नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गणेशमान सिंहको स्मृति दिवसमा कांग्रेस बाँकेले दीप प्रज्ज्वलन गर्दै
गणेशमान सिंहको स्मृति दिवसमा कांग्रेस बाँकेले दीप प्रज्ज्वलन गर्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज २, २०७९ बागेश्वरी पोस्ट
गणेशमान सिंहको स्मृति दिवसमा कांग्रेस बाँकेले दीप प्रज्ज्वलन गर्दै

नेपालगञ्ज । आज गणेशमान सिंहको २५औँ स्मृति दिवस मनाइँदैछ । उनको शालिकमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरेर नेपाली कांग्रेसले स्मृति दिवस मनाइरहेको छ । नेपाली कांग्रेस बाँकेले आज अपरान्ह ४ बजे गणेशमान चोकमा एक कार्यक्रमको आयोजना गरेको छ । गणेशमान चोकमा दीप प्रज्ज्वलनको कार्यक्रम राखिएको कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले बताए । उनले कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेका छन् । 

प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनमा गरेको नेतृत्वका कारण उनलाई सर्वोच्च कमाण्डर मान्ने गरिन्छ । २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए । १९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो ।

सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । २०१५ सालमा पहिलो चुनावपछि बनेको सरकारमा मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल गृहमा कारावास जीवन बिताएका थिए ।

२०२५ सालमा वीपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । २०३३ सालमा वीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहे ।  ।


प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज राष्ट्रिय सभा निर्वाचन: सातै प्रदेशमा १८ पदका लागि मतदान
आज राष्ट्रिय सभा निर्वाचन: सातै प्रदेशमा १८ पदका लागि मतदान
जनताको घर–घरमा पुगेर कांग्रेसले मत माग्छः गौडेल
जनताको घर–घरमा पुगेर कांग्रेसले मत माग्छः गौडेल
स्वर्गीय सुशील कोइरालाको क्षेत्रलाई यस पटक फर्काउँछौंः सुधान्शु
स्वर्गीय सुशील कोइरालाको क्षेत्रलाई यस पटक फर्काउँछौंः सुधान्शु
बाँके कांग्रेसको निर्वाचन प्रचार-प्रसार समितिले गर्‍यो बृहत छलफल, समिति विस्तार गर्दै सबै सदस्यलाई थमाइयो पत्र
बाँके कांग्रेसको निर्वाचन प्रचार-प्रसार समितिले गर्‍यो बृहत छलफल, समिति विस्तार गर्दै सबै सदस्यलाई थमाइयो पत्र
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP