नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
उपनिर्वाचन -२०७६
  • गृहपृष्ठ
  • उपनिर्वाचन -२०७६
  • विगतका सानातिना तितोपिरो भूलेर निर्वाचनमा खटिनुहोस : नेता दीपक गिरी
विगतका सानातिना तितोपिरो भूलेर निर्वाचनमा खटिनुहोस : नेता दीपक गिरी
श्रीगाउँमा काँग्रेसको रणनीतिक छलफल
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २२, २०७६ बागेश्वरी पोस्ट
विगतका सानातिना तितोपिरो भूलेर निर्वाचनमा खटिनुहोस : नेता दीपक गिरी
नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी

दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले एक ढिक्का भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आह्वान गरेका छन् । दंगिशरण गाउँपालिका वडा नं. ६ को श्रीगाउँ मैदानमा आयोजित छलफल कार्यक्रमलाई सम्वोधन गर्दै नेता गिरीले काँग्रेस जीवन मरणको अवस्थामा रहेको हुँदा हिजोका सानातिना तितोपिरो विर्सेर काँग्रेसको पक्षमा जनमत निर्माणका लागि खटिन सबै नेता कार्यकर्तालाई आग्रह गरेका हुन ।

‘कम्युनिष्ट आतातायिका विरुद्धमा र लोकतन्त्रको पक्षमा एक भएर लाग्नुहोस,’ नेता गिरीले भने ‘ अन्यथा भोलि लोकतन्त्र धरापमा पर्ने खतरा देखिइसकेको छ।’

काँग्रेसले मंसिर १४ गते हुने निर्वाचनमा दाङमा केशव आचार्य जस्ता निष्ठावान नेतालाई उम्मेदवार बनाएको हुँदा अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गरे । ‘केशवजी व्यक्ति हो, तर हाल उहाँको जीत र हार नेपाली काँग्रेस संग जोडिएको छ,’ नेता गिरीले भने ‘ उहाँका व्यक्तिलाई भन्दापनि पार्टीलाई हेरेर रुखमा मतदान गर्नुहुन आग्रह गर्दछु।’

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले चुनाव कुनै व्यक्ति र गुटको नहुने हुँदा सबैले लोकतन्त्रको रक्षाको लागि मतदान गर्न आग्रह गरे । कम्युष्टि सरकारले जनताको ढाड सेकिने गरि कर बृद्धि गरेको हुँदा त्यसवाट छुटकारा पाउन नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । उनले गुट उपगुटको कुरा छोडेर एक जुट भएर निर्वाचनमा होमिन सबैलाई आग्रह गरे । उनले यो जितसंगै भविस्यमा नेपाली काँग्रेसको विजय यात्रा सुरु हुने दाबी गरे ।

प्रदेशसभाका उम्मेदवार केशव आचार्य

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेसका प्रदेशसभाका उम्मेदवार केशव आचार्यले आगामी चुनाव व्यक्तिगत रुपमा आफ्नो मात्रै नभइ काँग्रेसको प्रतिष्ठा समेत जोडिएको हुँदा प्रजातन्त्रकको रक्षाको लागि मतदान गर्न अपिल गरे । ‘म व्यक्ति हुँ ,जानेर नजानेर कहिले काँही मेरा कमिकमजोरी रहे होलान,’ उम्मेदवार आचर्याले भने ‘ तर अब त्यो सबै विर्सिदिनुहोस मलाई भन्दापनि प्रजातन्त्रको रक्षाको लागि नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्नुहोला।’

उनले केही कमिकमजोरी भएको भए आत्मआलोचना गर्ने तथा भोलिका दिनमा सच्याएर जाने उनले प्रण गरे । उनले आफु सबै गाउँ र बस्तिमा पुग्न नसकेपनि त्यसलाई अन्यथा नठानी सहयोग गर्न आग्रह गरे । आफुले आजिवन प्रजातन्त्र र लोकतन्त्रका लागि जीवन समर्पन गरेको व्यक्ति भएको हुँदा भविस्यमा पनि जनताकै माझमा रहने उनले प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेस दाङका सचिव शंकर डााँगी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीकाराम घर्ती, युवा नेता सुरेश हमाल, नेतृ देवा डाँगी लगाएत अन्य दर्जनवढी बक्ताहरुले नेपाली काँग्रेसका उम्मेदवार केशव आचार्यलाई विजयी बनाउन कुनैपनि कसुर बाँकी नराख्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

५०१ सदस्य प्रचार प्रशार समिति
नेपाली काँग्रेसका प्रदेशसभा सदस्य पदका उम्मेदवार केशव आचार्यलाई सघाउन निर्वाचन क्षेत्र नं. ३ (२) का क्षेत्रीय सभापति खिमबहादुर वलीको संयोजकत्वमा ५०१ सदस्य मुल प्रचार प्रशार समिति गठन गरेको छ । श्रीगाउँमा भएको भेलाले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा विजयी गराउन सहयोग गर्ने उदेश्यले गठित समितिको सदस्यहरुमा गाउँपालिका कार्यसमितिका पदाधिकारी रहेका छन् ।

जसमा शोभाकर न्यौंपाने,बुद्धिराम तिवारी, बलबहादुर बुढा, तुलसीपुर उपमहानगरपालिका सभापति,२५ वटै वडा समितिका सभापतिहरु, प्रेस यूनियनका प्रतिनिधि, काँग्रेस महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला कार्यसमितिका सदस्यहरु, पूर्व महाधिवेशन प्रतिनिधिहरु, पूर्व गाउँ समितिका सभापतिहरु, क्षेत्रीय प्रतिनिधिहरु, शुभेच्छुक संघ संस्थाका अध्यक्षहरु सदस्यहरु रहेका छन् । Source: farakkon


प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १९:४८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP