नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
  • निर्मला पन्तका हत्यारालाई कारवाहीको दायरामा ल्याउन निरन्तर अनुसन्धान जारी छ
निर्मला पन्तका हत्यारालाई कारवाहीको दायरामा ल्याउन निरन्तर अनुसन्धान जारी छ
बागेश्वरी पोस्ट
आइतबार, फागुन २, २०७७ बागेश्वरी पोस्ट
निर्मला पन्तका हत्यारालाई कारवाहीको दायरामा ल्याउन निरन्तर अनुसन्धान जारी छ

प्रहरी संगठनको पहिलो कर्तव्य हो, मुलुकमा शान्ति सुरक्षा कायम गर्नु र जनताको जीउधनको रक्षा गर्नु । ‘सत्य सेवा सुरक्षनम्’ को मूलमन्त्र बोकेर प्रहरीले देश र नागरिकको सेवा गर्दै आएका छन् । कञ्चनपुरमा आपराधिक घटना बेला बेला हुँदै आएको छ । हत्या, हिंसा जस्ता घटना भइरहेका छन् । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या भएको अढाइ वर्ष भइसकेको छ । तर, प्रहरीले उनको दोषीलाई अझैसम्म पत्ता लगाउन सकेको छैन । निर्मला हत्या प्रकरणको अनुसन्धान, अपराध नियन्त्रण, अमनचयन तथा सुरक्षा कायमका लागि कञ्चनपुर प्रहरीले प्रयास गर्दै आएको छ । यसै विषयमा आधारित भएर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापासंग गरेको कुराकानीको सम्पादित अंश ।

सुरक्षाको दृष्टिकोणले कञ्चनपुरको अवस्था कस्तो छ ?
कञ्चनपुर जिल्ला भनेको सुदूरपश्च्मि प्रदेशको तराईको जिल्ला जुन भारत सँग १३० किलोमिटर खुल्ला सिमाना भएको जिल्ला हो । यस जिल्लामा प्रहरीको सङ्ख्या हेर्ने हो भने सात सय बढीको सङ्ख्यामा प्रहरी कर्मचारी खटिदैं आएका छन् । पूर्वमा गुलरिया नाका छ भने पश्चिम क्षेत्रमा गड्डाचौकी रहेको अवस्था छ ।

यस्तै दक्षिणमा पुनर्वास नगरपालिकाको गौरीफन्टा नाका रहेको छ भने उत्तरमा चुरे क्षेत्र रहेको छ । विभिन्न नाकामा गरि जिल्लाभरि ४० ओटा प्रहरी युनिट रहेका छन् । जिल्ला भरी खटिएको प्रहरी युनिट मध्येबाट जिल्ला मातहतका प्रहरी चौकी लगायत विभिन्न युनिटहरुले दैनिक रुपमा शान्ति सुरक्षासँगै अपराध नियन्त्रण पनि गर्दै आएका छन् । प्रहरी कार्यालयको लक्ष्य अनुसार जिल्ला प्रहरी कार्यालयले पनि दैनिक रुपमा आफ्नो लक्ष्य हासिल गर्नको लागि विभिन्न योजना अनुसार अगाडि बढिरहेको छ । दैनिक खटिएको युनिटले दैनिक रुपमा घटेका घटनाहरुको अनुसन्धान गर्ने तथा घटित घटनाहरुको निश्चित जाँचबुझ पनि नियमित रुपमा गर्दै आएको छ । जिल्लागत रुपमा अपराधको तथ्याङ्क हेर्ने हो भने अरु अपराधमध्ये पनि आत्महत्या गर्ने तथा विष सेवन गर्ने जस्ता घटना बढी घटेको देखिन्छ ।

आत्महत्या गर्ने मानिसहरुको सङ्ख्या यस वर्षको हालसम्म ६२ ओटा रहेको छन् भने विष सेवन गर्ने मानिसहरुको सङ्ख्या ४८ ओटा रहेको छ । योसँगै प्राप्त आकडा अनुसार जिल्लामा विभिन्न अपराध मध्ये हिंसा जन्य अपराध बढी हुने गरेको अवस्था छ । कोरोना महामारीले थला परेको विश्वको अर्थतन्त्रसँगै नेपाली अर्थतन्त्र पनि नराम्ररी प्रभावित भयो जस कारण धेरै मानिसले रोजगारी गुमाएपछि अपराधिक क्रियाकलापमा संलग्न भए ।

अहिले केही अवस्था सामान्य भएको छ । अवस्था सामान्य भएपछि पनि धेरै मानिसहरु पूर्ववत रुपमा फर्किन पाएको अवस्था छैन । बेरोजगारीले गर्दा घरेलु हिंसा, महिला हिंसा लगायत विभिन्न हिंसामा पर्ने मानिसहरुको सङ्ख्यामा बृद्धि भएको पाइन्छ ।

प्रहरी भनेको समाजसँग प्रत्यक्ष रुपमा जोडिएको संगठन हो । तसर्थ प्रहरीसँग नागरिकका विभिन्न अपेक्षा पनि हुन्छन् । यसरी समाजमा जाँदा वा समाजसँग प्रत्यक्ष रुपमा सहकार्य गर्दा सहज वा असहज के हुन्छ ?
पक्कै पनि हो । जुनसुकै घटना पनि सर्वप्रथम रुपमा समाजसँगै नै सम्बन्धित हुन्छ । समाजमा घटेका उक्त घटना देख्ने मानिस पनि समाजमै हुन्छ । यसले गर्दा अपराध गर्ने अपराधीको र अपराध सम्बन्धी अपराध देख्ने मानिसले आवाज उठाइदिनु पर्ने हुन्छ । जहिले सम्म अपराध देख्ने मानिसले अपराधको विरोध गर्दैन तबसम्म अपराध पत्ता लगाउन पनि निकै गाह्रो हुने गर्दछ । तथापि, जुन भनौ न अपराध घटिसकेपछि अपराधीलाई तुरुन्त नियन्त्रण गर्ने भन्ने समाजकको मनसाय हुन्छ ।

त्यसैले नागरिकहरुले प्रहरीसँग सहकार्य गनुपर्ने हुन्छ । प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध हुनुपर्दछ । जसले गर्दा अनुसन्धान गर्न चाँडो हुन्छ । पछिल्लो समयमा जनता पनि सुसुजित भएका छन् र घटना प्रहरी सामु आउनलाई प्रमाण जुटाउन पनि केही सहज भइरहेको छ ।

प्रहरी मेरो साथी जस्ता कार्यक्रमको प्रभावकारिता एकदमै कम हुँदै गएको छ । यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन कस्ता योजना अगाडि सार्न आवश्यक छ ?
कञ्चनपुर जिल्ला भारतसँग सीमा जोडिएको जिल्ला भएकोले पनि देशभरीका मानिसहरुको आवतजावत हुने भएकाले जिल्लामा अपराधिक क्रियाकलाप पनि बढी हुने गर्दछ । जसले गर्दा अपराध नियन्त्रण गर्नको लागि प्रहरीलाई पनि चुनौती हुने गर्दछ । जस्तो मैले अगाडि पनि कुरा गरे जिल्ला भरिमा सात सय बढी प्रहरी कर्मचारी खटाइएका छन् ।

सोही मुताविक अनुसन्धानका कार्यहरु गरिएको हुन्छ । प्रहरी मेरो साथी भन्ने जसम्म्म समाजले बुझ्दैन तबसम्म प्रहरी कार्यक्रमले बोकेको उद्देश्य हासिल गर्न तथा प्रहरी मेरो साथी जस्ता कार्यक्रमको प्रभावकारिता कम हुने गर्दछ । समाजलाई कानून सम्बन्धी ज्ञान नभएका कारण जुनुसुकै समाजका मानिसहरु प्रहरी समक्ष आउन असजिलो महसुस गर्ने गर्दछन् । प्रहरी र समाजसँग सुमधुर सम्बन्ध हुनुपर्ने भएतापनि मानिसहरु प्रहरीसँग टाढा भएर बस्न चाहने गर्दछन् । तर पनि गैरकानूनी क्रियाकलाप विरुद्ध बलियो भएर लागेको अवस्था छ । यस्तै प्रहरी मेरो। साथी जस्ता कार्यक्रमसँगै विभिन्न जनचेतनाका कार्यक्रम पनि पछिल्लो समयमा जिल्लाको हकमा प्राथमिकतामा राखिएको अवगत गराउन चाहन्छु ।

जनचेतना कार्यक्रमकै शिलशिलामा भन्ने हो भने जिल्लाको दक्षिणी क्षेत्र बेल्डाडी क्षेत्रमा यस्तै गरेर शुक्लाफाँटा नगरपालिकाको झलारी क्षेत्रमा र दोधरा चाँदनी सँगै सदरमुकाम क्षेत्रमा निरन्तरता साथ कार्यक्रम सञ्चालन गरेका छौ । जसमा सामुदायिक प्रहरी, हातोमैलो कार्यक्रम, प्रहरी मेरो सााथी जस्ता कार्यक्रम हामीले विद्यालय स्तरमा सञ्चालन गरिरहेका छौ । यस्तै तत्कालको समय सापेक्ष हेरेर जिल्ला प्रहरी कार्यालयले जिल्ला स्तरीय समिति गठन गर्दै हिसांत्मक कार्यहरुलाई रोक्नको लागि सुरक्षित चेली अभियान सञ्चालन गर्ने योजनामा लागेका छौ ।

निर्मला हत्या प्रकरणकको लामो समय बितिसकेको अवस्था छ । घटनाको अवस्थाबारे बुझदा प्रहरी तर्फबाट अनुसन्धानको दायरामै छ भन्ने जवाफ आउँछ । कहाँसम्म पुग्यो निर्मला घटनाको अनुसन्धान ?
समाज भएपनि सममाजममा स्वतः घटना घटेकै हुन्छन् । समाजमा घटेका घटनाहरुको प्रहरीले अनुसन्धान गर्दै दोषीलाई कारवाही गर्ने र पीडित पक्षलाई न्याय दिलाउने एउटा पाटो हुने गर्दछ । प्रहरी भनेको राज्यको कानून कार्यान्वयन गर्ने निकाय हो । प्रहरीले सानो ठूलो जुनसुकै घटनामा पनि अनुसन्धान गर्नुपर्दछ । जस्तो विगतको निर्मला पन्तको घटना जोड्नु भयो यसको विषयमा अनुसन्धानको दायरा लामो भएपनि निरन्तर अनुसन्धान भईरहेको जानकारी दिन चाहन्छु ।

हामी चाँडो अनुसन्धानको प्रक्रियालाई निश्चित रुपमा पूरा गर्ने हाम्रो लक्ष्य पनि रहेको छ । अनुसन्धान सुरुवाति चरणमा विभिन्न आन्दोलन लगायतका कार्यक्रम पनि भए जसले गर्दा अनुसन्धानमा पनि ढिलासुस्ती हुन गयो । देशव्यापी सामाजिक मुद्दा बनेको उक्त घटनाको दोषी पत्ता लगाउनको लागि हामी अनुसन्धानको क्रममा छौ । निश्चित रुपमा अनुसन्धान गरेर केही समयभित्रै घटनाको अन्तिममा पुग्ने प्रयास गर्न सफल हुन्छौ भन्ने हाम्रो लक्ष्य रहेको छ ।

कञ्चनपुर भारतसंग जोडिएको जिल्ला पनि हो । जिल्लामा पछिल्लो समयमा चोरी तस्करी तथा मानव बेचबिखन जस्ता अपराधका घटना बढेका छन् । अपराध नियन्त्रणमा प्रहरीले के कसरी काम गरिहेको छ ?
सही भन्नुभयो । वास्तवमा कञ्चनपुर जिल्लाको अधिकांश भुभाग भारतीय सीमा क्षेत्रसँग जोडिएको छ । सीमासँग जोडिएको जिल्ला भएकोले पनि निश्चित रुपममा अपराध पनि बढि हुने गर्दछन् । यस्ता खाले विभिन्न अपराध नियन्त्रण गर्न प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गर्ने गरेको छ । सादा प्रहरी परिचालन गर्दा सीमा क्षेत्रमा हुने अपराधमा पनि धेरै कमी आएको छ । विषेश गरी सीमाक्षेत्रबाट आयात हुने लागुऔषध लगायतका आयातित लागुपर्दाथ तथा लागुऔषधलाई नियन्त्रण गर्नलाई प्रहरी कार्यालयले विभिन्न योजनालाई अंगिकार गरेर काम अगाडि बढाइरहेको छ ।

यस्ता विभिन्न योजनालाई अगाडि सारेर जाँदा अपराध नियन्त्रणममा प्रहरीलाई सफलता मिलेको पनि छ । अहिलेको अवस्था भनेको कोरोना महामारीको अवस्था भएकोले सीमाक्षेत्र पुर्वतह रुपमा स्वतन्त्र रुपले सीमाक्षेत्रमा आवातजावत गर्ने अवस्था भने छैन । यसले गर्दा लागुऔषध आयात गर्ने बाटो अलि साँघुरो भएपनि प्रहरीले नियन्त्रण गर्नको लागि थप सक्रियता बढाएको छ । चुनौतीको विषय हेर्दा लागु पदार्थ आयातसँगै विभिन्न प्रलोभन देखाई महिला तथा छोरीहरु बेचबिखनकका मुद्दापनि बढेका छन् । जसको नियन्त्रणको लागि विभिन्न संघसस्थासँग सहकार्य गरेर प्रहरी अगाडि बढेको अवस्था छ । सीमा क्षेत्रबाट विभिन्न लागुपर्दाथ आयात भएको अवस्था भन्ने हो भने प्रहरीले विगतको तुलनामा सफलता हात पारेको छ । यस्तै क्रममा प्रहरीले सीमा क्षेत्रमा खैरो हिरोइन, ब्राउन सुगर, चरेश, एमपोल, नाइट्राभेट लगायतका लागुपर्दाथ ओसार पसार गर्ने तथा सेवन गर्ने विभिन्न मानिसलाई प्रकाउ पनि गरेको अवस्था छ ।

सीमा क्षेत्रमा प्रहरीलाई झुक्याएर विभिन्न विभिन्न बहानामा लागुपर्दाथ आयाात तथा ओसारपसार गर्ने गरिएको सुनिनमा आएपनि त्यसलाई निश्तेज पार्नको लागि कञ्चनपुर प्रहरी चौबिसै घण्टा लागिपरेको अवस्था छ । सीमा क्षेत्रबाट लागुपर्दाथ एकदमै बढी मात्रामा ओसार हुने गर्दछ । लागुपर्दाथ बढी ओसारपसार हुँदा सीमानाका क्षेत्रमा अपराधिक घटनामा पनि बृद्धि हुने गर्दछ । लागु पदार्थ ओसारपसार गर्ने विरुद्ध प्रहरीले विभिन्न कारवाही पनि गरेको अवस्था छ । जिल्लाको हकमा भन्ने हो भने आर्थिक वर्षको हालसम्मको विवरण हेर्दाखेरी प्रहरीले लागुऔषध सम्बन्धी कसुर गरेका ४४ मुद्धा दायरा पनि गरेको छ । यस्तै प्रहरीले पछिल्लो समयमा जिल्लामा घट्ने अपराधमा पनि कमी ल्याएको छ ।

जिल्लामा अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षको सुरुवातदेखि अहिलेसम्म अपराधमा निकै कमी आएको छ । यो सँगै हामीले फैसलापछि फरार भएका ७९ अभियुक्त पनि प्रक्राउ गरेर ठूलो सफलता हाँसिल गरेको छ ।

बर्दी लगाइसकेपछि सामान्य जीवनभन्दा प्रहरी जीवनमा कति र कस्तो चुनौती तथा कठिनाई हुन्छ । यसमा तपाईकको अनुभव कस्तो रहेको छ ?
प्रहरी भनेको समाजको लागि काम गर्ने एउटा जिम्मेवार सस्था हो । यसले मानिसको जिवनमा जन्मदेखि मृत्यु सम्म सम्बन्ध राख्ने गर्दछ । सामाजिक रुपमा प्रहरी अपहेलित भएपनि समाजका मानिसहरुको समाजका लागि निस्वार्थ काम गर्ने तथा कानूनको पालना गर्ने एउटा निष्ठावान संगठनभित्र प्रहरी पर्ने गर्दछ ।

अव यसमा व्यक्तिगत रुपमा भन्ने हो भने बर्दी लगाएर सामाजिक काममार्फत देशको सेवा गर्ने एउटा अवसर पनि हो । जसमा मैले काम गर्ने अवसर पा्रप्त गर्दा आफूलाई गर्व महसुस गर्दछु । खासमा प्रहरी भनेको कानून सम्बत पक्ष विपक्ष नहेरेर निश्पक्ष रुपमा काम गर्ने तथा सत्यप्रति बोध गराउने काम प्रहरीले गर्दछ । पश्चिमटुडेबाट ।


प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १५:५६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संविधान संशोधनका लागि छिटो गृहकार्य थालौं: शेखर कोइराला (अन्तर्वार्ता)
संविधान संशोधनका लागि छिटो गृहकार्य थालौं: शेखर कोइराला (अन्तर्वार्ता)
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छः सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छः सभामुख घिमिरे
क्षेत्रीय सभापतिको पार्टी कब्जा गर्ने बद्नियतले समस्या बढेको हो : गिरी
क्षेत्रीय सभापतिको पार्टी कब्जा गर्ने बद्नियतले समस्या बढेको हो : गिरी
शुल्क नबुझाएका र प्रक्रिया नपुगेका नामहरु इन्ट्री नगरेको हो : क्षेत्रीय सभापति खत्री
शुल्क नबुझाएका र प्रक्रिया नपुगेका नामहरु इन्ट्री नगरेको हो : क्षेत्रीय सभापति खत्री
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP