नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
उपनिर्वाचन -२०७६
  • गृहपृष्ठ
  • उपनिर्वाचन -२०७६
  • कोहलपुरमा आफन्तको घरमा बास बस्न आएको थिए: पुर्वमन्त्री तप्त बिष्ट
कोहलपुरमा आफन्तको घरमा बास बस्न आएको थिए: पुर्वमन्त्री तप्त बिष्ट
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ५, २०७६ बागेश्वरी पोस्ट
कोहलपुरमा आफन्तको घरमा बास बस्न आएको थिए: पुर्वमन्त्री तप्त बिष्ट

कोहलपुर । नेपाली काँग्रेसका नेता तथा पुर्व राज्यमन्त्री तप्त विष्टले चुनाव प्रचार प्रसारमा नभएर आफ्न्तको घरमा बास बस्न कोहलपुर आएको बताएका छन् । नेकपाका नेता तथा कार्यकर्ताले सरकारी नम्बर प्लेटको गाडि सहित कोहलपुर नगरपालिका वडा नं ६ मा निर्वाचन प्रचार प्रसार गर्न आएको भन्दै बुधबार बेलुका विरोध जनाएको प्रति दुख व्यक्त गर्दै आफु निर्वाचन प्रचार गर्न नभएर आफन्तको घरमा बास बस्न आएको बताएका छन् ।

नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं ६ को निर्वाचन प्रचार प्रसार समितिले आयोजना गरेको चुनावि कोण सभालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री विष्टले सत्ताको भरमा अनावश्यक बल प्रयोग गरिएको भन्दै दिउँसोको हवाई जहाज डिले भएर बेलुकी साढे पाँच बजे राँझा विमानस्थल पुगेर पञ्चपुरी नगरपालिकाका मेयर थापा र आफु कोहलपुर नगरपालिका वडा नं ६ मा रहेको मोहन गाहाको घरमा बास बस्न आएको बताएका छन् । ‘आफन्तको घरमा गाडि राखिसकेपछि नेकपाकाा केहि कार्यकर्ता आएर विरोध जनाए’ उनले भने ।

‘आफन्तको घरमा बास बस्न पनि नपाइने भयो ।’ साथै उनले वर्तमान सरकारका विरुद्व काँग्रेसले आन्दोलन गर्न नपरोस भन्दै सरकार र नेकपा कार्यकर्तालाई सचिन्न आग्रह गरेका छन् । मन्त्री विष्टले नेकपा कार्यकर्ताले पैसा बाड्न आएको भन्दै विरोध जनाएको प्रति आपत्ति जनाउँदै उनले भने ‘१४ हजारको प्लेन टिकट त उदारोमा लिएर आएका हौं । हामीसँग के पैसा हुनु, होटलमा खाना खाएको भए खानाको रुपैयाँ दिने पनि थिएन्।’

नेकपाले गरेको कार्यबाट काँग्रेसका कार्यकर्ता बिचल्लित नहुन अनुरोध गर्दै निर्वाचनमा शान्तिपूर्वक ढङ्गले भाग लिन सझुाव समेत दिएका छन् । कार्यक्रममा बोल्दै सुर्खेत पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले स्थानिय तहको उपनिर्वाचनमा काँग्रेसलाई जिताएर नेकपाको दम्भलाई सिध्याउनुपर्नेमा जोड दिएका छन् । पाहुनका रुपमा बास बस्न कोहलपुर आएको बताउँदै नेकपा कार्यकर्ताले गरेको व्यवहारको जवाफ रुख चिन्हमा मतदान गरी काँग्रेसका उम्मेद्वार श्रीकृष्ण थारुलाई बिजय गराउन वडा नं ६ का जनतालाई अनुरोध गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी जिल्ला सभापति किरण कोइराला, उपसभापति फुलाराम थारु, नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति माधवराम खत्री, महासमिति सदस्य भानुभक्त भट्टराई, नारायण गौडेलले कोहलपुर नगरपालिका वडा नं ६ मा आफन्तको घरमा बास बस्न आएका पूर्व मन्त्री माथि गरिएको व्यवहार निन्दनिय भएको भन्दै यस्ता कार्यहरु आगामि दिनमा नगर्न चेतवानी दिएका छन् । साथै उनीहरुले सत्ताको बलमा वडा नं ६ को उपनिर्वाचनमा कुनै पनि अवरोध खडा नगर्न चुनौति दिँदै नेकपाका नेता तथा कार्यकर्ता यसरी प्रस्तुत भए काँग्रेस प्रतिकार गर्न तयार रहेको बताएका छन् ।

निर्वाचनलाई लोकतन्त्रीक विधिबाटै सम्पन्न गर्न काँग्रेस तयार रहेको जानकारी दिँदै नेकपाले काँग्रेस माथि आक्रमण गर्न खोजे ईट्टको जवाफ पथरबाटै दिने चेतवानी पनि दिएका छन् । नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं ६ का प्रचार प्रसार समितिका संयोजक लिल बहादुर रानाले वडा नं ६ मा नेपाली काँग्रेसले निर्वाचन जित्ने पक्का भएपछि नेकपाका कार्यकर्ताहरु आतिएको भन्दै वडा नं ६ उपनिर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न काँग्रेस तयार रहेको र नेकपाले पनि शान्तिपूर्ण तरिकाले उपनिर्वाचनमा भाग लिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको सहजिकरण नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीले गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १६:२५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP