prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेमा एसपी अधिकारी आएको पाँच महिनामै १०७ फरार प्रतिवादी पक्राउ
बाँकेमा एसपी अधिकारी आएको पाँच महिनामै १०७ फरार प्रतिवादी पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १३, २०७८ बागेश्वरी पोस्ट
बाँकेमा एसपी अधिकारी आएको पाँच महिनामै १०७ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । बाँकेमा श्यामकृष्ण अधिकारी एसपीका रुपमा सरुवा भएर आएपछि फरार प्रतिबादीहरु धमाधम पक्राउ परेका छन् । एसपी अधिकारी आएयता हालसम्म १०७ जना फरार प्रतिवादी पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । असारमा एसपी अधिकारीले बाँकेको सुरक्षा कमाण्ड सम्हालेका थिए । उनी आएको पाँच महिनामै यो सफलता मिलेको हो । 

उनी आएकै महिनामा १० जना फरार प्रतिवादी पक्राउ परे । त्यसमा बैंकिङ्ग कसुरका ३ जना, लेनदेनका ३, चोरीका २ तथा वन र जबर्जस्ती करणीका १/१ जना थिए । साउनमा यो संख्या बढेर तेब्बर पुग्यो । साउनमा पक्राउ पर्ने फरार प्रतिवादीको संख्या ३२ पुगेको थियो । त्यसमा चोरीका १५, लागू औषध, लेनदेन, चेक अनादारका ३/३ जना, सवारी ज्यान २ तथा बैंकिङ्ग कसुर, नकबजनी चोरी, आगलागी, वन, बाल यौन दुराचार, अभद्र व्यवहार र हातहतियार खरखजनाका १/१ जना प्रतिबादी पक्राउ परेका हुन् । 

यस्तै एसपी अधिकारी आएको तेस्रो महिना भदौमा पनि २० जना फरार प्रतिवादी पक्राउ परे । त्यसमा चेक अनादार ५, बैंकिङ्ग कसुर, चोरी, कुटपिट र सवारी ज्यानमा २/२ जना तथा ज्यान मार्ने उद्योग, लागूऔषध, मानव बेचविखन, जबर्जस्ती करणी, आगलागी, गोवध र बैदेशिक रोजगार मुद्दामा १/१ जना पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेले उपलब्ध गराएको तथ्यांक अनुसार असोज महिनामा पनि १६ जना फरार प्रतिवादी पक्राउ परेका थिए । त्यसमा जबर्जस्ती करणी मुद्दामा ६ जना, लागूऔषध, बन्यजन्तु ओसारपसार र सार्वजनिक अपराधमा २/२ जना पक्राउ परे । त्यस्तै बन, चोरी, सवारी ज्यान र बहुविवाह मुद्दाका १/१ जना पक्राउ परेका थिए । 

कार्तिक महिनामा १८ जना फरार प्रतिवादी पक्राउ परेका थिए । त्यसमा लागूऔषधका ४ जना, चोरी, लेनदेन, चेक अनादार, हेलचक्र्याइँ गरी कर्तब्य ज्यान र बाल यौन दुब्र्यवहार २/२ तथा ज्यान मार्ने उद्योग, सवारी ज्यान, घरेलु हिंसा र रेडपाण्डा मुद्दाका १/१ जना फरार प्रतिवादी पक्राउ परेको बाँके प्रहरीले जनाएको छ । यस्तै मंसिर महिनाको हालसम्म ११ जना पक्राउ परेका छन् । त्यसमा बन र गोवधका २/२ जना तथा चोरी, कुटपिट, लागूऔषध, लेनदेन, चेक अनादर, पुनःचलन र अभद्र व्यवहारमा १/१ जना पक्राउ परेका छन् । 

बाँके प्रहरी प्रमुख एसपी अधिकारीले बाँके प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने कार्यलाई प्राथमिकतामा राखेर अभियानकै रुपमा अगाडि बढाएको बताए ।


प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  २१:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP