नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • मातृ तथा शिशु मृत्युदर घटाउने लुम्बिनी सरकारको उद्देश्य होः मन्त्री खनाल
मातृ तथा शिशु मृत्युदर घटाउने लुम्बिनी सरकारको उद्देश्य होः मन्त्री खनाल
बागेश्वरी पोस्ट
बुधबार, पुस २५, २०८० बागेश्वरी पोस्ट
मातृ तथा शिशु मृत्युदर घटाउने लुम्बिनी सरकारको उद्देश्य होः मन्त्री खनाल

नरैनापुर (बाँके) । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

नरैनापुरमा निर्माणाधीन अस्पतालको निरीक्षण गर्न पुगेका मन्त्री खनालले भने, ‘सबै स्वास्थ्य संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवजात शिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्नेछ, आमा सुरक्षा कार्यक्रममार्फत सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ ।' उनले लुम्बिनी प्रदेशले नरैनापुरलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै निर्माणाधीन अस्पतालका लागि ५० लाख बजेट विनियोजन गरेको बताए । उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका तयार भएको जानकारी दिँदै उनले नरैनापुरको निर्माणाधीन अस्पताललाई प्रसूति तथा स्त्रीरोग अस्पतालका रुपमा विकास गर्नका लागि प्रदेशबाट थप बजेटको व्यवस्था मिलाउने बताए । 

सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले प्रदेश सरकार र नरैनापुरको अस्पताल बीचको सहकार्यमा आगामी दिनमा स्त्रीरोग सेवा र शिक्षाको विस्तार गर्न आवश्यक रहेको बताउँदै सहरी विकास मन्त्रालयबाट गर्न सक्ने सहयोग गर्ने बताए । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरु लागिपरेको बताउँदै आर्थिक अभाव र आवश्यक उपकरण खरिद गर्न नसकेकाले चाहे जति स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको उल्लेख गरे । उनले नरैनापुरमा कुनै प्रकारको स्रोत नरहेकोले पनि आर्थिक समस्या भएको बताउदै प्रदेश र संघीय सरकारबाट बजेटको व्यवस्था मिलाइदिन मन्त्रीद्वयसंग आग्रह गरेका थिए ।

नरैनापुरका स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाहले नरैनापुरमा ४६ हजार २ सय जनसंख्या रहेको बताउदै यो आर्थिक वर्षमा ६ सय ६६ जना सुत्केरी र १२१५ जना गर्भवति रहेको तथ्यांक प्रस्तुत गरेका थिए । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले स्वागत गरेको कार्यक्रमको संचालन जिन्सी शाखा प्रमुख भरत महतोले गरेका थिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव, निर्देशक, प्रदेश सभा सदस्यहरु, वडा अध्यक्षहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा विश्व क्षयरोग दिवस मनाइयो
बाँकेमा विश्व क्षयरोग दिवस मनाइयो
कोहलपुर नगरपालिकामा छन् १०६ जना क्षयरोगी
कोहलपुर नगरपालिकामा छन् १०६ जना क्षयरोगी
बैजनाथमा निःशुल्क प्राथमिक कान उपचार शिविरः ८१६ जनाको कान चेकजाँच
बैजनाथमा निःशुल्क प्राथमिक कान उपचार शिविरः ८१६ जनाको कान चेकजाँच
पोषण सुधारका लागि 'जीवनका लागि पोषण कार्यक्रम'
पोषण सुधारका लागि 'जीवनका लागि पोषण कार्यक्रम'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP