नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ७, २०८३ बागेश्वरी पोस्ट
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न

खजुरा । बाँकेको खजुरामा युवा वर्गलाई लक्षित गर्दै १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न भएको छ । युवालाई स्वरोजगार बनाउन खजुरा गाउँपालिकाको आयोजना तथा स्किल ट्रेनिङ एन्ड रिसर्च कन्सल्टेन्सी प्रालि नेपालगन्जको प्राविधिक सहयोगमा २० युवाहरुलाई भिडियोग्राफी तथा सम्पादन तालिम प्रदान गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै सहभागीहरुले तालिम आफूहरुलाई निकै प्रभावकारी बनेको प्रतिक्रिया दिए । सीप सिकाईको माध्यम बनेकोमा सहभागीले खुसी व्यक्त गरे । तालिममा सहभागी आकृति सुनारले १० दिनको तालिमले आधारभूत ज्ञान सीप लिन सकिएको भन्दै पालिकाले एडभान्स तालिमको व्यवस्था गरिदिन माग गरिन् । तालिमका अर्का सहभागी दुर्गा थापा मगरले छोटो समयमा पनि धेरै ज्ञान सीप हासिल गर्न सकिएको भन्दै आयोजकलाई धन्यबाद दिइन् । सहभागी तिलक सिंह रेश्मी मगरले प्रशिक्षकहरुले जीवनमा प्रत्यक्ष काम लाग्ने गरी सिकाई प्रदान गरेको भन्दै यसको थप तालिम लिन आफूहरु उत्सुक रहेको बताए ।

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले १० दिने तालिमको उपलब्धि राम्रो देखिएको बताए । पौडेलले सिप सिक्ने गरी प्रदान गरिएको तालिमलाई थप प्रभावकारी बनाउन पालिकाले आगामी योजनामा समावेश गर्ने जनाए । उनले सहभागीले निर्माण गरेको भिडियो हेर्दै भने यस स्तरको तालिम आगामी वर्षहरुमा निरन्तरता दिने गरी कार्यान्वयन पाटोलाई अघि बढाइने उल्लेख गरे । खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख शुसिला न्यौपानेले युवालाई स्वरोजगार बनाउने गरी थप कार्यक्रमको आवश्यकता देखिएको भन्दै तालिमको उपलब्धि सहभागीले निर्माण गरेको भिडियोले नै देखाएको बताइन् । देशमै बसेर केही गर्छु भन्ने युवा वर्गका लागि यस्तो तालिम पालिकाले प्रदान गर्न योजना बनाएको उनले उल्लेख गरिन् ।

तालिमका प्रशिक्षक तथा सन्चारकर्मी तिलक गाहा मगरले १० दिने तालिमबाट सीप सिकेर त्यसको सही सदुपयोग गर्दै आर्थिक आम्दानीको पाटोतिर लम्किन अनुरोध गरे । सन्चारकर्मी तथा तालिम प्रशिक्षक खगेन्द्र दाहालले खजुराका युवाहरूका लागि रोजगारमूलक सीप प्रदान गर्न गरिएको प्रयास प्रशंसनीय रहेको बताए । स्किल ट्रेनिङ एन्ड रिचर्च कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक शिव रानाभाटले सामाजिक सञ्जाललाई सही सदुपयोग गरेर सिकेको सीपमार्फत आय आर्जन गर्न सकिने गरी काम गर्न अनुरोध गरे । न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले तालिमले नयाँ प्रतिभालाई उजागार गरेको बताए । तालिमको सहजीकरण गरेका सञ्चारकर्मी दाहाल र गाहा मगरले भिडियो निर्माण गर्न सक्ने दक्ष जनशक्ति पाउन मुस्किल अवस्थामा यस किसिमको तालिमले परिपूर्ति गर्न मद्दत गर्ने बताएका थिए । तालिम जेष्ठको २९ देखि असार ७ गतेसम्म सन्चालन गरिएको थियो ।


प्रकाशित मिति: आइतबार, असार ७, २०८३  २१:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP