Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज १६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • मन्त्री बन्न हानथाप : २० जना चाहिँदा १५६ सांसद दौडमा
मन्त्री बन्न हानथाप : २० जना चाहिँदा १५६ सांसद दौडमा
छापाबाट
आइतबार, साउन १०, २०७८ छापाबाट
मन्त्री बन्न हानथाप : २० जना चाहिँदा १५६ सांसद दौडमा
सत्तारुढ गठबन्धनको बैठक

नेपालगन्ज । आफ्नै दल नेपाली कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ ।

Prabhat+2

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनी गत २९ असारमा पाँचौंपटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका थिए ।

नियुक्त भएकै दिन देउवाले आफ्नै दलका २ जना र गठबन्धनमध्येको एक माओवादी केन्द्रका २ गरी ४ जनालाई मन्त्रीमा नियुक्त गरे ।

देउवाले ५ सदस्यीय मन्त्रिपरिषद्द्वारा मुलुकको शासकीय बागडोर सम्हाल्दै आएको १३ दिन बितिसकेको छ । तर पनि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा समग्र सरकारको कार्यसञ्चालन प्रभावकारी बन्न सकेको छैन ।

संविधानतः मन्त्रिपरिषद्को संख्या २५ भन्दा बढी बनाउन पाइँदैन । हाल देउवासहित ५ जना मन्त्रिपरिषद् रहेकाले उनले अब जम्मा २० जना मन्त्री मात्रै नियुक्त गर्न पाउँछन् । त्यसमा पनि मन्त्रालयको संख्या २१ मात्रै रहेकाले फूल मन्त्री १७ जना मात्रै नियुक्त हुन सक्छन् भने बाँकी ४ जना राज्यमन्त्री बनाउनुपर्छ ।

नयाँ मन्त्री नियुक्त गर्न नसक्दा प्रधानमन्त्री देउवा आफै १७ वटा मन्त्रालयको जिम्मेवारी लिन विवश छन् । मन्त्रालयमा मन्त्री नहुँदा नीतिगत निर्णय लिन निकै कठिन भइरहेको छ भने प्रशासनिक कामकाजमा समेत उल्झन आइपरिरहेको सरकारी अधिकारीको भनाइ छ ।

मन्त्रीको अभावमा मन्त्रालयको कुनै नीतिगत निर्णय सम्बन्धमा छलफल गर्नुपरेमा सचिव फाइल लिएर प्रधानमन्त्रीकहाँ धाउनुपर्ने बाध्यतामा छन् ।

गठबन्धन दलमा मन्त्री बन्न अत्यधिक हानथाप भइरहेको र त्यसले नेतृत्वमा रहनेलाई निकै सकस परिरहेको तथ्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले खोलेका छन् ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टीभित्र मन्त्री बन्नेको लर्को लागेकाले त्यस्तो प्रवृत्तिले आफूलाई आतंकित पारेको बताए । ‘कसलाई मन्त्री बनाउने वा नबनाउने भन्नेबारे मेरो दिमागमा आतंक छाएको छ, हाम्रा ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ,’ दाहालले भने । गठबन्धनमा माओवादी केन्द्रले बढीमा ७ वटासम्म मन्त्रालय पाउने प्रारम्भिक सहमति छ । २ जना भने सुरुकै दिनमा मन्त्री भइसकेका छन् । दाहालले आफ्नो निवासमा ४र५ दिनदेखि मन्त्री बन्ने चाहना गर्नेहरूको लर्को लागेकाले आफू मानसिक तनावमा भएको समेत बताए ।

सबै जनालाई मन्त्री नै चाहिने संस्कार र प्रवृत्ति गलत भएको स्पष्ट पार्दै प्रचण्डले आदर्शको कुरा गरेर नथाक्नेहरूले समेत जसरी पनि मन्त्री बनाउनैपर्छ भनेर दबाब दिइरहेको बताए । उनले मन्त्री नभए पार्टीभित्र नेतृत्वलाई सराप्ने प्रवृत्ति जबरजस्त रहेको जनाए ।

देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिँदा गठबन्धनसहित महन्थ ठाकुर समूहको राजपाको सहित १६५ मत पाएका थिए । उनलाई गठबन्धन सरकारमा गठबन्धन दलका रूपमा रहेका माओवादी केन्द्र, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जसपा अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर र संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई पक्षका व्यक्तिलाई मन्त्रीमा ल्याउनुपर्ने चुनौती छ । यसमध्ये एमाले नेता नेपाल समूह मन्त्रीमा जाने नजाने बारेमा अनिर्णीत छ ।

हाल सरकारमा जानका लागि देउवालाई मतदान गर्ने सांसदहरूमध्ये नेपाल, महन्थ ठाकुर, बाबुराम भट्टराई यस मन्त्रीको दौडमा छैनन् । राजमोकी दुर्गा पौडेल पनि मन्त्री बन्ने दौडमा छैनन् । ४ जना यसअघि नै मन्त्री बनिसकेका छन् । यसरी विश्लेषण गर्दा गठबन्धनका प्रतिनिधि सभाका १५६ सांसदहरू मन्त्री बन्ने दौडमा हानाथाप गरिरहेका छन् ।

माओवादीमा मात्रै नभएर जसपाका यादव र ठाकुर समूहमा पनि कसलाई मन्त्री बनाउने भन्नेमा निकै सकस छ । यसो त प्रधानमन्त्रीकै पार्टी कांग्रेसमा पनि मन्त्री बन्न दौडधुप गर्नेको लामै लर्को रहेको बताइन्छ । सत्ता गठबन्धन दलले १५–१८ वटा मन्त्रालय मागेकाले देउवालाई कांग्रेसभित्रै चित्त बुझाउन समेत निकै कठिन भइरहेको बताइएको छ ।

प्रधानमन्त्री देउवालाई १७ मन्त्रालयको भारी

१। उद्योग वाणिज्य तथा आपूर्ति
२। कृषि तथा पशुपक्षी विकास
३। खानेपानी
४। परराष्ट्र
५। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण
६। भौतिक पूर्वाधार तथा यातायात
७। महिला बालबालिका तथा ज्येष्ठ नागरिक
८। युवा तथा खेलकुद
९। रक्षा,
१०। वन तथा वातावरण
११। शिक्षा विज्ञान तथा प्रविधि
१२। श्रम रोजगार तथा सामाजिक सुरक्षा
१३। संस्कृति पर्यटन तथा नागरिक उड्डयन
१४। संघीय मामिला तथा सामान्य प्रशासन
१५। सञ्चार तथा सूचना प्रविधि
१६। शहरी विकास
१७। स्वास्थ्य तथा जनसंख्या

मन्त्री माग्न आउने हुलका कारण मेरो दिमागमा आतंक छाएको छ : पुष्पकमल दाहाल
कसलाई मन्त्री बनाउने वा नबनाउने भन्नेबारे मेरो दिमागमा आतंक छाएको छ । हाम्रा ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ । मन्त्री माग्न आउने हुलका कारण म ४र५ दिनदेखि मानसिक तनावमा छु । यहाँ मन्त्री नपाए नेतृत्वलाई सरापेर हिँड्ने प्रवृत्ति जबर्जस्त छ, त्यसैले पाएसम्म त ४९ जनालाई नै मन्त्री बनाइदिन हुन्थ्यो ।

महामारीमा स्वास्थ्य मन्त्रालयप्रति किन बेवास्ता ?
कोभिड महामारीको अवस्था उस्तै भइरहँदा समेत सबैभन्दा महत्त्वपूर्ण मानिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत मन्त्रीविहीन अवस्थामा छ । कोभिड व्यवस्थापन तथा भ्याक्सिन आपूर्तिको सम्बन्धमा मन्त्रालयमा २४ सै घण्टा छलफल र तयारी गर्नुपर्ने अवस्था छ तर मन्त्री नहँुदा सो कार्यले गति लिन सकेको छैन जसका कारण कोभिड व्यवस्थापन कार्य नै कमजोर हुन सक्ने भएकाले स्वास्थ्य मन्त्रालयमा छिटोभन्दा छिटो योग्य र कुशल मन्त्री नियुक्त गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । राजधानी दैनिकमा खबर छ ।


प्रकाशित मिति: आइतबार, साउन १०, २०७८, ०७:१८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP