prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • रुपन्देहीका १६ पालिकामा कतै राष्ट्रपति रनिङ शिल्डको तयारी, कतै शून्य
रुपन्देहीका १६ पालिकामा कतै राष्ट्रपति रनिङ शिल्डको तयारी, कतै शून्य
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ २२, २०७९ बागेश्वरी पोस्ट
रुपन्देहीका १६ पालिकामा कतै राष्ट्रपति रनिङ शिल्डको तयारी, कतै शून्य

नारायण वली/ रुपन्देही । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी अन्तर्गत रुपन्देहीका केही मध्ये अधिकांश स्थानीय पालिकाहरुले कुनै चासो नदिएको पाईएको छ । जिल्ला खेलकुद विकास समिति रुपन्देहीले उक्त पालिकाहरुलाई प्रतियोगितामा सहभागिता जनाउनका लागि खेलकुद क्रियाकलापलाई अघि बढाएर तयारी गर्न ताकेता गरेपनि तर कुनै चासो नदेखाईएको पाईएको हो ।

राष्ट्रपति रनिङ प्रतियोगिताका लागि तयारी गर्न संघीय सरकारले प्रत्येक पालिकालाई एक लाख रुपैयाँका दरले अनुदान दिएको भएपनि पालिकाहरुले उक्त प्रतियोगितामा समावेश भएका खेलको तयारीमा चासो नदिनुलाई राज्यको तल्लो निकाय मानिने स्थानिय तहले खेलको महत्व र आवश्यक्तालाई बुझ्न नसकेको खेलप्रेमीहरुको भनाई छ ।

यता जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र वहादुर थापा (क्षत्री) हरीले जिल्लामा रहेका प्रत्येक पालिका र त्यहाँ गठन गरिएका विभिन्न खेलकुद निकायहरुलाई क्रियाकलापमा सक्रिय बनाउँदै युवाहरुलाई खेलकुद क्षेत्रमा आवद्ध गराएर खेल क्षेत्रको विकास गर्न सकिनेमा तल्लिन भएको वताए । उनले भने, “जिल्लाका १६ स्थानिय तहहरुमध्ये २ वटा सियारी गाउँपालिका र सुद्धोधन गाउँपालिकाले तयारी खेल सम्पन्न गरिसकेका छन् । तीन वटा बुटवल उपमहानगर, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाले मिति तय गरिसकेका छन् । अन्य पालिकाहरुमा तयारी बारेमा कुनै सुरसार छैन् । कार्यालयबाट फोन गरेरै भएपनि हामीले जसरी भएपनि सबै पालिकाहरु यस प्रतियोगितामा समाबेश हुनुपर्छ भनेर ताकेता गरेपनि खासै तत्परता देखिएको छैन । तर पनि सम्पर्कलाई तिव्र पारेका छौं ।”

यता प्रदेश खेलकुद परिषद् लुम्विनीका सदस्य सचिव जयप्रकाश भट्टराईले अघिल्लो पटक भन्दा अहिले प्रदेशमा खेलकुद क्रियाकलाप बढ्दै गएको वताए । पहिले रुपन्देहीमा २ वटा पालिकाहरुले मात्रै सहभागिता जनाउने गर्थे, त्यो अनुपातमा हाल करिव सबैजसो पालिकामा खेल हुने गरेका छन् । उनी भन्छन्, म अहिले रोल्पामा छुः, जहाँ खेलै नहुने जिल्लाको परिवर्तन गाउँपालिकामा १२ वटा जिल्लाहरुको प्रतिनिधित्व हुनेगरी आईटी एफ तेक्वान्दोको लागि स्वयम खटिएर खेल सम्पन्न गर्ने दौडानमा छु । 

साथै रोल्पाका प्रमुख जिल्ला अधिकारी सहित अन्य सम्बन्धित निकायका प्रतिनिधिहरु संग पनि भेट गरी हरेक खेलमा बलियो उपस्थिती बनाउने लागि परेको वताए । उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि यसअघि नै जिल्ला खेलकुद विकास समिति र स्थानिय पालिकाहरुमा समन्वय गरी पत्राचार गरिसकेको जनाए । 

जिल्ला खेलकुद विकास समितिले दिएको जानकारी अनुसार अहिलेसम्म तिलोत्तमा नगरपालिकाले फागुन १ देखि ३, बुटवल उप–महानगरपालिकाले ४ देखि ६ र सिद्धार्थनगर नगरपालिकाले ५ गतेदेखि ७ गतेसम्म खेल सञ्चालन गर्ने जनाईएको छ ।

सैनामैना नगरपालिकाले आइतबार समिति गठन गरेर अगाडि बढ्ने बताईएको छ भने, कञ्चन गाउँपालिकाले सल्लाह गरेर छिनोफानो गर्ने जनाएको छ । जिल्लाको कोटहीमाई गाउँपालिकाले नगर्ने भएको छ । हालसम्म पनि प्रतियोगितामा सहभागीताप्रति तयारी नगरेका पालिकाहरु देवदह नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, मायादेवि गाउँपालिका, रोहिणी गाउँपालिका, गैडहवा गाउँपालिका, ओमसतिया गाउँपालिका, मर्चवार गाउँपालिका रहेका छन् । सम्मरीमाई गाउँपालिकामा सम्पर्क हुन सकेको छैन् ।

यस्तो छ दर्ता प्रक्रिया 

माघ २२ गतेसम्म पत्राचार

२८ गतेसम्म नाम दर्ता 

बुटवल उपमहानगर वडा न–५ वडा कार्यालयमा दर्ता गर्नुपर्ने स्थान तोकिएको छ ।

के–के खेल समावेश गरिएको छ ?

भलिबल, कबड्डी, एथलेटिक्स दौड ट्रयाक तर्फ छात्र १ सय, २ सय, ४  सय, ८ सय, १५ सय र ३ हजार मिटर, ४ गुणा १ सय मिटर रिले, ४ गुणा ४ सय मिटर रिले र छात्रा तर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर, ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर रिले हुनेछ । उफ्रने र फ्याँक्ने फिल्ड तर्फः छात्र हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८ सय ग्रान, सटफुट १२ पाउण्ड, छात्रा तर्फः हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ६ सय ग्राम र सटफुट ८ पाउण्ड रहेको छ ।

मार्सल आर्ट तर्फः कँराते छात्र– यु ४२ किलो, यु ४७ किलो, यु ५२ किलो काता एकल, छात्रा– यु ४० किलो, यु ४५ किलो, यु ५० किलो काता एकल, तेक्वान्दोः छात्र यु ४५ किलो, यु ४८ किलो र यु ५१ किलो, छात्रा तर्फ– यु ४२ किलो, यु ४४ किलो र यु ४६ किलो हुनेछ ।

उसुः छात्र चेन्ज क्विन, नान क्विन, तैजी क्विन, छात्रा– चेन्ज क्विन, नान क्विन र तैजी क्विन उल्लेख छ । फुटबल, रग्बी, ब्याडमिन्टन, टेवल टेनिस, क्रिकेट, छात्रछात्रा दुबै हुने छन् भने, आइटी एफ तेक्वान्दोमा छात्र यु ४५ किलो, यु ४८ किलो र यु ५१ किलो, छात्रामा यु ४२ किलो, यु ४४ किलो, यु ४६ किलोलाई समाबेश गरिने भएको छ । यस्तै नगरले ४–५–६, जिल्लाले १२–१३–१४, प्रदेशले १९–२०–२१ र संघीय अन्र्तगत २३ गतेदेखि फागुन मसान्तसम्म हुने बताईएको छ ।


प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शनिबारदेखि नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदै
शनिबारदेखि नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदै
नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल प्रतियोगिता हुँदै
नेपालगञ्जमा यु–१४ छात्र–छात्रा फुटबल प्रतियोगिता हुँदै
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP