नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • साउन १ गतेदेखि निजी स्कूल सधैंका लागि बन्द गर्ने शिक्षा मन्त्रालयलाई चेतावनी
साउन १ गतेदेखि निजी स्कूल सधैंका लागि बन्द गर्ने शिक्षा मन्त्रालयलाई चेतावनी
छापाबाट
बुधबार, असार २४, २०७७ छापाबाट
साउन १ गतेदेखि निजी स्कूल सधैंका लागि बन्द गर्ने शिक्षा मन्त्रालयलाई चेतावनी

नेपालगन्ज । निजी विद्यालयको संगठन प्याब्सन र एनप्याब्सनले सरकारलाई असार मसान्तसम्मको म्याद दिएका छन् ।

३ दिनअघि सरोकारवालासँग भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । मन्त्रीको आग्रहलाई स्वीकारेका प्याब्सन र एनप्याब्सनले अहिले मन्त्रालयको निर्णय कुरेर बसिरहेका छन् ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले सरकारको निर्णयको प्रतीक्षामा रहेको जानकारी गराउँदै अब धेरै दिन कुर्नुपर्ने अवस्था नभएको बताए । उनले भने, ‘हामी सरकारले के निर्णय गर्छ प्रतीक्षामा छौं, यदि माग पूरा नभए असार मसान्तपछि पूर्ण बन्द गर्नुको विकल्प छैन ।’

शिक्षा मन्त्रालयले भने निजी विद्यालयको जायज मागको विषयमा छलफल गरी उपप्रधान तथा रक्षामन्त्री संयोजक रहेका कोभिड उच्चस्तरीय समितिमा सिफारिस गर्ने तयारी गरेको छ ।

मन्त्रालयले शिक्षक र कर्मचारीको तलब व्यवस्थापन गर्न सरकारले सहुलियत ऋण उपलब्ध गराउनुपर्ने, विद्यालयको शुल्क तिर्न सक्ने अभिभावकसँग शुल्क लिने अधिकार दिने, विद्यार्थी अभिलेखीकरण गर्ने र बक्यौता शुल्क लिने व्यवस्था गर्नुपर्ने, अनलाइन कक्षा सञ्चालन गरेबापत मासिक शुल्क उठाउने विषयमा स्थानीय तहको सहमतिमा कार्ययोजना निर्माण गर्ने विषय सिफारिस गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार सरोकारवालको बैठकले सिफारिस गरेको विषय सीसीएमसीमा सिफारिस गर्ने तयारी गरेको छ । मन्त्री पोखरेलले सिफारिस गरेको विषय समितिले स्वीकार गरेपछि मात्र निजी विद्यालयको माग पूरा हुने सम्भावना देखिएको छ ।

मन्त्रालयको निर्णय आएपछि थप निर्णय गर्ने प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले जानकारी दिए । उनले आफूहरूको मागको बेवास्ता गरेर मासिक शुल्क समेत लिन नपाउने निर्णय गरे आन्दोलनमा जानुको विकल्प नभएको बताए । यति लामो समयसम्म विद्यालय सञ्चालन गर्न नपाउँदा र शिक्षक कर्मचारीको तलब व्यवस्थापनमा कठिनाइ भएको उनको भनाइ छ ।

यस्तै अवस्था सरकारलाई भए साँचो बुझाएर विद्यालय बन्द गर्ने अवस्थामा पुग्ने अवस्था सिर्जना नगर्न सरकारलाई चेतावनी दिँदै सहअध्यक्ष ढुंगानाले भने, ‘संस्था नै नभएपछि साँचो समाउनुको कुनै अर्थ छैन ।’ प्याब्सन र एनप्याब्सनले सरकारले केही दिनभित्र निर्णय नगरे आउँदो हप्तादेखि आन्दोलन गर्ने भएको छ ।

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले अहिले हामी पर्ख र हेरको अवस्थामा रहेको बताउँदै भने, ‘शिक्षामन्त्रीको आग्रहमा अनलाइन कक्षा बन्द गर्ने निर्णयलाई स्थगन गरेका छौं, यो साताभित्र मागको विषयमा सुनुवाइ नभए निजी विद्यालयले सञ्चालन गरेको सबै कार्यक्रम बन्द गर्नेछौं ।' नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्याब्सनका वरिष्ठ सल्लाहकार राजेश खड्काले यही अवस्था भइरहे साउन १ गतेबाट सधैंका लागि विद्यालय बन्द गर्ने चेतावनी दिए । विद्यालय बन्द गरेर शिक्षक र कर्मचारीलाई बिदा दिने उनको भनाइ छ । उनले सरकारले शिक्षक र कर्मचारीलाई बेतलबी बिदा दिन तथा अनलाइन वा भर्चुअल कक्षा बन्द गर्ने निर्णयमा पुग्न बाध्य नपार्न सरकारलाई आग्रह गरे । खड्काले भने, ‘सरकारले अति गरेपछि हामी चुप लागेर बस्न सक्ने अवस्था आउँदैन, अकल्पनीय निर्णय पनि गर्नुपर्छ ।’

शिक्षा मन्त्रालका प्रवक्ता दीपक शर्माले प्याब्सन र एनप्याब्सनको मागको विषयमा गम्भीर भएको बताउँदै यस विषयमा सरकारले चाँडै निर्णय गर्ने दाबी गरे । उनले भने, ‘यस्तोे अवस्थामा स्थानीय तहको सक्रियता आवश्यक रहेको हुन्छ, मन्त्रालयले त सहजीकरण मात्र गर्ने हो ।’ मन्त्रालयले प्रस्ताव गरे पनि कोभिड समितिमा पुग्न सकेको छैन ।

उता इस्टु र अभिभावक महासंघ, शिक्षक महासंघलगायत संस्थाले निजी विद्यालयका २ संस्था प्याब्सन र एनप्याब्सनले राखेको मागबारे निर्णय गर्नुपर्ने बताएका छन् । उनीहरूले तत्काल निर्णय गरी १० हजार विद्यालयमा कार्यरत करीब २ लाख शिक्षक कर्मचारीको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

मन्त्री पोखरेलकै आग्रहमा अनलाइन कक्षा नलिने निर्णयबाट पछि हटेका प्याब्सन र एनप्याब्सनले १–२ दिनभित्र निर्णय हुनुपर्ने जिकिर गरेका छन् ।

इस्टुले लकडाउन अवधि र अनलाइन कक्षा लिएबापत तलब मागिसकेका छन् । इस्टुका अध्यक्ष होमकुमार थापाले १३ महिनाको तलब दिनुपर्ने अडान राखिसकेका छन् ।

प्याब्सन र एनप्याब्सनले नियमित आम्दानी भएका अभिभावकहरूले २०७६ सालको बाँकी बक्यौता र २०७७ सालको मासिक शुल्क क्रमशः भुक्तानी गरी विद्यार्थीको अभिलेखीकरण गराउने, आम्दानी शून्य भएका अभिभावकले आम्दानी हुन थालेपश्चात क्रमशः दायित्व भुक्तानी गर्दै जाने माग पेश गरिसकेका छन् । 


प्रकाशित मिति: बुधबार, असार २४, २०७७  ०७:४३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP