नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा
डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा
बागेश्वरी पोस्ट
शनिबार, जेठ १७, २०७७ बागेश्वरी पोस्ट
डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाले सबैप्रकारको सम्बन्ध तोडेको घोषणा गरेका छन्।

ट्रम्प प्रशासनले कोरोना महामारीमा संगठनले आवश्यक व्यवस्थापन नगरेको जनाउँदै उसँगका सबै प्रकारको सम्बन्ध तोड्ने निर्णय गरेको हो। ट्रम्प प्रशासनले अमेरिकामा कोरोनाले महामारीको रूप लिएपछि निरन्तर संगठनमाथि महामारीको उचित व्यवस्थापन गर्न नसकेको र चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आइरहेको थियो।

अमेरिकाको यो निर्णय वासिङ्टन र बेइजिङबीच पछिल्लो समय बढ्दै गएको तनावकाबिच आएकाले यसलाई अर्थपूर्ण ढंगले हेरिएको छ।धेरैले यसलाई अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनसँग जोडेर हेर्दै आएका छन्। ट्रम्पको यस कदमलाई उनको राष्ट्रपति पुनः निर्वाचित हुन प्रयोग गरिएको चीन विरोधी कार्डका रूपमा समेत हेरिएको छ।

तर, संगठनसँग सम्बन्ध तोड्ने घोषणा गरेका ट्रम्प स्वयं देशभित्र महामारीविरुद्धको व्यवस्थापनका लागि आलोचित हुँदै आएका छन्। कोरोना भाइरसको महामारी सबैभन्दा पहिला चीनको हुबेई प्रान्तको वुहानबाट सुरू भएको थियो। त्यसयता यो महामारीले विश्वव्यापी रूप लिइसकेको छ। हाल कोरोनाबाट सर्वाधिक प्रभावित मुलुकको पहिलो नम्बरमा छ। अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता रहँदै आएको थियो।

संगठनको कुल बजेटको झण्डै १५ प्रतिशत रकम अमेरिकाले बेहोर्दै आएको थियो। नयाँ निर्णयले दुबैपक्षको सन् १९४८ मा जोडिएको सम्बन्धमा विराम लगाइदिएको छ। ह्वाइट हाउसको रोज गार्डेनमा सम्बन्ध तोडेको घोषणा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि भाइरसको सही सूचना दिनुपर्ने जिम्मेवारी निर्वाह नगरेको र विश्व स्वास्थ्य संगठन पनि चीनको दबाबमा महामारीका बारेमा समयमै सूचना तथा चेतावनी नदिएको र यसले विश्वभर लाखौं मानिसको ज्यान गएको आरोप पुनः दोहोर्याए।

वार्षिक ४० मिलियन अमेरिकी डलरमात्र दिने चीनको नियन्त्रणमा विश्व स्वास्थ्य संगठन छ,जबकी अमेरिकाले उसको दाँजोमा संगठनलाई ४ सय ५० मिलियन डलर दिदैं आएको छु, ट्रम्पले भने। ट्रम्पको यो निर्णय चिनियाँ राष्ट्रपति सि जिङपिङले गत साता आगामी दुई वर्षमा कोरोना महामारीसँग लड्न डब्लुएचओलाई दुई बिलियन अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेपछि आएको हो। चीनले घोषणा गरेको यो रकम झण्डै विश्वस्वास्थ्य संगठनको गत वर्षको बजेट बराबर हुन आउँछ।

ट्रम्पले गत महिना संगठनलाई दिदैं आएको सहयोग रकम बन्द गर्ने घोषणा गरेका थिए। त्यतिबेला उनले संगठनलाई ३० दिनभित्र उसले सुधार गर्नुपर्ने कार्यहरूसम्बन्धी पत्र दिएका थिए। हाल विश्व स्वास्थ्य संगठनमा विश्वका १९४ राष्ट्र आबद्ध छन्। ुउनीहरू अनुरोध गरिएको र एकदमै आवश्यक रहेको सुधार गर्न असफल भएका छन्। आज हामी विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्दै छौं र उसलाई दिदैं आएको सहयोग रकमलाई अरू विश्वव्यापी र अत्यन्त आवश्यक्तामा रहेका सार्वजनिक विश्व स्वास्थ्य कार्यहरूलाई दिनेछौ,  ट्रम्पले भने।

उनको यो निर्णय कहिलेबाट कार्यन्वयनमा आउनेछ भन्ने बारेमा भने केही खुलाइएको छैन। सन् १९४८ मा संगठनसँग जोडिएको अमेरिकालाई संगठनसँग १ वर्षको समयसीमा दिएर अलग हुने अधिकार छ। विश्व स्वास्थ्य संगठनले पछिल्लो अमेरिकी कदममा तत्कालै कुनै प्रतिक्रिया दिएको छैन।

उसले आफू चीनको प्रभावमा परेको भन्ने अमेरिकी आरोप र महामारीको व्यवस्थापन र चेतावनी दिन चुकेको आरोपको भने खण्डन गर्दै आएको छ। डब्लुएचओ देशहरूबिच सहकार्य हुने स्थान भएको सम्झिनु महत्वपूर्ण छु, फिजिसियन फर ह्यूमन राइटसकी कार्यकारी निर्देशक डोना म्याकेले भनिन्। यो सघन संस्थाबाट यस्तो ऐतिहासिक महामारीका बेला हिँड्दा यसले अमेरिकी र विश्वका दुबै नागरिकलाई चोट दिन्छु, उनले भनिन्।सेतोपाटीबाट साभार।


प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  ०८:१६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP