नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विपदमा दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाउँदै नेपालगञ्ज
विपदमा दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाउँदै नेपालगञ्ज
बागेश्वरी पोस्ट
बिहीबार, साउन ३२, २०८० बागेश्वरी पोस्ट
विपदमा दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाउँदै नेपालगञ्ज

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रतिकार्यका लागि उत्पादन गरिएका दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले तालिम र प्रशिक्षण दिइएका ४ सय जना स्वयंसेवकलाई विपदका बेला खटाउन विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० को मस्यौदा तयार पारेको हो । भूकम्प लगायतका विपदको सबैभन्दा बढी जोखिममा रहेका वडा नम्बर ३ र ७ का स्थानीय, केही छिमेकी वडाका स्थानीय, नगर प्रहरी, दमकल कर्मचारी लगायत ४०३ जनालाई दक्ष बनाइएको छ । खोज तथा उद्धारका ४, आगलागी नियन्त्रण सम्बन्धि ५ र प्राथमिक उपचारका ५ गरी १४ वटा तालिम सञ्चालन गरेर चार सय दक्ष स्वयंसेवक उत्पादन गरिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० माथि छलफल गरिएको छ । सरोकारवालासंग गरिएको छलफलमा नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख डाँगीले नगरस्तरीय स्वयंसेवक व्युरो गठन र सञ्चालन सम्बन्धि व्यवस्था, वडा र समुदायस्तरमा स्वयंसेवक समिति गठन र परिचालन, स्वयंसेवकको काम र कर्तब्य, स्वयंसेवकको बीमा र सुरक्षा लगायत निर्देशिकामा भएको व्यवस्था र कार्यविधिबारे जानकारी गराएका थिए । डाँगीले तालिमका लागि स्वयंसेवक छनौट गर्दा सामुदायिक आकस्मिक प्रतिकार्य टोलीमा आबद्ध हुन इच्छुक, कम्तीमा ५० प्रतिशत महिला, युवा र स्वयंसेवीलाई प्राथमिकता दिइएको बताए । 

No description available.

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रशान्त विष्टले विपद प्रतिकार्यको पूर्व तयारी स्वरुप दक्ष स्वयंसेवक उत्पादन गरी उचित परिचालनका लागि निर्देशिकालाई अन्तिम रुप दिन लागिएको बताए । विष्टले सरोकारवालाहरुले दिएको सुझाबलाई समेटेर कार्यपालिका बैठकबाट पारित गरी निर्देशिका कार्यान्वयनमा ल्याउने उल्लेख गरे । सबैखाले विपदसंग जुध्न सक्ने गरी आफूलाई सक्षम बनाउने क्रममा नेपालगञ्ज उपमहानगरपालिका लागिपरेको बताउँदै उनले जोखिमयुक्त घरहरुलाई मध्यनजर गर्दै नेपालमै पहिलोपटक आवास बीमा कार्यक्रम यसै बर्षदेखि लागू गरिएको जानकारी दिए । भूकम्प, आगलागी, महामारी, डुबान लगायत सबैखाले विपद व्यवस्थापनका लागि थुप्रै प्रयासहरु गरिएको नगर प्रमुख विष्टको भनाई छ । 

No description available.

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले विपदसंग जुध्न सबैले आ-आफ्नो तर्फबाट पूर्व तयारी गर्नुपर्ने बताउँदै अहिले बढी जोखिमका देखिएका हिसाबले वडा नम्बर ३ र ७ लक्षित क्रियाकलाप बढी भएपनि सबै वडाले आफूलाई सक्षम बनाउने गरी पूर्व तयारी गर्नुपर्ने उल्लेख गरे । छलफल कार्यक्रममा वातावरण र विपद शाखा प्रमुख प्रकाश डिसीले विपद व्यवस्थापनका लागि भइरहेका प्रयास र उपलब्धिसंगै स्वयंसेवक परिचालन निर्देशिकाको आवश्यकता र महत्व तथा सुपर परियोजना संयोजक शिव सुवेदीले नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा परियोजनामार्फत भइरहेका गतिविधिहरुबारे प्रकाश पारेका थिए । छलफल कार्यक्रमको सहजीकरण आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गरेका थिए । नगरभित्र जुनसुकै संघसंस्थाले तालिम दिएपनि उनीहरुलाई एकीकृत गर्ने उद्देश्य निर्देशिकाको रहेको छ । ज्ञवालीले त्यसलाई स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रमा रोष्टर बनाएर राखिने समेत बताए ।

No description available.

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले विपद प्रतिकार्यका लागि दक्ष स्वयंसेवक तयार गर्न शिक्षक, सामाजिक अगुवा, युवा क्लबका सदस्यलाई आगजनी नियन्त्रण, प्राथमिक उपचार र खोज तथा उद्दार सम्बन्धि तालिम दिएको हो ।

No description available.

 


प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १३:०९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP