Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • दंगीशरण गाउँपालिका प्रथम अध्यक्ष कप फुटबलको उपाधि वडा नं.६ लाई
दंगीशरण गाउँपालिका प्रथम अध्यक्ष कप फुटबलको उपाधि वडा नं.६ लाई
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ १६, २०७९ बागेश्वरी पोस्ट
दंगीशरण गाउँपालिका प्रथम अध्यक्ष कप फुटबलको उपाधि वडा नं.६ लाई

लक्ष्मण बस्नेत/ दाङ । दंगीशरण गाउँपालिका प्रथम अध्यक्ष कप फुटबलमा वडा नं. ६ र भलिबलमा वडा नं. ५ ले उपाधि जितेका छन् । 

दंगीशरण गाउँपालिका दाङको आयोजनामा सहिद दिवसको अवसरमा संचालित प्रतियोगिता अन्तर्गत आज सम्पन्न फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ६ ले वडा नं ५ लाई पेनाल्टीमा ३ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । 

उपाधिसंगै उसले नगद २५ हजार, कप ,मेडल र प्रमाणपत्र हात पार्‍यो । फाइनलमा पराजित वडा नं. ५ उपबिजेतामा सिमित रहँदै नगद २० हजारमा प्राप्त गरेको छ भने वडा नं. ३ तेस्रो बनेको छ । फुटबलतर्फ वडा नं. ६ का  गोल किप्पर छवि बुढाथोकी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

त्यस्तै भलिबलमा वडा नं. ६ लाई २९-२७, २२-२५, १५-२५, २५-१५ र १५-१० को ३-२ सेटले पराजित गर्दै वडा नं. ५ ले उपाधि जितेको हो । उपाधिसंगै उसले नगद २० हजार जितेको छ । त्यस्तै उपबिजेता वडा नं. ६ ले नगद १५ हजार हात पार्दा तेस्रो भएको वडा नं. ३ ले नगद १० हजार प्राप्त गरेको छ ।  भलिबलतर्फ वडा नं. ५ का जितेन्द्र खड्का उत्कृष्ट खेलाडी घोषित भएका छन्  ।

गाउँपालिकामा खेलकुदको पहुँच अभिवृद्धिसंगै प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पालिकाका ७ वडाका फुटबल तथा भलिबल टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन समारोह  गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशसभा सदस्य माननीय डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो ।

गाउँपालिकाको खेल पूर्वाधार बिकासका लागि आफूले सक्दो पहल गर्ने  प्रदेशसभा सदस्य चौधरीले   बताए । पूर्वाधार बिकास बिना खेल बिकासले गति लिन नसक्ने बताउँदै  चौधरीले खेल पूर्वाधार बिकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । खेल ब्यक्तिको सर्वाङ्गिण बिकासको मुख्य सूचक भएकाले यसले स्वस्थ अनुशासित नागरिक उत्पादनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने हुँदा  यसको उच्च आदर्शलाई सबैले आत्मसात गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा गाउँपालिकाका सामाजिक बिकास समिति संयोजक तथा प्रतियोगिताका संयोजक रोशनजंग शाह, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वली, गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष निरज बस्नेत, वडा नं. ३ का अध्यक्ष सुकलाल चौधरी, इलाका प्रहरी कार्यालयका प्रमुख मनोज चौधरी लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको संचालन दङ्गिशरण गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्यले गरेका थिए ।


प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP