Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ७, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • एअर लिफ्ट गर्दा बाँच्ने आश पलाएको थियो....
एअर लिफ्ट गर्दा बाँच्ने आश पलाएको थियो....
रवि किरण आचार्य
सोमबार, असार २१, २०७८ रवि किरण आचार्य
एअर लिफ्ट गर्दा बाँच्ने आश पलाएको थियो....
सांकेतिक तस्विर

एक हप्ता जति कार्यालयको कामको शिलशिलामा दाङ जिल्लाका झण्डै २० वटा खानेपानी आयोजनाहरुमा पुगियो । त्यसपछि तीन दिन जति घरायसी कामहरुमा व्यस्त भइयो । चैत ३१ गते आमाको तिथि गर्नुपर्ने थियो । घर निर्माणको काम पनि चलिरहेको हुँदा मेसो मिलाउन अलिक बढी खटनपटन गर्नुपरेको थियो ।

Prabhat+2

आमाको तिथि गरेकै दिन चैत ३१ गते रातिदेखि नै अलिक अलिक ज्वरो आउन थाल्यो । घरायसी कामको चापले ज्वरो आएको हुन सक्ने जस्तो अड्कल गरियो । त्यसपछि नजिकैको मेडिकलमा पुगेर सिटामोलको बन्दोबस्त गरें । ज्वरोको आफ्नै गति थियो । विस्तारै बढ्दै गयो अनि सिटामोल खाँदै गएँ । तुलनात्मक हिसाबले दाङको भन्दा बुटवलमा औषधि उपचार राम्रै होला भन्ने भित्री मनसायले बैशाख २ गतेतिर बुटवल जाने निधो गरें । ज्वरो रोकिएको थिएन । विहानै हिंड्ने बेला एक चक्की सिटामोल खाएँ । अनि छोरा सानै भएपनि मलाई गुमराह चोकमा रिक्सा रोकेर चढाइदियो । विरेन्द्रचोकमा काठमाण्डौ जाने हाइस गाडी भेटियो । अब यात्रा शुरु भयो बुटवलको लागि । बुटवलमा उत्रेपछि सरासर अफिस पुगें । त्यहाँ एकछिनको बसाईंपछि कोठामा पुगेर आराम गरें । ज्वरो रफ्तारमा बढ्न थाल्यो । आठ आठ घण्टामा खानुपर्ने सिटामोल छ छ घण्टामा खान थालें । त्यो दिन हस्पिटल जान सकिएन । बरु कोठामै आराम गरिराखें ।

फेरि अर्को समस्या बल्झियो, ढाड दुख्ने । ढाड दुःखाईको सीमा थिएन । त्यहाँनेरी पनि ढाड दुख्दा नशा च्यापिएको कारण होला भन्ने जस्तो अड्कल काटियो । अब उप्रान्त अस्पताल जानुपर्छ भन्ने मनसायले बैशाख ३ गते बुटवलस्थित प्रज्ञा फर्मातिर लागें । बरिष्ठ फिजिसियन डा. विष्णु पौडेलसंग चेकअप गराएँ । डाक्टरको भनाईमा त्यतिबेला छातीको अवस्था ठिक थियो । एसपिओटु पनि रेन्जभित्रै थियो । सिटामोल खाएको कारण ज्वरो थिएन त्यति बेला । डाइग्नोसिसको निष्कर्षमा मौसमी रुघाखोकी भएको भन्ने ठहर भयो । डाक्टरको प्रेस्क्रिप्सन अनुसार एजिथ्रो एन्टिबायोटिक र सिटामोल लिएर म कोठातिर फर्कें । अब उप्रान्त कोभिडतिरको कुनै शंका गरिन मैले । थर्मोमिटरको सहायताले ज्वरो नाप्दा १ सय देखि १ सय २ सम्म ज्वरो आएको थियो । ज्वरोको गतिमान बढिरहन्थ्यो । आठ आठ घण्टामा खानुपर्ने सिटामोल छ छ घण्टामा खान थालें । ढाड दुखाईले पनि उत्तिकै च्याप्न थाल्यो ।

अब घरतिर गएर नै आराम गर्नुपर्छ भन्ने भित्री आकांक्षाले बैशाख ४ गते घरतिर लागें । एजिथ्रो खाँदै बसियो तर बिसेक भने टसको मस भएन बरु शरीर झन झन कमजोर शिथिल बन्दै गयो । खाना रुच्न छाड्यो, पानीको भरमा प्राण धानिएको थियो । अब यसरी हुँदैन भन्ने लागेर दाङ्ग तुल्सीपुरस्थित राप्ती लाइफ केयर हस्पिटल प्रालिमा गएर फिजिसियन डाक्टर बिनोद राणालाई भेटे । त्यहाँ आइभी प्यारासिटामोल दिइयो अनि रगतको जाँच गर्दा टाइफाइड पोजिटिभ देखियो । ज्वरो एक सय एक डिग्री र अक्सिजन सेचुरेशन ९६ रेकर्ड गरिएको थियो । छातीको एक्सरे गर्दा निमोनियाको प्रिसिम्टोम स्वरुप हल्का दाग देखियो ।

डाक्टरकै सल्लाह बमोजिम भोलिपल्ट घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुगेर पिसिआर परिक्षणका लागि स्वाब दिएर आएँ । त्यतिन्जेल जिन्दगीको बाटो मोडिएर कठिन बनिसकेको थियो । भोलिपल्ट कोभिड पोजिटिभ भएको भन्ने खबर आएपछि आइसोलेट हुने कुरा आयो । यतिन्जेल ज्यान धेरै गलिसकेको थियो । हरबखत पल्टिरहन मात्रै मन लाग्ने । खाना पटक्कै रुच्थेन बरु उल्टै एलर्जी हुन्थ्यो । त्यसपछि एम्बुलेन्सबाट कोरोना बिशेष अस्पताल बेलझुण्डी पु¥याइयो । त्यहाँ पनि शुरुमा आइभी प्यारासिटामोल चलाइयो । अक्सिजनको सपोर्टमा राखियो । शुरुमा चार लिटर हो क्यारे । बिस्तारै बढाउँदै आठ लिटरसम्म पु¥याइयो भन्ने सुनेको हुँ । तीन दिन सम्मको बेलझुण्डी अस्पताल बसाईं अत्याधिक कठिन भयो । अस्पतालको भित्री संसार बेग्लै थियो । बेखबर बेडमा पल्टिरहेका बिरामीहरुको कारुणिक दृश्य देख्दा लाग्थ्यो यो रोगको प्रकृति र आमत्रासदीपूर्ण अवस्था नै मुख्यरुपमा बाधक थियो । पारिवारिक सदस्यहरुसँग भेटघाट गर्न नमिल्ने कारणले सिस्टरहरुको हौसलामा मात्र चित्त बुझाउनु परेको थियो । डेक्सोनाका अतिरिक्त रेम्डेसिभिर भाइलको प्रयोग गर्नुपर्ने अस्पताल प्रशासनको पत्र अचेल फाइलमा देख्दैछु ।

अचेल बुझ्दै जाँदा यो कोभिडको लागि रामबाण मेडिसिन त रहेनछ तर सिभियर एण्ड क्रिटिकल कोभिड केशमा भगबान भरोसा यो औषधि चलाइने प्रचलन रहेछ उबेला । दुर्भाग्य उक्त औषधि त्यतिबेला दाङ्ग जिल्लामा उपलब्ध रहेनछ । छातीको एक्सरे धेरै बिग्रिएर करिब ७५ प्रतिशत फोक्सो कोल्याप्स भएको खबर पछि मात्र थाहा पाएँ । त्यहाँ बुझ्ने र जान्ने इच्छाशक्ति नै कमजोर भैसकेको थियो । भित्ताको आड लिई—लिई पाँच बिसौनीमा बाथरुम जानुपर्ने सम्मको कठिन परिस्थिति थियो । अझ बेड वरीपरी लासहरुलाई प्लाष्टिकमा बेरिरहेको देख्दा लाग्थ्यो जीवनको अस्तित्व संकटमा परेको त हैन । लामो श्वास फेरेर सुखको अनुभुत गर्ने अबस्थालाई सर्ट ब्रेथिंगले गाँजेको थियो । बिज्ञानको बिद्यार्थीको नाताले फयाटालिस्टिक माकमै बिश्वास गर्ने भएपनि परिस्थिति, इमानले मलाई भाग्यबादी बनायो । सानी छोरीलाई मैले उनको माग अनुसार घरबाट अफिस निस्कँदा दश रुपैयाँ दिनुपथ्र्यो । तर, उबेला उनले मेरो नाजुक अबस्था देखेर उक्त रकम माग्न सकेकी थिइनन् । मैले उनको इच्छा पूरा गर्न घरमा फर्किनै पर्दथ्यो । आखिर भाग्य जु¥यो भन्ने लाग्छ अहिले तथापि १२ लाखको ऋण भार मसँग जोडिएको छ ।

मनमा यस्तै अनेकन कुराहरु खेल्दै थियो, एक्कासी लक्ष्मण दाई (माइल दाई) को फोन आयो, हेलिकप्टर आइसक्न लाग्यो काठमाण्डौ जानुपर्छ भन्नुभयो । म खुसी पनि भएँ र झस्किएँ पनि । एयर लिफ्ट गर्दा बाँच्ने आश पलाएको थियो । तर, रेस्क्यु गर्न आउँदा केश क्रिटिकल नै होला भन्ने अनुमान लगाएर झस्किएँ । स्थिति भगबान भरोसा भैसकेको रहेछ । बिस्तारै कोल्टो फेरे, शिथिल ज्ञानेन्द्रियहरुलाई आत्मबलले उर्जा दिन खोजे तर कति सिँचित भयो त्यो मलाई भन्दा उनीहरुलाई नै थाहा होला । एकछिनमै बाहिर हेलिकप्टरको आवाज आयो, बाहिरबाट बोलाउन आउनुभयो, बिस्तारै पाइला चाले अनि एम्बुलेन्सको सहायताबाट हेलिकप्टर भएतिर लागियो ।

नयाँ जीवनको खोजीमा घरपरिवार इष्टमित्र तथा अन्य सबै जनाको अदम्य साहस धैर्यता र समन्वयले गर्दा परिस्थिति सकारात्मक बनेको कुरा अचेल स्मरण गर्दछु । रेस्क्यु टिमका डक्टरहरुले सम्पूर्ण चेकअप गरिसकेपछि अक्सिजन सेचुरशन अठहत्तर जति छ भन्ने कताबाट कानमा ठोक्किएको थियो । श्री एयरलाइन्सको महिला क्याप्टेनले मलाई नआत्तिनुहोस् भनेर उच्च मनोबल दिने कोशिस गर्दै थिइन् । उनको त्यो बोलीमा मेरो जीवन रक्षाको अंश जोडिएको थियो । धन सम्पत्तिको आबरण मात्र पनि जीवनका लागि कुनै दिन अपूर्ण हुन्छ भन्ने महसुस भएको छ । आखिर के रहेछ जीवन भनेर नकारात्मक सोचलाई बढावा दिएको भन्दा पनि यथार्थलाई प्रष्ट्याउन मात्र खोजेको हुँ ।

सबै कुराको चाँजोपाँजो मिलेपछि हेलिकप्टरभित्र प्लाष्टिक ब्यागमा सुताइयो । अस्पताल भित्र र त्यो अबस्थालाई तुलना गर्न बाध्य भएँ । मनमा अनेकन कुराहरु खेले, उडानका बेला पल—पलमा मेरो प्रेसर नापिएको थियो । हेलिकप्टरले त्रिपुरेश्वरस्थित हेम्स अस्पतालमा ल्याण्ड गरेको थियो । स्टार हस्पिटल सानेपामा बेड मिलाइएको रहेछ । त्यहाँ केहीबेर होल्ड गर्दा आत्तिएको थिएँ । हस्पिटलभित्र छिराई सकेपछि अब उप्रान्त परिवारको कसैसँग पनि भेट हुन दिइएन । उपचारको क्रम शुरु भयो । सकेको जति हिस्ट्रि बताएँ हुँला जस्तो लाग्छ । केही दिनपछि मात्र थाहा पाएँ कि डक्टर फिलिप, बिश्व, अनिल, निरज लगायतको मेडिकल टिम उपचारमा संलग्न रहेछन । कोभिडको डरलाग्दो बिषम् परिस्थितिमा पनि अग्रपंक्तिमा खटिई तमाम बिरामीहरुको ज्यान जोगाउन सफल डाक्टर तथा सिस्टरहरुको टिमलाई सलाम ।
(लेखक संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना बुटवलका केमिष्ट हुन् ।)


प्रकाशित मिति: सोमबार, असार २१, २०७८, १३:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
युवा निर्यात कहिले रोकिन्छ सरकार ?
युवा निर्यात कहिले रोकिन्छ सरकार ?
पेचिलो बन्दै गएको नागरिकताको सवाल
पेचिलो बन्दै गएको नागरिकताको सवाल
बाँकेका नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस बाँके सचिव सन्जुको बधाई
बाँकेका नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस बाँके सचिव सन्जुको बधाई
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP