Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • स्व. श्याम थापा स्मृति फुटबल सुरु, उद्घाटन खेलमा शान्ति स्पोर्ट्स क्लब विजयी
स्व. श्याम थापा स्मृति फुटबल सुरु, उद्घाटन खेलमा शान्ति स्पोर्ट्स क्लब विजयी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २१, २०७९ बागेश्वरी पोस्ट
स्व. श्याम थापा स्मृति फुटबल सुरु, उद्घाटन खेलमा शान्ति स्पोर्ट्स क्लब विजयी

नेपालगञ्ज । शान्ति स्पोर्टस क्लबले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिता–२०७९ को उद्घाटन खेलमा विजयी सुरुवात गरेको छ । आयोजक जय किसान स्पोर्ट्स क्लब खजुरा–१ सैनिकको आयोजनामा सुरु भएको प्रतियोगितामा आज शान्ति स्पोर्ट्स क्लबले युवा सञ्जाल पुल्चोकलाई ४–२ ले पराजित गरेको छ । 

मैटहवा माविको खेल मैदानमा सुरुवातमा युवा सञ्जालले २–० को अग्रता लिएको थियो । तर, त्यसलाई जोगाउन भने सकेन । युवा सञ्जालका बिनोद बुढाथोकीले १२औं मिनेटमा प्रतियोगिताको पहिलो गोल गरेका थिए । त्यसपछि युवा सञ्जालकै शंकर परियारले फ्रि–किक अवसरलाई सदुपयोग गर्दै १६औं मिनेटमा गोल गरेर टिमको अग्रतालाई दोब्बर बनाएका थिए । यता शान्ति स्पोटर््स क्लबका लागि रोशन लिम्बुले पेनाल्टी अवसरमा २१औं मिनेटमा टिमका लागि पहिलो गोल गरे । त्यसपछि सञ्जय थापाले ३४औं मिनेट र दोस्रो हाफको ४४औं मिनेटमा गरेर व्यक्तिगत दुई गोल गरे । शान्ति स्पोर्ट्स क्लबका राजु गुरुङले ३८औं मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछन् । पहिलो खेलमा जेकेएससी (बी) सैनिक र वाग्मती स्पोटर््स क्लब तथा दोस्रो खेलमा सन्तकुटी स्पोर्ट्स क्लब र खजुरा युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । आज एक समारोहका बीच संघीय सांसद एवम् नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले प्रतियोगिताको उद्घाटन गरे । आयोजक जय किसान स्पोर्ट्स क्लबका अध्यक्ष दिपु रानाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मी, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही, नेपाल भलिबल संघका उपाध्यक्ष भीम ओली, प्रतियोगिताको मुख्य प्रायोजक बाँके बर्दिया मैत्री समाज जापानका लिलबहादुर मल्ल, सागर पाण्डे, प्रतियोगिताको सह–प्रायोजक अंकित थापाका बुबा चन्द्र बहादुर थापा, उपेन्द्र क्षेत्री एशोसियटका प्रमुख चार्टड एकाउन्टेन्ट उपेन्द्र बुढा क्षेत्री, खजुरा गाउँपालिका वडा नम्बर १ अध्यक्ष मनवीर क्षेत्री, द्वन्दपीडित तथा एकल महिला सञ्जाल बाँके अध्यक्ष एवम् खजुरा गाउँपालिका निर्वतमान उपाध्यक्ष एकमाया विक लगायतको उपस्थिति रहेको थियो । 

बाँकेका चर्चित खेलाडी स्व. श्याम थापाको स्मृतिमा आयोजना गरिने गरेको प्रतियोगिताको दोस्रो संस्करणमा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको समुह (ए) मा युवा सञ्जाल पुल्चोक, शान्ति स्पोर्ट्स क्लब, सन्तकुटी स्पोर्ट्स क्लब, खजुरा युनाइटेड क्लब, मोडेल क्लब, एफसी–११ बर्दिया, आयोजक जेकेएससी (ए) सैनिक रहेका छन् । यसैगरी समुह (बी) मा जेकेएससी(बी) सैनिक, बाग्मती स्पोटर््स क्लब, न्यु डाँफे क्लब, रारा जनचेतना युवा क्लब, एसएसएफए दाङ र सहारा क्लब इन्डिया रहेका छन् । माघ २९ गते हुने फाइनल खेलको विजेताले १ लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउनेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ, मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्ट्स क्लबले जनाएको छ । 


प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १९:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP