नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका किरणसिंह बोगटीलाई
नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका किरणसिंह बोगटीलाई
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ४, २०७८ बागेश्वरी पोस्ट
नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका किरणसिंह बोगटीलाई

नेपालगञ्ज । सातौं धारा नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) का किरणसिंह बोगटीले जितेका छन् ।

१३ औं सागका स्वर्णपदकधारी बोगटीले नेपालगञ्ज म्याराथनको पनि उपाधि जितेका छन् । बोगटीले ४२.१९५ किलोमिटर दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा गरेर नेपालगञ्ज म्याराथन जितेका हुन् । गत वर्ष एपीएफकै गोपीचन्द्र पार्कीले नेपालगञ्ज म्याराथन २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए ।

बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधि जितेका हुन् । दोस्रो भएका रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरेका छन् । सातौं धारा नेपालगञ्ज म्याराथनको उपाधि विजेता बोगटीले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । द्वितीय भएका रावतले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने तेश्रो स्थान प्राप्त गरेका आर्मीका सन्तोष बिष्टले ३० हजार रुपैयाँ पाए । उनले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा सो दुरी पार गरेका थिए ।

हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् । एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै श्रेष्ठले हाफ म्याराथन जितेकी हुन् । सागकी स्वर्णपदकधारी श्रेष्ठले हाफ म्याराथन १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी हुन् । एपीएफकी भण्डारीले १ घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरिन् । हाफ म्याराथन विजेता श्रेष्ठले ५१ हजार पुरस्कार पाएकी छिन् । द्वितीय हुन अफल भएकी भण्डारीले २५ हजार रुपैयाँ पाएकी छिन् ।तेस्रो भएकी सुर्खेतकी बिन्दु हमालले १५ हजार रुपैयाँ प्राप्त गरिन् । उनले १ घण्टा ३६ मिनेट ३९ सेकेन्डमा सो दुरी पूरा गरेकी थिइन् ।

नेपालगञ्ज म्याराथनको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले उद्घाटन गरेका थिए । महानायक राजेश हमाल पनि नेपालगन्ज म्याराथनमा उपस्थित भएका थिए ।  सरकार र तत्कालीन विद्राेही माओवादीबीच ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिर पहिलो शनिबार क्रियटिभ ह्याण्ड्सले नेपालगञ्ज म्याराथन आयोजना गर्दै आएकाे छ । 

 


प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १४:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
नेपालगञ्जमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न
नेपालगञ्जमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न
नेपालगन्जमा आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु
नेपालगन्जमा आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु
८औँ राष्ट्रपति रनिङ शिल्ड तथा नेपालगन्ज मेयर कपको तयारी पूरा
८औँ राष्ट्रपति रनिङ शिल्ड तथा नेपालगन्ज मेयर कपको तयारी पूरा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP