नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • ओलीको प्रस्तावमा प्रचण्डको ‘युटर्न’ !
ओलीको प्रस्तावमा प्रचण्डको ‘युटर्न’ !
छापाबाट
सोमबार, साउन ५, २०७७ छापाबाट
ओलीको प्रस्तावमा प्रचण्डको ‘युटर्न’ !

नेपालगन्ज । नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग धेरैको प्रायः एउटै जिज्ञासा हुन्छ– उनी चलायमान हुन् कि अस्थिर ? उनका केही बहिर्मुखी स्वभाव छन्– छिटो–छिटो राजनीतिक कदम चाल्न सक्ने। छिनमा चर्को आलोचनामा उत्रने। तिनै आलोचकसँग उत्तिखेरै मिल्न सक्ने। फ्याट्ट बोल्ने। फेरि फनक्क फर्किने। बुझ्न गाह्रो पार्ने विशेषता यिनै हुन्।

अरूलाई त छाडौं स्वयंलाई थाहा छैन– उनी अस्थिर हुन् गतिशील। एउटा सार्वजनिक कार्यक्रममा चासो उठ्दा उनले यसबारे जवाफ दिएका थिए, ‘परिस्थिति कस्तो बनेको छ, त्यसको माग के छ, जनताको भावना र मनोविज्ञान कस्तो छ भन्नेमा मेरो बढी ध्यान जान्छ। त्यसैअनुसार आफूलाई ढाल्ने गर्छु। कतिपयले गतिशील त कतिपयले अस्थिर भनेर बुझ्ने सम्भावना त्यसैमा छ।’

दाहालको राजनीतिक जीवनमा धेरै यस्ता मोड आए, जसमा उनले ‘बोल्ड डिसिजन’ लिएका छन्। तुरुन्तै कमजोरी भयो भन्दै आत्मालोचना र गल्ती स्वीकार गरेका छन्। त्यही स्वभावकै कारण उनले गत वैशाखयता मात्रै आफूलाई पार्टीभित्रको आन्तरिक विवादमा निक्कै कठोर पनि देखाए र तुरुन्तै लचिलो बने। त्यही कारण सहयात्री र शुभचिन्तक भुसुक्कै जिल्लिए।

शनिबारको नेकपा सचिवालयमा उनको प्रस्तुति, ‘बडी ल्याङ्वेज’ र हाउभाउ त्यस्तै लचकताको गतिलो प्रमाण थियो। दाहालकै नेतृत्वमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागियो। त्यसलाई कठोर अडानका रूपमा उनले लिँदै आए। त्यसमा साथ दिएका थिए– वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी  श्रेष्ठ। तर, तिनै नेताहरूसमेत चकित हुने गरी शनिबारको सचिवालय बैठकमा ओलीसँगै मिलेर प्रस्तुत भए।

फेरि जिल्लिए उनको प्यानलका नेताहरू
बहुमतले घेराबन्दीमा पारेका ओलीले पार्टी सचिवालयमा मंसिरमै महाधिवेशनको प्रस्ताव राखे। ओलीसँगै दुई घण्टा एक्लाएक्लै छलफलमा बसेर सचिवालय बैठकमा आएका दाहालले ओलीको उक्त प्रस्तावमा पूर्ण समर्थन जनाए। आफैंसँग ओलीको राजीनामा माग गरिरहेका नेतालाई त्यसको सुइँकोसम्म दिएनन्।

‘पार्टीमा विवाद धेरै भए। बीचमा धेरै लामा छलफल–बहसहरू भए। निष्कर्ष निस्कन सकिरहेको थिएन। हामीले आजै पनि दुई अध्यक्षबीच छलफल ग¥यौं। प्रधानमन्त्रीले भन्नुभयो, अब महाधिवेशन छिटो गरेर जाऔं। ठीक छ, अब महाधिवेशनबाटै जाऔं’, ओलीको प्रस्तावमा दाहालको समर्थन थियो। तर, दाहाल त्यो भनाइमा ५ घण्टा पनि अडिएनन्। स्वकीय सचिवसमेत रहेकी छोरी गंगामार्फत सामाजिक सञ्जालमा वक्तव्य सार्वजनिक गर्न लगाए– कुनै सहमति जुटेको छैन भनेर।

दाहालले यसरी सबैलाई पुनः जिल्याए– आइतबार बिहान आउँदासम्म त शनिबारको बोलीमा ‘यू टर्न’ मारिसकेका थिए। खुमलटार निवासमा खनाल, नेपाल, श्रेष्ठलगायत करिब दर्जन स्थायी समिति सदस्यसामु उनले भने,‘हिजो (शनिबार) को बैठकमा महाधिवेशनको प्रस्तावमा आलोचना गर्न नसक्नु र नरम रूपमा प्रस्तुत हुनु मेरो कमजोरी भयो। तर, म तपाईंहरूको साथमै छु। निश्चिन्त हुनुहोस्, ओलीजीसँग मैले कुनै सहमति गरेकै छैन।’

महाधिवेशनको प्रस्तावपछि पार्टीको नयाँ मोडबारे ज्ञात हुन आइतबार दाहाल निवासमा नेताहरूको ओहोरदोहोर निकै चल्यो। केहीलाई दाहाल आफैंले बोलाएका थिए। केही भने समय लिएरै पुगेका थिए। त्यहा“ उनले सुरुमा सचिवालयका नेताहरू नेपाल, खनाल र    श्रेष्ठलाई राखेर आप्mना कुरा सुनाए। उपाध्यक्ष गौतमले पहिल्यै एक्लै भेटेका थिए। महासचिव विष्णु पौडेलले पनि अलग्गै भेटे। जनार्दन शर्मा र देवेन्द्र पौडेल त्यसअघि नै पुगिसकेका थिए।

सचिवालयका नेताहरूसँग बिफ्रिङ गरिरहेका बेला थपिएका थिए– स्थायी समिति सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, वर्षमान पुन, पम्फा भुसाललगायत। त्यहाँ दाहालले महाधिवेशनमा समर्थन र राष्ट्रपति निवासमा आफ्नो उपस्थितिबारे प्रष्टीकरण दिएका थिए।

समकालीन राजनीतिक नेताहरूमा दाहाल चिप्लिने, आत्मालोचना गर्न सक्ने र कमजोरी सार्वजनिक रूपमै स्वीकार गर्न सक्ने नेतामा गनिन्छन्। प्रधानमन्त्री ओली तुलनात्मक रूपमा भनाइमा अडिग रहन्छन्। अन्तर्मुखी स्वभावका ओली कडा अडानमा रहन्छन्। पार्टीको बहुमत तागत देखाउँदै दाहाल–नेपाल पक्षले राजीनामा गराउन खोज्दा उनले हरेक भेटमा भन्न छाडेनन्, ‘अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्ने कुरा हो भने कुरै नगरौं। अरू कुरा भए आउनुहोस्।’

दाहालको ठीक उल्टो स्वभाव छ– अडिँदै नअडिने। शान्तिप्रक्रियामा प्रवेश गरेपछि मात्रै उनले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु र सेनापति प्रकरणमा रुकमाङ्गद कटवाल हटाउनुजस्ता आफैंले चालेका राजनीतिक कदममा आफ्नो कमजोरी भएको पछि आएर स्वीकार गरेका थिए।

दाहालमा अर्को एउटा विशेषता पनि छ, उनी विपक्षी र कट्टर आलोचकसँग पनि कुनै परिस्थितिमा सजिलै लहसिन्छन्। प्रत्येक विषयलाई निरन्तरतामा भन्दा क्रमभंगतामा बुझ्नुपर्ने उनको तर्क सुनिन्छ।

प्रधानमन्त्रीको राजीनामामा महिनौं अल्झेको विवादमा उनले शनिबार आफूलाई बदलेर नेकपाको आन्तरिक कलहलाई सुरक्षित अवतरणमा जाने वातावरण निम्त्याइसकेका थिए। तर फेरि उनी आफ्नै अडानमा नअडिएपछि नेकपाको आन्तरिक विवाद नयाँ मोडतिर आइपुगेको छ।

ओली निकट एक स्थायी समिति सदस्य भन्छन्, ‘प्रचण्ड कमरेडले यस्तो यू टर्न लिनुभयो कि सुरक्षित अवतरणमा गइसकेको पार्टी विवादलाई फेरि नयाँ ढंगले बल्झाउने प्रयास गर्नुभयो।’ पार्टी सचिवालयमै सँगै मोर्चाबन्दीमा रहेका नेपाल, खनाललगायतले दाहालको भूमिकामा प्रश्न उठाएका थिए। तर, उनले आइतबार तिनै नेतालाई निवासमा करिब डेढ घण्टा सम्बोधन गरेका थिए। उक्त छलफलमा सहभागी स्थायी समिति सदस्य रघुजी पन्तले अन्नपूर्णसँग भने, ‘उहाँले प्रस्ट्याएपछि सबै कुरा छर्लंग भयो। हामी उहाँको कुरामा आश्वस्त भएर फर्कियौं।’ नेकपाका एक उच्चस्तरका नेताका अनुसार, असार २१ को छलफलमै ओली र दाहालले विवाद मिलाउन भित्री प्रयास गरेका थिए। उक्त छलफलमा विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई राखिएका थिए। ओली र दाहालले सहमतिको खाका कोर्न अनौपचारिक कार्यदल बनाई जिम्मा लगाएका थिए।

‘जुन दिन नेताहरूले चार नेता रहेको कार्यदल बनाए, त्यही दिन दुई अध्यक्ष करिब सहमतिको नजिक पुगिसकेका थिए’, ती नेताले अन्नपूर्णसँग भने, ‘त्यसपछि निरन्तरको छलफल र प्रयासपछि शनिबार महाधिवेशनको प्रस्तावमा सहमति बनेको थियो।’ अर्को पक्ष– ओलीसँगको छलफलमा दाहालले कुनै न कुनै रूपमा नेपाललाई जोड्न चाहे। केहीअघि ओलीले दाहालसँग भनेकै थिए, ‘तपाई कित्ता स्पष्ट पार्नुहोस्, मतिर कि माधव नेपालतिर रु    ’

दुई अध्यक्षको एकल वार्ताको अन्तिममा एक दिन दाहालको प्रस्तावमा नेपाललाई पनि छलफलमा राखियो। तर, त्यहाँ कुरा मिलेन। त्यसपछि केन्द्रीय समिति बोलाउनेतिर विवाद मोडियो। फेरि केन्द्रीय समिति नबसी सचिवालयतिर जाने भएपछि उनका खेमाका नेताहरूले दाहालमाथि शंकाका दृष्टिले हेर्न थालेका थिए। दुई अध्यक्षबीच केही न केही ‘लेनदेन’ भएकैले सचिवालयमा महाधिवेशनको प्रस्ताव आएको र दाहालले समर्थन जनाएको ओलीनिकट एक नेता बताउँछन्।

उनले भने, ‘राष्ट्रपतिकहाँ जाँदासम्म कुरा मिलेर सहमतिमै गएका हुन्। तर त्यहाँ के कुरामा अप्ठ्यारो आइलाग्यो र दाहाल यू टर्न भए, यो भने खुलेको छैन।’ कतिपयले आशंका गरेका छन्– त्यहाँ दाहाललाई उधारो अध्यक्षको आश्वासन दिइयो वा अध्यक्षमा ओलीले सहयोग गर्दा ‘जनताको बहुदलीय जनवाद’ को राजनीतिक कार्यक्रम स्वीकार गर्नुपर्ने प्रस्ताव आयो। केही न केही भएर दाहालले बाटो मोडेको हुन सक्छन्।’

दुविधामा दाहाल
ओलीको ‘छिटो महाधिवेशन’ शनिबार स्वीकार गरेका दाहाल त्यसपछि झन् दुविधामा छन्। गाइँगुइँ चलेअनुसार ओली पक्षले ५ वर्षै प्रधानमन्त्रीमा ओलीलाई सहयोग गरे छिटो महाधिवेशन गरेर पार्टी अध्यक्षमा दाहाललाई सघाउने प्रस्ताव ल्याएको छ। दाहाललाई त्यो प्रस्ताव स्वीकार वा अस्वीकार दुवै गर्न सहज छैन।

झन्डै दुईतिहाइ जनमत र ८ लाख सदस्य भएको पार्टीको एकल अध्यक्ष चानचुने अवसर होइन। तर, दाहालले त्यसलाई विश्वास गर्न सकिरहेका छैनन्। त्यसकै लागि उनले केही न केही सम्झौता खोजिरहेका छन्। अर्कातिर नेपाल, खनाललगायत नेतासँग उनको सहकार्य छ। उनीहरूलाई सजिलै छाड्न कठिन छ। सहयात्रीलाई ‘धोका’ दिँदा पछि अप्ठ्यारोमा परिने हो कि भन्ने भय उत्तिकै छ। त्यसैले उनमा दोधार बढाएको छ।उनलाई आफ्नै समूहभित्रका नेतामध्ये पनि केहीले ओलीतिर मिल्न दबाब बढाइरहेका छन्, केहीले अहिलेकै खेमामा रहन। कता पाइला चाल्ने भनेर उनी आफ्नै घेराबन्दीमा छन्। दाहालनिकट एक नेता भन्छन्, ‘अध्यक्ष अहिले आफैंमा अप्ठ्यारो अवस्थामा फस्नुभएको छ। यही गरौं भन्नेमा उहाँ निर्णयमा पुग्न सकिरहनुभएको छैन। असाध्यै दुविधामा हुनुहुन्छ।’

वार्ता निरन्तर
शनिबारको सहमतिमा दाहालले ५ घण्टा नबित्दै यू टर्न गरेपछि आइतबार फेरि अध्यक्षद्वयबीच बालुवाटारमा झन्डै दुई घण्टा बातचित भएको छ। पार्टी बैठक राखेर स्थायी समितिमा पेस भएका एजेन्डामा छलफल गर्न बिहान खुमलटारमा दाहालमाथि नेताहरूले दबाब बढाएका थिए। उनले ओलीसँग के विषयमा कुरा गरे, खुलिसकेको छैन। अब ‘ओली हटाऊ’ प्रस्ताव पुनः जान्छ या जाँदैन अन्योलै छ।

महाधिवेशनका विपक्षमा प्रायः कोही छैन। तर, चार महिनामै सम्भव छ÷छैन भन्नेमा दाहाल–नेपालपक्षीय नेताहरूको आशंका छ। स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘महाधिवेशनको कुरा उठेको छ। सचिवालयमा कतिपयले हुन्छ भन्नुभयो। कतिपयले हुन्छ र भन्नुभयो। स्थायी समितिमा राय लिएर अघि बढ्दा राम्रो हुन्छ होला।’

दाहालका दुई प्रस्टीकरण
महाधिवेशन अल्झाउने प्रस्ताव हो, सहमति होइन
मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव प्रधानमन्त्रीको मात्रै हो। महाधिवेशन समयमै हुन्छ भने ल ल्याउनुहोस् छलफल गरौं भनेर मैले विरोध नगरेको हो। तर, यो सहमति भएको विषय नै होइन। यो त अल्झाउने प्रस्ताव हो।

पार्टी एकता प्रक्रिया पूरा भएकै छैन। न सदस्यताको टुंगो लागेको छ। नवीकरण र अभिलेखीकरण प्रक्रिया बढेकै छैन। विचारको प्रश्नमाथिको छलफल बाँकी नै छ। प्राविधिक कुरा गरेर मात्रै महाधिवेशन हुँदैन। महाधिवेशन भनेपछि सबै विधि पूरा गर्नुपर्छ। त्यसकारण यो प्रस्ताव जसरी आयो त्यो अल्झाउने, स्थायी कमिटी बैठकको स्पिरिटलाई भत्काउने प्रयत्न हो।

हिजो (शनिबार) केही सहमति गरिएको छैन। बाहिर सहमति भयो भनेर हल्ला गरियो, त्यस्तो होइन। मेरो सचिवालयबाट छोरी (गंगा दाहाल)ले हिजै (शनिबार) राति खण्डनसमेत गरेकी छन्। म तपाईंहरूलाई धोका दिएर तपाईंहरूको भावनाभन्दा दायाँ–बायाँ जान्नँ, निश्चिन्त हुनुहोस्।

राष्ट्रपति कार्यालय अपर्झट गएको हुँ
राष्ट्रपति कार्यालयमा गएको पूर्वनिर्धारित होइन, बोलाइएपछि अपर्झट गएको हुँ। सचिवालय बैठक सकिनासाथ प्रधानमन्त्रीले निवासतिर जाऊँ भन्नुभयो। महासचिव (विष्णु पौडेल)ले पनि एसएमएस गरेर बोलाउनुभयो। त्यहाँ पनि मलाई झुक्याइयो। मलाई बोलाएको अन्तै, मलाई प्रधानमन्त्री निवासमा बोलाइएको थियो। उहाँहरू देखिनँ। पछि उता फोन आयो। म यता आएँ, प्रधानमन्त्रीले यतै आउनुस्, बोलाइएको छ भनेपछि त्यता गएको हुँ। त्यसअघि केही थाहा थिएन।

अन्य नेता साथीहरू पनि पुग्नुभएको रहेछ। एक–डेढ घण्टा कुरा भयो। सहमति भइसकेजसरी त्यहाँ कुरा हुन थाल्यो। मैले त्यस्तो केही भएको छैन, विकल्पमा छलफल चलिरहेको मात्र बताएँ। दिक्क लाग्यो। मलाई परिबन्दमा पारेर अपमानित गर्ने, फसाउने र बदनाम गर्ने योजना बुनिएको महसुस भएपछि म त्यहाँबाट निस्केको हुँ। कुनै सहमति भएको भन्ने होइन।

स्थायी समिति सरेको सर्‍यै
नेकपा स्थायी समिति बैठक सरेको सर्‍यै भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएपछि बढेको विवाद नसल्टिँदा बैठक बस्न नसकेको हो ।
पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालले सहमतिको प्रयास गर्न बैठक रोकेको भनिए पनि पार्टीको विवाद भने नयाँ मोडबाट देखापर्न थालेको छ । ओलीले शनिबारको सचिवालय बैठकमा विवाद समाधानको प्रयासस्वरूप मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । तर, त्यसको भोलिपल्टै थप विवाद देखिएपछि आइतबारका लागि तय भएको स्थायी समिति बैठक फेरि रोकिएको हो ।

स्थायी समिति बैठक १० असारमा प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको थियो । प्रधानमन्त्री ओलीले १४ असारमा भारतले आफ्नो सरकार हटाउन षड्यन्त्र गरेको, पार्टीका नेतासमेत त्यसमा संलग्न रहेको अभिव्यक्ति दिएपछि बैठक कार्यसूचीबाहिर गएर ओलीको राजीनामामा केन्द्रित भएको थियो ।

त्यसपछि १८ असारदेखि स्थायी समिति बस्न सकेको छैन । त्यसयता असार २०, २२, २४, २६ र साउन २, ४ मा बैठक तोकिएको थियो । अब ६ साउनका लागि बैठक तोकिएको छ । ओली र दाहालबीच आइतबार बालुवाटारमा दुई घण्टाभन्दा बढी छलफल भए पनि बिनानिष्कर्ष टुंगिएको थियो । अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् । 


प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  ०८:१०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP