नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
उपनिर्वाचन -२०७६
  • गृहपृष्ठ
  • उपनिर्वाचन -२०७६
  • कांग्रेसमा उम्मेदवार छनोट गर्न सकस
कांग्रेसमा उम्मेदवार छनोट गर्न सकस
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक ८, २०७६ बागेश्वरी पोस्ट
कांग्रेसमा उम्मेदवार छनोट गर्न सकस

काठमाडौं। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनौट गर्न नेपाली कांग्रेसभित्र सकस भएको छ । पार्टीको विधानअनुसार उम्मेदवार छनौट नगर्ने र सम्बन्धित निर्वाचन क्षेत्रबाट आएका उम्मेदवारलाई टिकट नदिई केन्द्रीय नेतृत्वले आफ्नो खल्तीका नेतालाई टिकट दिने परम्परा कायम रहँदा यस्तो सकस देखिएको हो ।

पार्टीको विधान मिचेर उम्मेदवार छनौट गर्ने अभ्यास केन्द्रीय नेतृत्वबाट विगतमा सुरु भएपछि यस पटक जिल्ला नेतृत्वबाट पनि सोही अभ्यास अप्नाइएको भनाइ जिल्ला सभापतिहरुको छ ।
उपनिर्वाचनमा स्थानीय तह, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिश गर्न क्षेत्रीय समितिले बढीमा तीनजनाको नाम पठाउनुपर्नेमा १६ जनासम्मको नाम पठाएको छ । विधानमा तीनजनाको नाम पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

कास्कीको क्षेत्र नम्बर २ बाट निर्वाचित रविन्द्र अधिकारको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेसले १६ जनाको नाम पठाएको छ । कांग्रेस सभापति कृष्ण केसीका अनुसार, क्षेत्रीय सभापति माधव बाँस्तोलादेखि पूर्वउम्मेदवार देवराज चालिसेसम्मको नाम सिफारिस भएको छ ।

यस्तै, वीरेन्द्रनारायण बिजुक्छे, खेमराज पौडेल, सोभियत अधिकारी, केशर निर्दोषी, ऋषि काफ्ले, लक्ष्मी पाण्डे, रंगिला आचार्य, खिमकुमारी बराल, विजयराज आचार्य, गुरु बराल, कृष्ण कार्की, महादेव गुरुङ, विमला भण्डारी र निर्मलप्रसाद कर्माचार्यको नाम केन्द्रमा पठाएको छ । जबकी सो क्षेत्रमा सत्तारुढ नेकपाले स्वर्गीय अधिकारीकी श्रीमती विद्या भट्टराईको एक मात्र नाम पठाएको छ ।

कांग्रेसको क्षेत्र नं. २ मा दुई धारबीच सहमति नभएपछि सबैको नाम पठाइएको जानकारी सभापति केसीले दिनुभयो । उहाँले पूर्वउम्मेदवार चालिसेको एकल नाम पठाउनेबारेमा छलफल भए पनि सहमति नभएको बताउनुभयो ।

भक्तपुर जिल्लाको प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेसले १० जनाको नाम सिफारिस गरेको जानकारी जिल्ला सभापति दुर्लभ थापाले दिनुभयो । क्षेत्रीय सभापति जीवन खत्रीले आफू उम्मेदवार नहुने घोषणा गरे पनि सहमतिमा तीनजनाको नाम सिफारिस हुन सकेन । विनोद कायस्थ, सुरेश श्रेष्ठ, यादव अधिकारी, सुभद्रा काफ्ले, हरि नेपाल, मनोजकुमार थापा, कृष्णलाल भँडेल, किरण न्यौपाने, रुपादेवी थापा र उद्धव खड्काको नाम सिफारिस भएको छ ।

उता, गण्डकी प्रदेशअन्तर्गत बाग्लुङ जिल्लाका टेकबहादुर घर्तीको निधनपछि रिक्त भएको प्रदेशसभा सदस्य पदका लागि क्षेत्रीय सभापति द्रोण कुँवर, टुनासिन घर्तीमगर, टेकराज पौडेल र जीप शेरचन गरी चारजनाको नाम पठाएको जानकारी जिल्ला सभापति दिपेन्द्र थापाले दिनुभयो । उहाँले जिल्ला कार्य समितिले केन्द्रलाई राय मात्रै दिने हो नाम हेरफेर गर्न मिल्दैन, भन्नुभयो ।

५ नं. प्रदेशको दाङ क्षेत्र नं. ३ (ख) प्रदेशसभा सदस्य उत्तरकुमार अलीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचनका लागि कांग्रेसले १४ जनाको नाम केन्द्रमा पठाएको छ ।

जिल्ला सभापति कीर्तिबहादुर खड्काका अनुसार केशवराज शर्मा, किरण साह, खिमप्रसाद खराल, चूणामणि ढकाल, जगत खड्का, टीका घर्ती, भरत केसी, मदन रसिक, शंकरप्रसाद डाँगी, सुरेश हमाल, घनश्याम शेरपाइली, कच्चु चौधरी, गीता पौडेल र सारा भण्डारीको नाम सिफारिस भएको छ ।

भक्तपुरका सभापति दुर्लभ थापाले क्षेत्रबाट सहमतिमै तीनजनाको नाम पठाए पनि केन्द्रीय नेताले खल्तीबाट निकालेर अन्य व्यक्तिलाई नै उम्मेदवार बनाउने अभ्यास रहेकाले प्रदेश निर्वाचन क्षेत्रबाट जे जस्ता नाम आए त्यसलाई नै केन्द्रमा पठाएको हो, भन्नुभयो ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बाको निधनपछि हुने उपनिर्वाचनमा कांग्रेसले पूर्व उम्मेदवार किरण राईको एकल नाम पठाएको छ । जिल्ला सभापति राजीव कोइरालाले नेता राईको नाम नगरसमिति र क्षेत्रीय समितिबाट सर्वसम्मतरुपमा आएकाले जस्ताको त्यस्तै केन्द्रमा पठाएको बताउनुभयो ।

उम्मेदवार छनौट गर्न बिहीबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक जिल्लाबाट धेरैजनाको नाम आएपछि छलफल नै नगरी कात्तिक १४ गते बस्ने जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिनुभयो । अब कांग्रेसले जिल्ला सभापति सभापतिहरूलाई नै ध्यानाकर्षण गराउने जनाएको छ ।

धेरैजनाको नाम आएपछि केन्द्रले तीनजनाको मात्रै नाम पठाउन जिल्लालाई नै पुनः पत्राचार गर्ने अन्तिम तयारी गरेको जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो । Gorkhapatra


प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  २१:०९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP