Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • के मेसीले एकसाथ जित्लान् विश्वकपसँगै गोल्डेन बल र गोल्डेन बुटको उपाधि ?
के मेसीले एकसाथ जित्लान् विश्वकपसँगै गोल्डेन बल र गोल्डेन बुटको उपाधि ?
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १, २०७९ बागेश्वरी पोस्ट
के मेसीले एकसाथ जित्लान् विश्वकपसँगै गोल्डेन बल र गोल्डेन बुटको उपाधि ?

नेपालगञ्ज । के अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा जारी फिफा विश्वकप २०२२ को विश्वकप उपाधिसँगै उत्कृष्ट खेलाडी (गोल्डेन बल) र सर्वाधिक गोलकर्ताको उपाधि (गोल्डेन बुट) जित्लान् ? के मेसीले इटलीका पाओलो रोसीको रेकर्ड बराबर गर्न सक्लान् ?

सन् १९८२ मा स्पेनमा आयोजित फिफा विश्वकपमा एकै संस्करणमा इटलीका पाओलो रोसीले विश्वकप उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जित्ने एक मात्र खेलाडी हुन् । 

त्यस्तै यसपटक अर्जेन्टिनाका कप्तान मेसीले रोसीको रेकर्ड तोड्न सक्ने अनुमान गरिएको छ। कतार विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनाले यसपटक विश्वकप उपाधि जित्न सक्ने प्रवल सम्भावना समेत रहेको छ । मेसी सर्वाधिक गोलकर्ताको सूचीमा समेत रहेकाले र उनको खेल कौशलका कारण उनले सबै उपाधि जित्ने अनुमान गरिएको छ । 

आफ्नो टोलीका लागि गरेको योगदान र खेल अवधिभर गरेको प्रदर्शनले मेसी नै गोल्डेन बलको पनि दावेदार छन् । विश्वकप फाइनल अघिका खेलहरुमा मेसीको ३ असिस्टका कारण अर्जेन्टिना विजयी बनेको थियो ।

मेसीको उत्कृष्ट प्रदर्शनका कारण यसपटक अर्जेन्टिनाले विश्वकप उपाधिसँगै सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीको उपाधि जित्ने सम्भावना भएपनि फ्रान्सका केलियन एम्बाप्पे पनि मेसीसँगै समान ५/५ गोल गरेका छन् । तर, फाइनल खेल समाप्त भए पश्चात् दुबैको समान ५/५ गोल भएको खण्डमा र अन्य खेलाडीले उनीहरु भन्दा बढी गोल नगरेको अवस्थामा अर्जेन्टिनाका कप्तान नै सर्वाधिक गोलकर्ता हुने देखिएको छ ।

किनकी मेसीको धेरै असिस्टका कारण एम्बाप्पे सर्वाधिक गोलकर्ताबाट पछि पर्ने देखिएको छ । समान गोल भएपश्चात् खेलाडीले गरेको असिस्टलाई आधार मानेर सर्वाधिक गोलकर्ता चुनिन्छ । त्यो पनि बराबर भएको खण्डमा कम समयमा गोल गर्ने खेलाडीलाई आधार मान्ने हुँदा मेसीको नै प्रवल सम्भावना रहेको छ ।

आइतबार फाइनलमा उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । अर्जेन्टिना र फ्रान्सले समान २/२ पटक विश्वकपको उपाधि जितेर तेस्रो पटक उपाधि जित्ने दाउमा छन् । विश्वकपको तेस्रो स्थानका लागि सन् २०१८ को उपविजेता क्रोएसिया र पहिलोपटक सेमिफाइनलको यात्रा गरेको अफ्रिकी राष्ट्र मोरक्को शनिबार खेल्दैछन् । सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० र फ्रान्सले मोरक्कोलाई २-० गोलले पराजित गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP