नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • परीक्षणबिनै घर पठाउने ?
परीक्षणबिनै घर पठाउने ?
छापाबाट
शनिबार, जेठ २४, २०७७ छापाबाट
परीक्षणबिनै घर पठाउने ?

नेपालगन्ज । क्वारेन्टाइनमा रहेकालाई पीसीआर परीक्षण नगरी घर पठाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नयाँ राष्ट्रिय परीक्षण गाइडलाइनअनुसार यस्तो नीति लिएको हो । नयाँ गाइडलाइनअनुसार लक्षण देखिएका संक्रमितलाई १४ दिनसम्म राख्ने र थप ३ दिनमा कुनै समस्या नआए घर पठाइने भएको छ ।

लक्षण नभएकालाई भने १४ दिन राखेपछि परीक्षण नगरीकनै पठाइने गाइडलाइनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले जेठ २० गते जारी गरेको सो गाइडलाइनमा भनिएको छ, ‘तर हाल क्वारेन्टाइनमा रहेकालाई १५ दिनपछि आरडीटी गर्न सकिन्छ ।’

सरकारले उपयुक्त मात्रामा पीसीआर परीक्षणको व्यवस्था नगरेपछि आफूअनुकूल गाइडलाइन बनाएको स्वास्थ्य मन्त्रालयकै एक उच्च अधिकारीले दाबी गरे । ‘सरकारले आफ्नो अक्षमता लुकाउन आफ्नोअनुकूल गाइडलाइन बनाएको हो,’ उनले भने ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले यस्तो नीतिले संक्रमण झन् विस्तार हुन सक्ने चेतावनी दिए । ‘विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायतले विश्वभर सबैले पीसीआर परीक्षण बढाउँदै संक्रमणको पहिचान र निदान गर्नुपर्ने भनिरहेका छन्,’ उनले भने, ‘कुनै परीक्षण नगरी घर पठाउने वा हाललाई आरडीटी मात्रै गर्ने सरकारी निर्णयले संक्रमण अझ विस्तार हुनेछ ।’

स्वास्थ्य मन्त्रालयको दैनिक कोभिड अपडेटमा प्रवक्ता डा. विकास देवकोटाले अधिकांश नयाँ संक्रमित क्वारेन्टाइनमा बसेको बताउँदै आएका छन् । ‘सुर्खेत पञ्चपुरीका २८ वर्षीय पुरुष भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा १४ दिन बसेपछि आरडीटी परीक्षणमा नेगेटिभ आउँदा घर फर्केका हुन्,’ डा. देवकोटाले शुक्रबारको अपडेटमा भने, ‘घर जाँदा मृत्यु भयो, पीसीआरबाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएकाले हाल मृत्यु हुनेको संख्या ११ पुगेको छ ।’ क्वारेन्टाइनमा आरडीटी गरेर नेगेटिभ रिपोर्ट देखिए घर पठाउने अवस्था कति जोखिमपूर्ण छ भन्ने यही घटनाले देखाउँछ । क्वारेन्टाइनमा गरिएको आरडीटी रिपोर्ट नेगेटिभ देखिएपछि घर पठाइएको दोस्रो दिनमा ती पुरुषको मृत्यु भएको थियो ।

त्रिवि शिक्षण अस्पताल बायोकेमिस्ट्री विभागका डा. विनोद यादवले अविश्वसनीय आरडीटी उपयोगले झन् समस्या आउने बताए । ‘सुर्खेतका ती व्यक्तिको एक्कासि श्वासप्रश्वासमा समस्या देखिएर मृत्यु भयो । पछिघाँटीको नमुना लिएर पीसीआर परीक्षण गर्दा कोरोना देखिएको हो,’ उनले भने ।

क्वारेन्टाइनमा रहेकाहरूलाई घर पठाउँदा कम्तीमा पीसीआर परीक्षण गरेर सक्रिय कोभिड नरहेको सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । मन्त्रालयले हाल क्वारेन्टाइनमा रहेकाहरूको तत्काल आरडीटी परीक्षण गर्नेबारे जेठ १८ गते एउटा परिपत्रसमेत गरेको चिकित्सकहरू बताउँछन् । क्वारेन्टाइनमा रहेकाहरूको आरडीटी गर्दा नेगेटिभ आए घर पठाउने र पोजिटिभ आएमात्र पीसीआर परीक्षण गर्नेजस्तो दोहोरो परिपत्र गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

‘क्वारेन्टाइनमा बस्नेहरूलाई पीसीआर नगरी छोड्नु नै भएन, त्यसमा पनि आरडीटीबाट परीक्षण गर्नु त झन् अवैज्ञानिक भयो,’ डा.उपाध्यायले भने, ‘क्वारेन्टाइनमा भएकाहरूलाई छाड्ने बेला म आफ्नो जिल्लामा पीसीआर परीक्षण नै गर्छु ।’

प्रदेश २ को सप्तरीमा समेत लकडाउनबीच भारतबाट आएकाहरू क्वारेन्टाइनमा बसिरहेका छन् । त्यहाँका चिकित्सकहरू क्वारेन्टाइनमा बसेकालाई आरडीटी परीक्षण गरी घर पठाउन सहमत छैनन् । ‘सरकारको परिपत्र आए पनि क्वारेन्टाइनमा रहेकालाई आरडीटी गर्नु उपयुक्त मान्दैनौं,’ गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास भन्छन्, ‘ढिलो भए पनि भारतबाट आएका सबैलाई पीसीआर गरेर मात्र घर पठाउँछौं ।’ आरडीटी अविश्वसनीय भएकाले सीसीएमसीको बैठकमा समेत पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेको उनको भनाइ छ ।

पश्चिममा भने क्वारेन्टाइनमा भएकाहरूका लागि आरडीटी परीक्षण गर्ने अवस्थासमेत छैन । स्थानीय स्वास्थ्यकर्मीहरूले टेलिफोनमा बताएअनुसार त्यहाँ हाल आरडीटीसमेत नगरी क्वारेन्टाइनबाट घर फर्काइएको छ । ‘पीसीआर परीक्षण गरेर घर फर्काउनु राम्रो भए पनि हाल आरडीटी परीक्षणसमेत नभइरहेको अवस्था छ,’ सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले भने, ‘सुदूरपश्चिमको ९ जिल्लाका लागि एउटा पीसीआर मेसिनबाट एक दिनमा करिब २२० नमुना मात्र परीक्षण हुन्छ ।’

हाल १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा रहेका अधिकांश भारतसहित विदेशबाट आएका सम्भावित कोरोना संक्रमित भएकाले उनीहरूलाई घर पठाउँदा पीसीआर विधिबाट परीक्षण गरेर पठाउन विशेषज्ञहरूले सुझाव दिएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।


प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  ०७:२४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP