नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • अर्जेन्टिना फिफा विश्वकप च्याम्पियन
अर्जेन्टिना फिफा विश्वकप च्याम्पियन
RSG-2
मेसी कतार विश्वकपको उत्कृष्ट खेलाडी
बागेश्वरी पोस्ट
सोमबार, पुस ४, २०७९ बागेश्वरी पोस्ट
अर्जेन्टिना फिफा विश्वकप च्याम्पियन

नेपालगन्ज । कतार विश्वकप फुटबल २०२२ को उपाधि दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले गत विश्वकपको विजेता फ्रान्सलाई पराजित जितेको छ । फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले  पराजित गरेको हो । यो जितसँगै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको छ । 

कतारको लुसाल स्टेडियममा ८८ हजार ९६६ दर्शकले प्रत्यक्ष हेरेको विश्वकप निकै सनसनीपूर्ण भएको थियो । निर्धारित ९० मिनेटमा २–२ को बराबरी र थपिएको ३० मिनेटमा थप १–१ गोल भएपछि पेनाल्टी सुटआउटमा निर्णायक भएको हो । पेनाल्टीमा साविक विजेता फ्रान्स कमजोर ठहरियो । 

यस्तो रह्यो अर्जेन्टिना र फ्रान्सको पेनाल्टी 

फ्रान्सले पहिले पेनाल्टी हान्यो । केलियन एम्बाप्पेले गोल गरे । अर्जेन्टिनी कप्तान लियोनल मेसीले पनि गोल गरे । फ्रान्सको दोस्रो प्रहार रोकियो । किंग्सले कोमान गोल गर्न चुके । अर्जेन्टिना भने गोल गर्दै २–१ ले अगाडि रह्यो । पाउलो डाइबालाले गोल गरे । 

तेस्रो प्रहारमा फ्रान्स चुक्यो । टोचुमेनीले गोल गरेनन् । लेन्द्रो पेरेडेसले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को स्थितिमा ल्याए । चौथो प्रहारमा फ्रान्सले गोल गर्यो । रान्डाल कोलो मुआनीले गोल गरे । अर्जेन्टिनाका गोन्जालो मोन्टेलले पनि गोल गर्दै पेनाल्टीमा ४–२ ले टिमलाई जिताए ।  

यसअघि फ्रेन्च स्टार एम्बाप्पेले ह्याट्रिक गरेका थिए । निर्धारित ९० मिनेटमा दुई तथा अतिरिक्त समयमा एक गोल गर्दै एम्बाप्पलेले कीर्तिमान रचे । 

अहिलेसम्मको विश्वकप इतिहासको फाइनलमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी हुन् । यसअघि सन् १९६६ मा इङ्गल्याण्डमा जिओफ हस्टले पश्चिम जर्मनीविरुद्ध फाइनलमा ह्याट्रिक गरेका थिए । 

एम्बाप्पले निर्धातिर ९० मिनेटको खेलमा ९७ सेकेन्डको फरकमा दुई गोल गरेसँगै कतार विश्वकप फुटबलको फाइनल खेल रोमाञ्चक बनाएका थिए । मध्यान्तरसम्म २–० ले अग्रता लिएको अर्जेन्टिनाले ८० र ८१ औं मिनेटमा ९७ सेकेन्डको अन्तरमा दुई गोल खाएसँगै निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएको हो । 

यसअघि कप्तान मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले २३ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै ३६ औं मिनेटमा एन्जल डी मारियाले निकै आकर्षक गोल गर्दै अर्जेन्टिनालाई २–० ले अग्रता दिलाएका थिए । 

अतिरिक्त समयको १०८ औं मिनेटमा मेसीले गोल गरेका थिए । तर ११८ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गरेका थिए । यो विश्वकप जितेसँगै मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । 

सात पटकका बालेन डि’ओर विजेता मेस्सीले राष्ट्रलाई विश्वकप नै जिताएर संन्यास लिएका हुन् । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप तेस्रो पटक विश्वकप जितेको हो। मेसी कतार विश्वकप २०२२ को उत्कृष्ट खेलाडी घोषीत हुँदै गोल्डेन बल जितेका छन् ।

 


प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  ०२:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP