नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • समाजवादी प्रेस संगठनको वैठक पाँच बुँदे कोहलपुर घोषणापत्र जारी गर्दै सम्पन्न
समाजवादी प्रेस संगठनको वैठक पाँच बुँदे कोहलपुर घोषणापत्र जारी गर्दै सम्पन्न
बागेश्वरी पोस्ट
बिहीबार, साउन ३२, २०८० बागेश्वरी पोस्ट
समाजवादी प्रेस संगठनको वैठक पाँच बुँदे कोहलपुर घोषणापत्र जारी गर्दै सम्पन्न

नेपालगन्ज । समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश समितिको बैठक पाँच बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश अध्यक्ष एवं पूर्व मन्त्री सोमप्रसाद पाण्डेयको प्रमुख आतिथ्यतामा कोहलपुरमा सम्पन्न भएको बैठकमा संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, पार्टीका केन्द्रीय सदस्य अब्दुल हुसेन खान, संगठनका केन्द्रीय पदाधिकारी र सदस्यहरु लगायतको उपस्थिति थियो ।

बैठकले पाँच बुँदे कोहलपुर घोषणापत्र जारी गरेको छ । संगठनले बैठकको अवसर पारेर रक्तदानको कार्यक्रम पनि आयोजना गरेको थियो । समाजवादी प्रेस संगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसालको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिको रुपमा नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष शुक्रऋषि चौलागाई, एकीकृत समाजवादीका नेता लोकमणि आत्रेय लगायतको उपस्थिति रहेको बाँके जिल्ला अध्यक्ष लोकनाथ शर्माले जानकारी दिए ।
यस्तो छ पाँच बुँदे घोषणापत्र
१. समाजवादी प्रेस संगठन पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारितालाई आत्मसाथ गर्दै समुन्नत, समानतायुक्त र सभ्य समाज निर्माणका लागि पत्रकारिताको भूमिका बदलिँदै गरेको अबस्थामा, मिशन पत्रकारितालाई अगाडि बढाउनुपर्ने ठहर गर्दछ ।

२. नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण र नयाँ सदस्यता मापदण्डका सन्दर्भमा हाम्रो संगठन पूर्णरुपमा कार्यान्वयनको पक्षमा रहको छ । तर, लुम्बिनी प्रदेशका केही जिल्लामा सांगठनिक पूर्वाग्रह राखेर कार्यान्वयन गरेको देखिएकाले त्यसलाई तुरुन्त सच्चाउन महासंघको ध्यानार्कषण गराउँदछौँ ।

३. लुम्बिनी प्रदेशका विभिन्न सञ्चारमाध्यमा कार्यरत श्रमजिवी पत्रकारहरुलाई आर्थिक संकटको वाहनामा पारिश्रमिक नदिने, ‘फोर्स लिभ’ मा राख्ने, पूर्णकालीनबाट आंशिक बनाउने काम भएको गुनासो आएकाले सम्बन्धित सञ्चारमाध्यमलाई त्यसो नगर्न हाम्रो संगठन सचेत गराउँदछौँ ।

४. संघीय, प्रदेश र स्थानीय सरकारहरुले बनाउने सञ्चारसम्बन्धी ऐन नियमहरु सञ्चारमैत्री बनाउन र तीन तहका सञ्चार सम्बद्ध सरकारी नियुक्तिमा सबै संगठनको प्रतिनिधित्व र समावेशी नीति लागू गर्न माग गर्दछ । साथै स्थानीय रुपमा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरुलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि मुख्य प्राथमिकतामा राख्न जोडदार माग गर्दछौँ ।

५. लुम्बिनी प्रदेश पर्यटकीय स्थलका हिसाबले प्रचुर सम्भावना बोकेको प्रदेश भएकाले प्रदेश सरकारसहित सरोकारवाला सबैलाई २०८० देखि ९० सम्म ‘लुम्बिनी भ्रमण दशक’ का रुपमा मनाउने गरी नीति बनाउन र पत्रकार एवं सञ्चारमाध्यमहरुलाई समेत पर्यटनका मुद्दालाई उच्च प्राथमिकता दिन माग गर्दछ ।
 


प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  २२:५४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP