्ती नदी किनारमा स्नान घर र आर्यघाट व्यवस्थित रूपमा संचालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने नीति लिइएको छ । 

यसैगरी आवधिक योजना, क्षेत्रगत योजना, रणनीतिक योजना र गुरु योजना कार्यान्वयन, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर घर स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघर पशुसेवा कार्यक्रम, वडा वडामा प्रयोगाशाला सुविधा, टोलटोलमा घटना दर्ता अभियान र मालपोत संकलन अभियानलाई निरन्तरता दिइने, ग र घ वर्गका अशक्त अपांगहलाई त्रैमासिकरुपमा दिइँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइने, गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रावाहलाई सहज, सूचना प्रविधिमैत्री, अशक्तमैत्री र सेवाग्राहीमैत्री सेवा प्रदान गरिने, भूमिहिन सुकुमबासी तथा अब्यवस्थित बस्तीलाई प्रचालित भूमि ऐन बमोजिम कार्य प्रक्रिया अगाडि बढाउने र बाढी र डुवानको उच्च जोखिममा रहेको वस्तीहरुमा तटबन्धनको व्यवस्था गरिने नीति तथा कार्यक्रमलाई जोड दिइएको छ । 

यसैगरी डुडुवा गाउँपालिका वडा नं–६ महाउत टोलमा ७०० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण चालू आर्थिक बर्षमै सम्पन्न गरी किसानहरुको आलु विउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण, गाउँपालिकाभित्र रहेका विद्यालयलाई अनुगमन गरी कार्यसम्पादनका आधारमा प्रोत्साहन, साथै चालू आर्थिक बर्षमा गाउँपालिकास्तरीय क्याम्पस स्थापनाको लागि संघ तथा प्रदेश सरकारको सहकार्यमा आवस्यक पहल गर्दै यस गाउँपालिकामा क्याम्पस स्थापना, साथै डुडुवामा रहेका सबै सामुदायिक बिद्यालयहरु र बालविकास केन्द्रहरुमा अंग्रेजी माध्यमबाट पाठपाठन सिकाई कार्यमा जोड दिनेछ ।

No description available.

यसैगरी प्रयोगशाला नभएका वडाहरु वडा नम्बर १, ३ र ४ मा क्रमशः प्रयोगशाला स्थापना, न्यूनतम दरमा सवै डुडुवाबासीलाई वडास्तरमा स्वास्थ्य परीक्षणको पहुँचमा वृद्धि, कृषि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्करुपमा वितरण,  कृषिको उत्पादन क्षेत्र विस्तार गर्न अन्य निकाय समेतको सहकार्यमा सिञ्चित क्षेत्रमा विस्तार, पशु रोग निदानका लागि पशु उपचार सेवा, प्रयोगशाला सेवा, खोप तथा परिजिवी नियन्त्रण सेवालाई थप प्रभावकारी बनाइनेछ ।

उन्नत पशु स्रोत केन्द्रको विकास गर्न कृत्रिम गर्भाधान कार्यक्रमबाट नश्ल सुधार गरी कृषकको आम्दानीमा वृद्धि, डुडुवा–२ मा स्थापना भएको बीउ भण्डारण तथा प्रशोधन केन्द्रलाई संचालनमा ल्याई कृषकहरुले उत्पादन गरेका बीउ प्रशोधन गरी बाह्य बजारमा निर्यात गरिनेछ । साथै गाउँपालिकालाई बीउ आत्मनिर्भर बनाइने, बेतहनी स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी १० शैयाको सामुदायिक अस्पतालमा परिणत गर्न संघीय/प्रदेश सरकारसंग समन्वय गरी सामुदायिक अस्पतालको स्थापना गरिने, सामुदायिक अस्पतालमा राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न बिमा कम्पनीसंग सहकार्य गरी बिमा सेवा कार्यक्रम लागू गरिनेछ ।

सभामा विधियेक समितिका संयोजक सम्सुद्दिन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०८० प्रस्तुत गरेका थिए । सभामा वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट सर्बसम्मतरुपमा पारित गरिएको थियो । गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ्गले संचालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । 

यस्तो नीति कार्यक्रम र बजेटको पूर्ण पाठ

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

    


प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २१:२५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP