नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • कस्मिरमा मारिनु अघि अर्जुले श्रीमतीलाई भने-' फोन राख।।आतंकबादी आएजस्तो छ.....
कस्मिरमा मारिनु अघि अर्जुले श्रीमतीलाई भने-' फोन राख।।आतंकबादी आएजस्तो छ.....
बागेश्वरी पोस्ट
बिहीबार, पुस १७, २०७६ बागेश्वरी पोस्ट
कस्मिरमा मारिनु अघि अर्जुले श्रीमतीलाई भने-' फोन राख।।आतंकबादी आएजस्तो छ.....
कस्मिरमा मारिएका अर्जुन थापा

'फोन राख राख।।। यहाँ आतंकवादी आएजस्तो छ।’

मंगलबार बेलुकी गोरखा नगरपालिका ५ रिप गाउँकी सरिता थापा मगरलाई भारतीय सेनामा कार्यरत श्रीमान् अर्जुन थापा मगरले कस्मिरबाट फेसबुक मेसेन्जरमा भने। अर्जुनले यति भन्नासाथ कल काटियो। सरितालाई ननिको लाग्यो। उनी आत्तिइन्। प्रार्थना गरिन्, नराम्रो केही नहोस्। उनलाई आश थियो,एकछिनमै म्यासेन्जरमा फेरि श्रीमानको फोन आउनेछ।

घन्टा बित्यो। रात सकियो। बुधबार बिहान भयो।

तर अर्जुनको फोन आएन।

सरिताले तारन्तार फेसबुक स्क्रोल गरिरहिन्। अहँ, अर्जुनको प्रोफाइल पिक्चरमा फेसबुकले हरियो देखाउँदै देखाएन। उनको मोबाइल पनि स्विच अफमात्र भनिरह्यो। बुधबार बिहान अर्जुनका साथीको मोबाइलबाट सरितालाई एउटा एसएमएस आयो। लेखिएको थियो' दुखद खबर छ'।

म्यासेज पढेर सरिताको मन चिसो भयो। एकछिनमा त फोन नै आयो। सरितासँग कुरा गरेको केही समय नबित्दै अर्जुनलाई गोली लागेछ। भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दका अनुसार पाकिस्तानी सेनाले भारतीय भूमिमा छिर्ने प्रयास गरेकाले खारी थरेत जंगलमा दुबै पक्षबीच गोलाबारी भएको थियो। सोही गोलाबारीको संकेत पाएर अर्जुनले श्रीमतीसँग फोन काटेका थिए। अर्जुन १० दिनअघि मात्र घरबाट कस्मिरका लागि हिँडेका थिए।

११ कक्षा पढ्दापढ्दै इन्डियन लाहुरे भएका ‍उनी महिना दिनको छुट्टीमा आएका थिए। घरका एक्ला छोरा अर्जुन र सरिताबीच गत असारमा विवाह भएको थियो। ‘म्यासेन्जरमा कुराकानी भइरहेको थियो। एक्कासी फोन राख यहाँ आतंकवादी आएजस्तो छ भन्नुभएछ,’ अर्जुनकी श्रीमती सरितालाई उद्धृत गर्दै उनकी छिमेकी सानु थापा मगरले भनिन्, ‘त्यसपछि अर्जुन बाबु सम्पर्कमा आउनुभएन। अनलाइन पनि आउनुभएन। फोन पनि लागेन।

पछि साथीले एसएमएस गरेर दुस्खद खबर छ मात्रै भन्नुभएको थियो।’ एक महिना गाउँ बसेर केही दिनअघिमात्र फर्किएका कलिला अर्जुनको मृत्युको खबरले रिप गाउँ शोकमा डुबेको छ। ‘त्यस्तो काम त केही थिएन तैपनि एक महिनाका लागि अर्जुनबाबु छुट्टीमा आउनुभएको थियो। गएको दुई साता नहुँदै नराम्रो खबर सुन्नुपर्दा गाउँ नै शोकमा छ,’ उनले भनिन्। अर्जुनकी आमा बितिसकेकी छन्। घरमा उनका बुवा, श्रीमती र एक बहिनी छन्।

भारतीय सेनाले शव बुझ्न काँकडभित्ता आउन भनेको छ। अर्जुनका बुबा र सरितासहित केही गाउँले काँकडभित्ता गएका छन्। ‘आमाले छाडेर गइसक्नुभयो। अर्जुनबाबु पनि हुनुहुन्न भन्ने खबर छ,’ सानुले भनिन्, ‘उहाँ सानैदेखि मिलनसार हुनुहुन्थ्यो।

राम्रो मान्छेलाई भगवानले चाँडै लैजाने रहेछ।’ गत वर्ष नरेन्द्र मोदी सरकारले जम्मु कस्मिरलाई विशेष अधिकार दिने संविधानको धारा खारेज गरिदिएपछि भारत-पाक सम्बन्ध तनावपूर्ण रूपले अघि बढिरहेको छ। जम्मु कस्मिरको लाइन अफ कन्ट्रोलमा बेलाबेलामा दुबै देशका सेनाबीच गोलाबारीका घटना भइरहन्छन्।

सुरक्षा व्यवस्था कायम राख्न जम्मु कस्मिरमा भारतले सुरक्षाकर्मी पहिलाभन्दा थपेको छ। त्यसमा भारतीय सेनाको गोर्खा रेजिमेन्ट सैनिकहरू पनि धेरै छन्।सेतोपाटीबाट साभार।


प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  २०:००
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP