नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • बर्दियामा प्रभावकारी बन्दै 'पढाई कुना'
बर्दियामा प्रभावकारी बन्दै 'पढाई कुना'
बागेश्वरी पोस्ट
शनिबार, फागुन २०, २०७९ बागेश्वरी पोस्ट
बर्दियामा प्रभावकारी बन्दै 'पढाई कुना'

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर-२ की आरती थारुकी छोरी प्रकृति थारु ज्ञानोदय आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्छिन् । उनी सधैं विद्यालय गएपनि घरमा पढ्ने बानी पटक्कै थिएन । विद्यालयबाट घर आउँदा विद्यालय पोसाक र झोला जहाँ पायो त्यहीँ फाल्थिन् । तर, उनको घरमा 'पढाई कुना' बनाएपछि उनको व्यवहारमा निकै परिवर्तन भएको छ ।

प्रकृतिको घरको एक कोठालाई विभिन्न शैक्षिक सामग्रीहरू टाँसेर सिकाईमैत्री कोठा अर्थात पढाई कुना बनाइयो । सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, राजापुर, ठाकुरबाबा, गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकाको समन्वय र सहकार्यमा बालबालिकाको सिकाई स्तर बढाउन बनाइएको पढाई कुनाले प्रकृतिको दैनिक क्रियाकलाप फेरिएको छ ।

प्रकृतिको पढाई कुनामा कापी, कलम, पोसाक राख्ने ठाउँ छ।विद्यालयबाट आएपछि त्यसै कोठामा झोला र विद्यालय पोसाक राख्छिन् । हरेक दिन अभिभावकले समय दिएर छोरीको पढाईमा सहयोग गर्छन् । प्रकृतिकी आमा आरती भन्छिन्, ‘पहिले हामीलाई यस्तो पढाई कुना भन्ने थाहा थिएन । सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा नगरपालिकाले सिकाई अनुसार घरमा पढाई कुना बनाएपछि छोरीको घरमै पढ्ने बानी परेको छ ।’ प्रकृतिले पढाई कुनामा हरेक दिन करिब दुई घण्टा पढ्छिन् ।

No description available.बारबर्दिया नगरपालिका वडा नम्बर ११ की सैलिजा ढोटैली र गेरुवा गाउँपालिका वडा नं ५ की आइसा थारुको घरमा पनि पढाई कुना छ । सैलिजा हरेक दिन विद्यालयबाट घर आउँदा पढाई कुना भएकै कोठामा जान्छिन् । उनले लगाउने कपडा, विद्यालयको पोसाक र शैक्षिक सामग्रीहरू त्यहीँ राख्छिन् । उनी विद्यालयबाट दिएको गृहकार्य त्यहीँ गर्छिन् । त्यहीँ कोठामा पढ्छिन् । पहिले उनको घरमा पढाई कुना नहुँदा नियमित पढ्ने बानी थिएन । आजभोलि नियमित पढ्छिन् । घरमा बुवाआमाले पनि नियमित पढे, नपढेको विषयमा सोधखोज गर्छन्। यसले नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनुका साथै शैक्षिक सामग्रीको सुरक्षा र व्यक्तिगत सरसफाईमा निकै सुधार भएको छ ।

No description available.

आइसा भन्छिन्, 'स्याक नेपाल बाँकेले परियोजना संचालनपछि पढाई कुना बनाइएको कोठामा जाउँ जाउँ लाग्छ । पढौं पढौं लाग्छ । पहिले घरमा पढ्नै मन लाग्दैन थियो । विद्यालय गएर पढ्ने हो जस्तो लाग्थ्यो । अहिले विद्यालय भन्दा घरमा बनाइएको पढाई कुनामा बढी पढ्न मन लाग्छ ।’ प्रकृति, आइसा, सैलिजाको घरमा मात्र होइन, बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकाको परियोजना संचालन भएका करिब २ सय ८७ घरधुरीमा पढाई कुना निर्माण गरिएको सिकाई परियोजनाका परियोजना प्रमुख लक्ष्मीप्रसाद शर्माले जानकारी दिए । 

No description available.

प्लान इन्टरनेसनलको आर्थिक सहयोग, स्याक नेपाल बाँकेको सहजीकरण तथा बारबर्दिया, मधुवन, राजापुर, ठाकुरबाबा, गुलरिया नगरपालिका र गेरुवा गाउँपालिको समन्वयमा पढाई कुना बनाइएका हुन् । शर्मा भन्छन् ‘विद्यार्थीको सिकाई स्तर कमजोर भएका परिवारमा अभिभावक शिक्षा कार्यक्रममार्फत अभिभावकबाटैआफ्ना बालबालिकाको सिकाई सुधारका लागि पहिलो पाठशाला घर बनाउन असल अभ्यासको सुरुवात गरेका छौं ।'

प्लान इन्टरनेसनलको आर्थिक सहयोग, स्याक नेपाल बाँकेको सहजीकरण तथा बारबर्दिया, मधुवन, राजापुर, ठाकुरबाबा, गुलरिया नगरपालिका र गेरुवा गाउँपालिको समन्वयमा २५ वटा विद्यालयको सेवाभित्रका २५ वटा समुदायमा कक्षा १ देखि ३ सम्मका सिकाई स्तर न्यून भएका, आर्थिकरूपमा विपन्न दलित समुदायका ७ हजार बालबालिकाहरूका लागि सिकाई केन्द्रहरू सञ्चालन गरिएको छ । 

बिजय प्राथामिक विद्यालय बारबर्दिया नगरपालिका वडा नं ११ का प्रधानाध्यापक धरमेन्द्र थारुले पढाई कुना र सिकाई केन्द्र सञ्चालन भएपछि बालबालिकाको पढाईको रुची बढेको र सिकाई स्तरमा पनि सुधार भएको बताए । ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले संस्थाले बिगत लामो समयदेखि शिक्षाको क्षेत्रमा काम गरेको र संस्थाले संचालन गरेका हरेक क्रियाकलापमा नगरपालिकाको समन्वय र सहकार्य रहेको बताए ।संस्थाले पूर्व प्राथामिक तहमा गरेको लगानी सार्थक र उपलब्धिमूलक भएको बताए ।

बारबर्दिया नगरपालिकाका नगर प्रमुख छबिलाल थारुले प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेले बारबर्दिया नगरपालिकाको शैक्षिक गुणस्तिर बृद्धिका लागि उल्लेखनीय कार्य गरेको बताए । राज्यको नजर नपुगको ठाउँमा संस्थाले पूर्व प्राथामिक कक्षाहरुलाई नमुना बनाउने, आइसिटी सहयोगमार्फत प्रबिधिमैत्री सिकाई, अभिभाक शिक्षा, भौतिक पूर्वाधार निर्माण, पालिका स्तरको शिक्षा नीति, शिक्षा योजना रस्थानीय पाठ्यक्रम निर्माण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले परियोजनामार्फत बनाइएका पढाई कुना र सिकाई केन्द्रले बालबालिकाहरूको सिकाईमा उल्लेख्य सुधार भएको बताए ।

No description available.


प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १४:१२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिद्धार्थद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई विदाई
सिद्धार्थद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई विदाई
प्रभातका १२ कक्षाका विद्यार्थीको विदाई
प्रभातका १२ कक्षाका विद्यार्थीको विदाई
मेरो टुकी प्रज्ञालय स्कुलले ८औं वार्षिकोत्सव मनायो
मेरो टुकी प्रज्ञालय स्कुलले ८औं वार्षिकोत्सव मनायो
प्याब्सन बाँकेको आयोजनामा 'प्रिन्सिपल लिडरशिप ट्रेनिङ'
प्याब्सन बाँकेको आयोजनामा 'प्रिन्सिपल लिडरशिप ट्रेनिङ'
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP