नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • ठेकेदारको दादागिरीः भुक्तानी नपाएको झोकमा ईन्जिनियरमाथि हातपात
ठेकेदारको दादागिरीः भुक्तानी नपाएको झोकमा ईन्जिनियरमाथि हातपात
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ३, २०७९ बागेश्वरी पोस्ट
ठेकेदारको दादागिरीः भुक्तानी नपाएको झोकमा ईन्जिनियरमाथि हातपात

नेपालगन्ज । कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यरत ईन्जिनियरमाथि ठेकेदारले हातपाट गरेपछि नगरपालिकाका सबै कामकाज ठप्प भएका छन् । नगरपालिकामा कार्यरत  ईन्जिनियर प्रशान्त अधिकारीमाथि कालोपत्रे सडक निर्माणको काम गरेको योजनाको भुक्तानी माग्दै ठेकेदारले हातपात गरेका हुन् । 

बुधबार बिहान आफ्नो कार्यकक्षमा काम गरि रहेको अवस्थामा योजनाको बिल भुक्तानीका लागि भन्दै लम्कीचुहा १ मा रहेको आररडी ईन्ञ्जिनियरिङ सोलुसनका प्रतिनिधि दिपेन्द्र शाही र प्रकाश शाही कार्यालयमा आएको बताउँदै ईन्जिनियर अधिकारीले आवश्यक कागजपत्र अपुग भएको, आवश्यक पक्रिया पूरा गर्न भनेपछि आफूमाथि हातपात गरी शरीरमा लगाएको कपडा च्यातेको बताए । 

ईन्जिनियर अधिकारीले भने, “ म आफ्नो कार्यकक्षमा काम गदै थिएँ । उहाँहरु २ जना आउनुभयो । बिल उठाउन भन्नुभयो । तर बिल उठाउनको लागि आवश्यक कागजात पुगेको थिएन । मैले उहाँलाई आवश्यक कागजात ल्याएर आउन अनुरोध गरेँ । उहाँहरुले ममाथि हातपात गर्नुभयो । कपडासमेत च्यात्नु भयो । मेरो डबलमा राखेको प्रिन्टर उठाएर ममाथि बजार्न खोज्नुभयो।’

यता लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले ईन्जनियर अधिकारीको कार्यकक्षमै हातपात भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले भने, ‘बिल भुक्तानीको विषयलाई लिएर ईन्जिनियरमाथि हातपात हुनु राम्रो होइन ।  यो अवस्थामा कर्मचारी साथीहरु असुरक्षित भइएको भन्दै अतिआवश्यक बाहेकका कामहरु छोडेर बसेका छन् । उहाँको योजनाको कार्यपालिकाबाट म्याद थपिएको छ । गत वर्षको योजना हो । कार्तिक मसान्तमा योजनाको म्याद सकिएको थियो । भुक्तानीका लागि नियमानुसार आवश्यक पर्ने कुनै कागजात उहाँसँग छैन।’  

बुढाले अगाडि भने, ‘भुक्तानीका लागि उहाँले निवेदन मात्र दिनु भएको रहेछ अन्य आवश्यक कागजात तयार पारेको देखिदैन । योजनाको भुक्तानी दिनुपर्यो भनेर ईन्जियरमाथि हातपात भएको छ ।  यस्तो अवस्थामा कर्मचारीले काम गर्ने वातावरण नभएको भन्दै आज सबै काम प्रभावित बन्न पुगेको हो ।’

उनले थपे, ‘दोषीलाई कानूनको दायरामा नल्याएसम्म हामी काम गर्न सक्ने वातावरणमा छैनौं । हामीहरुले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नपाएसम्म कसरी काम गर्ने ?’ 

यसैबीच घटनाको विषयमा तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गर्दै नगरपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति नै जारी गरेर विरोध गरिरहेका छन् । 

विज्ञप्तिमा भनिएको छ  “लम्कीचुहा  नगरपालिकाको कार्यलय अन्तर्गत भवन तथा बस्ती विकास उपशाखा भित्र प्रवेश गरी उपशाखा प्रमुख ईन्जिनियर प्रशान्त अधिकारीमाथि हातपात गरि कार्यालयका महत्वपूर्ण कागजात तथा कार्यालय सामग्रीमाथिसमेत क्षति पुर्याउने प्रयास गरेको र राष्ट्र सेवक कर्मचारीमाथि अमानवीय व्यवहार गरी कामकाजमा समेत असहज अवस्था र्सिजना गरेकोप्रति सम्पूर्ण कर्मचारी घोरनिन्दा गर्दछौं ।” 

‘कर्मचारीमाथि हातपात गरि सार्वजनिक निकायमा आतंक फैलाउने दिपेन्द्र शाही र प्रकाश शाहीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछौ’, विज्ञाप्तीमा उल्लेख छ । 

दोषीलाई कानूनी दायरामा ल्याई कारबाही नगरेसम्म नगरपालिकाको कार्यालयबाट पर्वाह हुने अतिआवश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको समेत विज्ञप्तिमा उल्लेख छ । 

लम्कीमा ठेगाना रहेको आरडी ईन्ञ्जिनियरिङ सोलुसले गत वर्ष नगरपालिकाका २० वटा योजनाको ठेक्का पाएको नगरपालिकाले जनाएको छ । 

ती योजनामध्ये केही योजना मात्र पूरा भएका छन् । केही योजनाको म्याद सकिएपछि कार्यपालिकाको बैठकबाट म्याद थप्ने निर्णयसमेत भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुढाले बताए । 

सम्पन्न भएको एक योजनाको धरौटी फिर्ताको लागि अवैधानिक रुपमा नगरपालिकाको स्वीकृति र जाँच बिना नगरपालिकाको लेटरप्याड दुरुपयोग गर्दै र आफ्नो कीर्ते हस्ताक्षरबाट टीकापुरस्थित नबिल बैंकबाट धरौटी रकम फिर्ता लिएकोसमेत फेला परेको बुढाले बताए । सो विषयमासमेत जिल्ला प्रशासनमा आफूले उजुरी दर्ता गराएको बुढाले जानकारी दिए । हाम्राकुराबाट।


प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  २३:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन
नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन
चाडपर्वमा नागरिकको सुरक्षामा कुनै कसर बाँकी राख्दैनौँ : एसपी जिसी
चाडपर्वमा नागरिकको सुरक्षामा कुनै कसर बाँकी राख्दैनौँ : एसपी जिसी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP