नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • २३९ फर्जी नाम थपिएपछि बाँके कांग्रेस कार्यालयमा तालाबन्दी
२३९ फर्जी नाम थपिएपछि बाँके कांग्रेस कार्यालयमा तालाबन्दी
RSG-2
अनिश्चिततातर्फ धकेलियो अधिवेशन
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक २४, २०७८ बागेश्वरी पोस्ट
२३९ फर्जी नाम थपिएपछि बाँके कांग्रेस कार्यालयमा तालाबन्दी

नेपालगन्ज । बाँकेमा कांग्रेसको क्रियाशील सदस्यतामा चरम बदमासी गरिएपछि पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । यसअघि पार्टीको वेबसाइटमा प्रकाशित अन्तिम नामावली बाहेकका २३९ जनाको फर्जी नाम थपेर जिल्लाको निर्वाचन समितिलाई पठाउन थालेको लिस्ट बाहिरिएपछि निर्वाचन कार्यक्रम रोक्न माग गर्दै तालाबन्दी गरिएको बाँके कांग्रेसका युवा नेता पोषण केसीले बताए ।

"डडेलधुराको नियति बाँकेमा पनि दोहोर्याउने कुचेष्टा गरियो, प्रकिया पुगेर फाइनल भइसकेको नामावलीलाई लत्याएर २३९ जना फर्जी नाम पठाएको लिष्ट नै हामीले प्राप्त गरेका छौं," उनले भने-"यस्तो निर्वाचन हामी हुन दिन्नौं ।"
निर्वाचन समितिको हातमा ती नाम प्राप्त हुनुअघि नै कांग्रेस नेताहरुले निष्पक्ष अधिवेशन हुन नसक्ने भन्दै तालाबन्दी गरेका हुन् । नेताहरु तप्त पौडेल, ज्ञानु केसी, हुर्मत न्यौपाने, नारायण गौडेल, पोषण केसी, डिल्ली गिरी, पूर्ण आचार्य लगायतले तालाबन्दी गरेका थिए । उनीहरुले पार्टी कार्यालयमा रहेको निर्वाचन सचिवालयमा तालाबन्दी गर्न खोजेपछि निर्वाचन समितिको टोली बाहिरिएको सहायक निर्वाचन अधिकृत चित्र बहादुर शाहीले बताए । "हामीलाई उहाँहरुले भनेको नाम त आएको छैन तर उहाँहरुले नाम आउँदैछ भनेर तालाबन्दी गर्न खोजेपछि हामी निस्कियौं," शाहीले भने ।

२३९ मध्ये अधिकांश क्षेत्र नम्बर १ का छन् । कोहलपुर, राप्तीसोनारी र नरैनापुरका धेरै छन् । केही खजुरा र बैजनाथका पनि छन् । "क्षेत्रीय सभापति माधवराम खत्रीले अधिवेशनमा एकलौटी गर्न सुरुदेखि नै गरेका बदमासीका शृङ्खलाहरुको यो पराकाष्ठा हो," केसीले भने-"पार्टी कब्जा गर्ने बदनियत उदांगो भयो ।" यो घटनासंगै बाँकेको अधिवेशन फेरि अनिश्चिततातर्फ धकेलिएको छ । यसैवीच ३२ जना नेताले प्रमुख जिल्ला निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै विज्ञप्ती जारी गरेर तालाबन्दी गर्नुको कारण प्रष्ट्याएका छन् । क्षेत्रीय सभापति खत्री र जिल्ला उपसभापति फूलाराम थारुले अधिवेशन भाँँड्ने गरी हर्कत गरेकाले आफूहरुले बाध्य भएर तालाबन्दी गरेको उल्लेख गरेका छन् । छुटेको भनेर समावेश गर्न खोजिएको फर्जी नाम खारेज नभएसम्म अधिवेशन हुन नसक्ने उनीहरुको भनाई छ ।

 

 

 

 

 

 

 

 

 

 


प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १९:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP