Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • शिक्षा
    • राष्ट्रियसभा चुनाव २०७६
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख ७, २०७८ युनिकोड पुरानो वेबसाइट
Logo
Vianet
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • देश/समाज
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • शिक्षा
    • राष्ट्रियसभा चुनाव २०७६
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
MotorHead Nepal_2021_02
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • कर्मचारी जान नमान्दा १४० स्थानीय तह निमित्तको जिम्मेवारीमा
कर्मचारी जान नमान्दा १४० स्थानीय तह निमित्तको जिम्मेवारीमा
npj sub metro
छापाबाट
बुधबार, चैत १८, २०७७ छापाबाट
कर्मचारी जान नमान्दा १४० स्थानीय तह निमित्तको जिम्मेवारीमा

नेपालगंज । देशका १४० स्थानीय तह यतिबेला प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तह निमित्तको भरमा सञ्चालित रहँदै आएको छ । स्थानीय तहमा सेवा प्रवाहका लागि कर्मचारी जान नमान्दा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव सिर्जना भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानीय तहमा वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गरिए पनि निमित्त कर्मचारीले दैनिक अत्यावश्यक कामबाहेक अन्य काम नगर्दा स्थानीय तहमा सेवा प्रवाहमा समस्या भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोक सेवा आयोगबाट एक सय जना शाखा अधिकृत र ८८ जना उपसचिव आउने क्रममा रहेकाले तत्कालका लागि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव भएको बताए । “प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तहमा सम्बन्धित स्थानीय तहमा कार्यरत वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गरिएको छ”, उनले भने, “लोक सेवाबाट कर्मचारी पूर्ति नभएसम्मका लागि सेवाग्राहीको काम नरोकिने गरी मन्त्रालयले वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गर्दै आएको छ ।”

उनका अनुसार स्थानीय तह कर्मचारीको रोजाइमा नपरेको, उपमहानगरपालिकामा सहसचिवको दरबन्दी भएकाले उपमहानगरपालिका सहसचिव सेवा प्रवाहका लागि जान नमानेको, सङ्घीय सरकारले प्रशासकीय अधिकृतको दरबन्दी सिर्जना गर्न नसकेको, हाल रहेका शाखा अधिकृत र उपसचिव पनि स्थानीय तहमा जान नचाहेका कारण यति धेरै सङ्ख्यामा कर्मचारी रिक्त रहेका हुन् । सबैभन्दा धेरै प्रदेश २ का स्थानीय तह निमित्तका भरमा चलिरहेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


प्रकाशित मिति: बुधबार, चैत १८, २०७७, ०६:४०:००
Sample 3 Prabhat School
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चुनाव खर्च ८ अर्ब लाग्ने अनुमान, तयारीमा जुट्यो निर्वाचन आयोग
चुनाव खर्च ८ अर्ब लाग्ने अनुमान, तयारीमा जुट्यो निर्वाचन आयोग
२०८० सालसम्म सबै कक्षामा नयाँ पाठ्यक्रम, शिक्षकलाई तालिम दिइँदै
२०८० सालसम्म सबै कक्षामा नयाँ पाठ्यक्रम, शिक्षकलाई तालिम दिइँदै
सीमा विषय नेपालले उठायो, छलफल भएन
सीमा विषय नेपालले उठायो, छलफल भएन
प्रतिनिधिसभा विघटनको सिफारिस नै शंकास्पद
प्रतिनिधिसभा विघटनको सिफारिस नै शंकास्पद
rapti sonari_corona
sample 17
भिडियो विशेष
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पहिलाे बैठक [Live]
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पहिलाे बैठक [Live] बागेश्वरी पोस्ट
बाँकेमा दुई तिहाई तस्करी नियन्त्रण भइसकेको छ, अब चाँडै शुन्य हुन्छ :प्रजिअ राम बहादुर  कुरुम्बाङ
बाँकेमा दुई तिहाई तस्करी नियन्त्रण भइसकेको छ, अब चाँडै शुन्य हुन्छ :प्रजिअ राम बहादुर कुरुम्बाङ सौरभ गिरी
माघ १९ मा कांग्रेसका सबै नेता कार्यकर्ता आन्दोलनमा होमिनुपर्छ: नगर सभापति-प्रशान्त बिष्ट
माघ १९ मा कांग्रेसका सबै नेता कार्यकर्ता आन्दोलनमा होमिनुपर्छ: नगर सभापति-प्रशान्त बिष्ट सौरभ गिरी
लकडाउनमा राप्तीसोनारी ६ मा मोटरसाइकल चले कारबाही हुन्छ: अध्यक्ष- जनक चौधरी
लकडाउनमा राप्तीसोनारी ६ मा मोटरसाइकल चले कारबाही हुन्छ: अध्यक्ष- जनक चौधरी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9867410776
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9867410776
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
  • थप
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP