नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्जमा सञ्चालनमा आयो 'वेष्टर्न मार्ट'
नेपालगञ्जमा सञ्चालनमा आयो 'वेष्टर्न मार्ट'
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १६, २०७८ बागेश्वरी पोस्ट
नेपालगञ्जमा सञ्चालनमा आयो 'वेष्टर्न मार्ट'

नेपालगञ्ज । नेपालगञ्जमा 'वेष्टर्न मार्ट' सञ्चालनमा आएको छ । बिगत एक दशक भन्दा बढी समयदेखि नेपालगञ्ज क्षेत्रमा चिरपरिचित वेष्टर्न बिजनेस ग्रुपको लगानीमा बनेको लुम्बिनी प्रदेशकै पहिलो अत्याधुनिक सुबिधासम्पन्न सपिङ मलमा 'वेस्टर्न मार्ट' संचालनमा ल्याइएको हो । 'वेष्टर्न मार्ट'को आज एक समारोहका बीच नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले उद्घाटन गरेका छन् ।

No description available.

उद्घाटन कार्यक्रममा बोल्दै मेयर राणाले मार्ट सञ्चालनले नेपालगञ्जको व्यवसायिक विकासमा टेवा पुग्ने बताए । उनले गुणस्तर र मूल्यमा ध्यान दिन सके 'वेष्टर्न मार्ट' ग्राहकहरुको रोजाई बन्ने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रममा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी 'चुन्ना', बाँके चेम्बर अफ कमर्सका अध्यक्ष सतिसकुमार अग्रवालले शुभकामना मन्तब्य व्यक्त गर्दै मार्टले सबैको मन जित्ने विश्वास व्यक्त गरेका थिए । त्यस अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु सुनिल कुमार शर्मा, कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल बैश्य लगायतको उपस्थिति थियो । त्यस अवसरमा मार्टका अध्यक्ष प्रकाश लामिछाने र परामर्शदाता सैलेश लोहनीले मार्टका बारेमा जानकारी दिएका थिए । वेष्टर्न मलका अध्यक्ष सञ्जय थापाले मल बनाउन हालसम्म १८ करोड लगानी लागेको जानकारी गराउँदै लगानीको कुल लक्ष्य ३५ करोड रहेको बताए ।  'वेष्टर्न मार्ट'मा हाल करिब ५० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइएको छ । 

No description available.

'वेस्टर्न मार्ट'मा खाद्यान्न, घरायसी सरसमान, तरकारी, फलफुल, भाँडाकुँडा, टेलिभिजन, मोबाइल फोन, बिभिन्न बिद्युतीय सरसामानहरु लगायत अन्य अत्यावश्यक तथा दैनिक उपभोग्य बस्तु सहितका सामानहरु सुपथ मूल्यमा उपलब्ध हुने वेष्टर्न मार्ट प्रालिका अध्यक्ष लामिछानेले बताए । लामिछानेले भने, "मार्टमा सुपथ मुल्यमा गुणस्तरीय सरसामान उपलब्ध हुने र ग्राहकले एकै ठाँउमा सबै सामानहरु पाउनेछन् । जसले गर्दा दैनिक उपभोग्य बस्तु खरिद गर्न बिभिन्न ठाउँ जाने समय र मोलमोलाई गर्ने झन्झट समेत हट्नेछ ।"

मार्टमा सामान खरिद गर्दा बिभिन्न किसिमका छुटका योजनाका साथमा बिभिन्न भाग्यशाली बिजेता चयन गरेर सुपर बम्पर उपहारमा हिरोको स्कुटर लगायत थप ५ लाख रुपैयाँ बराबरको बिभिन्न बिजेताहरुलाई गोलाप्रथाबाट उपहार दिइने जनाइएको छ । "यो मार्ट वेष्टर्न मलभित्र भएकोले मल भनेको किनमेल गर्ने स्थानका रुपमा मात्र नभएर मनोरञ्जन र फुर्सदको समय व्यतीत गर्ने स्थान समेत भएकोले सो कुरालाई बिषेश ध्यान दिएर यसका भित्री आकर्षण तथा साजसज्जालाई समेत बिषेश ध्यान दिइनेछ । जसलाई हाल चलनमा रहेको 'सेल्फी प्वाइन्ट'का रुपमा पनि लिन सकिनेछ । त्यसैले यहाँ आउने ग्राहकहरुले किनमेलका साथ अन्य फुर्सदको समय पनि व्यतीत गर्न सक्ने हाम्रो बिश्वास छ ," लामिछानेले भने  ।

No description available.No description available.No description available.

No description available.No description available.No description available.


प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर महोत्सव सुरु
कोहलपुर महोत्सव सुरु
सहमतिपछि बरिष्ठ अधिबक्ता गुप्ताले आमरण अनशन तोडे
सहमतिपछि बरिष्ठ अधिबक्ता गुप्ताले आमरण अनशन तोडे
रोयल इन्फिल्डको 'Hunter 350' को नयाँ संस्करण नेपालगञ्जमा सार्वजनिक
रोयल इन्फिल्डको 'Hunter 350' को नयाँ संस्करण नेपालगञ्जमा सार्वजनिक
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP