prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनीमा कसैको आएन बहुमत, मिलीजुली सरकारमा नयाँ दल निर्णायक
लुम्बिनीमा कसैको आएन बहुमत, मिलीजुली सरकारमा नयाँ दल निर्णायक
RSG-2
गौरब गिरी
बुधबार, मंसिर १४, २०७९ गौरब गिरी
लुम्बिनीमा कसैको आएन बहुमत, मिलीजुली सरकारमा नयाँ दल निर्णायक

नेपालगञ्ज । लुम्बिनीमा प्रदेश सरकार गठनका लागि कुनै दलले बहुमत पाउन नसकेपछि मिलिजुली सरकारका लागि जोडघटाउ शुरु भएको छ ।

प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सदस्यीय प्रदेश सभामा दलको मात्र होइन, सिंगो गठबन्धनको पनि बहुमत आउन सकेको छैन । यहाँ सरकार बनाउन कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ ।

प्रत्यक्षमा सबैभन्दा बढी १८ सिट र समानुपातिकमा पनि सबैभन्दा बढी मत पाएर पहिलो दल नेकपा एमाले बनेको छ । सत्ता गठबन्धनको नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले ५, लोकतान्त्रिक समाजवादी पार्टीले २ सिट गरी २४ सिट जितेका छन् । एमालेले १८, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ गरी २२ सिट जितेका छन् ।

नयाँ दलको रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टीले २ र जनमत पार्टीले एक सिट जितेका छन् । माओवादी केन्द्रका तीनजना बागी (स्वतन्त्र) उम्मेदवारले पनि जितेका छन् ।

समानुपातिकको अन्तिम नतिजा आइनसकेकाले कसको नेतृत्वमा सरकार बन्छ भनेर यकिन गर्न कठिन छ । समानुपातिकको नतिजा आउँदा पनि अहिलेका दुबै गठबन्धनलाई बहुमत नपुग्ने देखिन्छ । अर्थात् प्रदेशमा नयाँ दलको रुपमा उदाएका नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र ३ जना स्वतन्त्रको साथ नलिई दुबै गठबन्धनलाई बहुमत नपुग्ने अवस्था छ ।

ठूला दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले सरकार गठनको जोडघटाउ र आन्तरिक गृहकार्य भने गरिरहेका छन् । नेकपा एमालेबाट भावी मुख्यमन्त्रीका दावेदार पोलिटब्युरो सदस्य लिला गिरीले कुनै दलको बहुमत नपुगेकाले मिलिजुली सरकार नै बन्ने बताए । ‘मिलिजुली सरकार बन्छ, तर कसको पासा पल्टिन्छ यसै भन्न सकिन्न,’ गिरीले भने । पार्टीको संसदीय दलको बैठक बसेर दलको नेता चयन गरेपछि सरकार गठनका लागि प्रकृया अघि बढ्ने पनि उनले बताए ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार रुपन्देही १(२) बाट निर्वाचित अब्दुल रज्जाक गद्दीले अहिलेको सत्ता गठबन्धनलाई बहुमत पुग्ने र आफूहरुको सरकार बन्ने दावी गरे ।

२०७४ को प्रदेशसभा निर्वाचनपछि लुम्बिनीमा एमाले र माओवादीले दुई तिहाई नजिकको ६ जनाको मन्त्रिमण्डल र सात मन्त्रालय सहितको सरकार बनाएका थिए । तत्कालीन नेकपा विभाजनपछि भने माओवादी केन्द्रको नेतृत्वमा एक स्वतन्त्र सांसद समेतको समर्थनमा ५ दलीय सरकार बनेको थियो । मुख्यमन्त्री कुलप्रसाद केसीले १३ मन्त्रालय र राज्यमन्त्रीसहित १७ जना मन्त्री पुर्याएका थिए ।

यसपटक जुन दलको नेतृत्वमा सरकार बने पनि कम्तीमा आठ दलको उपस्थिति हुने देखिन्छ । ‘प्रदेश सभामा नयाँ दलहरुको उदयले प्रदेश सरकार झनै भद्दा, खिचडी र अस्थिर बन्ने निश्चित भयो,’ जसपाका नेता समेत रहेका राजनीतिक विश्लेषक मनिकर कार्कीले भने । अनलाइनखबर


प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
काँग्रेस बाँकेले नेता कार्यकर्तालाई दक्ष बनाउन प्रशिक्षण दिने
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी कोइरालाको स्मृति दिवसको अवसरमा सरसफाई तथा वृक्षारोपण
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
वीपी स्मृति दिवसको अवसरमा सरसफाई
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
४३औं वीपी स्मृति दिवसमा बाँकेमा विभिन्न कार्यक्रम
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP