नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एशियाली देश विश्व विजेतामाथी हावी बन्दै, जापानले जर्मनीलाई २-१ ले हरायो
एशियाली देश विश्व विजेतामाथी हावी बन्दै, जापानले जर्मनीलाई २-१ ले हरायो
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ७, २०७९ बागेश्वरी पोस्ट
एशियाली देश विश्व विजेतामाथी हावी बन्दै, जापानले जर्मनीलाई २-१ ले हरायो

नेपालगन्ज । कतार विश्वकपको उपाधिको दावेदार राष्ट्रहरु माथी एशियाली मुलुकहरुले धावा बोलेका छन् । मंगलबार साँझ अर्जेन्टिनामाथी धावा बोल्दै साउदी अरेबियाले पराजित गरे झै आज साँझ ६:४५ बजेको  पहिलो खेलमा एशियाली मुलुक जापानले आफ्नो पहिलो खेलमै जर्मनीलाई पराजित गरेको छ । चार पटकको विश्वकप विजेता जर्मनीलाई समूह ई को समूह चरणको पहिलो खेलमै जापानले २-१ गोलले पराजित गर्दै ३ अंक बटुलेको छ ।

पहिलो हाफमा दुई तिहाइ भन्दा बढी बल पोसेसन राखेको जर्मनीले अग्रता लिन भने पेनाल्टीमा भर परेको थियो । इल्काए गुन्डोगनको पहिलो हाफको ३३ औं मिनेटमा  पेनाल्टीमा अग्रता लिएको जर्मनीविरुद्ध अन्य अवसरमा भने जापानी गोलरक्षक बाधक बने । जापानले काउन्टर अट्याकमा जर्मन डिफेन्सलाई केहि समस्या दिएपनि गोलरक्षक नोएरले भने कुनै प्रहार सामना गर्नुपरेको थिएन । दोस्रो हाफमा खेलाडी परिवर्तन गरेपछि भने जापान खेलमा फर्केको थियो । आक्रमणमा ताकुमी मिनामिनो, रित्सु डोआन र ताकुमी असानो आएपछि जापानले प्राप्त काउन्टर अट्याकमा नोएरलाई पटक पटक समस्या दिएको थियो । जर्मनीको आक्रमणविरुद्ध गोलरक्षक गोन्डा लगातार चनाखो बस्दै बचाउ गर्दा जापानलाई पुनरागमनको ढोका खुलेको थियो ।

खेलको ७५ औं मिनेटमा जापानका  रित्सु डोआनले ६ यार्ड बक्सनजिकबाट गोल गर्दै खेललाई १-१ बराबरीमा ल्याएका थिए ।

त्यस्तै जापानका ताकुमा असानोले ८३ औं मिनेटमा  गोल गर्दै खेललाई २-१ मा पुर्याएका थिए । कोउ इताकुराले डिफेन्स लाइनबाट खेलेको लामो पासमा जर्मनीको अफसाइड ट्रयाप बिट गर्दै असानोले गोल गरेका थिए । उनले स्लोटरबेकको दबाब र नोएर अघि आएको अवस्थामा निअर पोस्टमा फिनिस गरेका थिए । यो जितसँगै जापानले ३ अंक जोडेको छ ।

 

 


प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP