prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्री बन्ने दौडमा बिकासप्रेमी नेता दीपक गिरी
मन्त्री बन्ने दौडमा बिकासप्रेमी नेता दीपक गिरी
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, चैत १४, २०७९ बागेश्वरी पोस्ट
मन्त्री बन्ने दौडमा बिकासप्रेमी नेता दीपक गिरी

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचन २०७९ का बेला पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी आफू मात्रै जित्न लागेनन् बरू आफ्नो जिल्ला र वरिपरि (साविक राप्तीका पाँच जिल्ला) मा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन उत्तिकै सक्रिय भूमिका खेले । 

nepalgunj 081-082

त्यत्ति मात्रै नभएर चुनावकै बेला उनी सिङ्गो लुम्बिनी प्रदेशका अरू पनि जिल्लाहरूमा पुगेर पार्टी र गठबन्धनका उम्मेदवारहरूको हौसला बढाएका थिए । धेरै ठाउँमा गठबन्धनकै उम्मेदवारले पनि जिते । जिल्लामै पनि एमालेका ‘शक्तिशाली’ भनिएका नेताहरूलाई हराउँदै तत्कालीन गठबन्धनका उम्मेदवारहरूले चुनाव जिते । 

अहिले मन्त्रिपरिषद पुनर्गठनको तयारी चलिरहँदा गिरी फेरि मन्त्री बन्ने रेसमा छन् । तर, नेपाली कांग्रेसले मन्त्री बन्नेहरूको नाम टुङ्ग्याइसकेको छैन । तर, गिरीले भने आफ्नो चाहना भए पनि पार्टीको निर्णयलाई भने स्विकार गर्ने बताएका छन् । 

‘मन्त्रीका लागि आकांक्षी मात्रै होइन बलियो दाबेदार पनि हुँ’ गिरी भन्छन् ‘तर परिस्थिति सबै पार्टीको हातमा छैन । सबै मिलेर सबैलाई मिलाएर सरकार चलाउनुपर्ने अवस्था छ । यस्तो पार्टीको निर्णय त स्विकार गर्नैपर्छ नि ?’

तर, पार्टीले न्यायसंगत निर्णय गर्ने अपेक्षा गिरीको छ । उनले पार्टीले सरकारमा पठाउने मन्त्रीहरू मध्ये अनुभवीलाई प्रथामिकतामा राख्ने पनि बताए । 

‘यस्तो परिस्थितिमा पनि सरकारमा गएर केही गरेर देखाउने खालको मान्छेलाई लैजानुपर्छ । त्यसका लागि अनुभवी सांसदहरू चाहिन्छ भन्ने हो । पदाधिकारीहरूले त पार्टी र संगठनलाई चलायमान बनाउने पो हो,' गिरीले भने । 

पार्टीको दुवै समूहबाट गिरी सरकारमा जाने चर्चा छ । यद्यपि मन्त्रालयको भागबण्डा अनुसार पार्टीको आन्तरिक बाँडफाट पनि भइसकेको छैन । कोइराला समूह आफैं पनि संस्थापन पक्षकै अनुपातमा आफ्नो समूहको प्रतिनिधत्व हुनुपर्ने अडानमा छ । 

चार दशक भन्दा लामो सक्रिय जीवन पार्टीमा बिताइसकेका गिरी २०३० सालमा तुलसीपुरस्थित महेन्द्र माविबाट गिरफ्तारीमा परेका थिए । त्यो बेला उनी १३ वर्षका थिए । स्थानीय प्रशासनले उनलाई थुनामा राखेको थियो । त्यसपछि पनि २०३१ सालमा र २०३७ मा थुनिएका थिए । 

६२ वर्षअघि पश्चिम दाङको सुकदेवामा जन्मिएका गिरी स्कुले जीवनमै व्यवस्था परिवर्तनको आन्दोलनमा होमिए र नेपाल विद्यार्थी संघमा हुँदै पार्टीको केन्द्रीय राजनीतिमा जबर्जस्त स्थान बनाउन सफल भए । २०३४ सालमा भारतको गोरखपुरमा नेपाली कांग्रेसको सक्रिय सदस्यता लिएपछि पार्टी राजनीतिमा उनको रफ्तार तेज भयो ।

२०५१ सालदेखि पटक पटक प्रत्यक्ष चुनाव लडेका गिरीले २०७० सालमा भएको दोस्रो संविधानसभामा पहिलोचोटी चुनाव जिते । त्यस लगत्तै उनी सिंचाईं मन्त्री पनि भए । त्यस अघि उनले पटक पटक पार्टीको केन्द्रीय सदस्य भएर सांगठिनक सक्रियता निकै बढाए । 

पार्टीको विवाद मिलाउन होस् वा संगठन विस्तार र सुदृढीकरण, त्यसका लागि उनी पूर्वदेखि पश्चिम नेपालका सबै जिल्लाहरूमा पार्टीको नेतृत्व गर्दै पुगिसकेका छन् । 

२०६४ सालको निर्वाचनमा भर्खरै शान्ति प्रक्रियामा आएको नेकपा माओवादीको लहर देशभरि फैलिएको थियो । त्यो बेलामा पनि चुनाव लडेर उनी झिनो मतले मात्रै पराजित भए । तर, २०७० सालको चुनावमा पनि उनी एक्लैले मात्रै जितेनन् बरू जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार जिताउन सक्रिय भए । त्यो चुनावमा दाङका सबै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका थिए । 

वि.सं २०३४ सालमा दाङ जिल्लाको क्षेत्रीय सभापति, २०३६ सालमा नेविसंघको केन्द्रीय सदस्य, २०३६ सालमै नेविसंघको राष्ट्रिय अधिवेशनको तैयारी समितिको संयोजक, २०४२ सालमा सत्याग्रह आन्दोलनको केन्द्रीय एक्सन कमिटीको सदस्य, २०४३ सालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको महासचिव र २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर नेतृत्वदायी भूमिका निर्वाह गरेको ऐतिहासिक पृष्ठभूमि काँग्रेस नेता गिरीसँग छ ।

उनले २०४६ सालदेखि निरन्तर पार्टीको महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य हुँदै पार्टीको केन्द्रिय सदस्यको महत्वपूर्ण जिम्मेवारी बहन गरेका छन् ।  

पदमा रहँदा होस् वा नहुँदा पनि विकासको अभियानमा गिरी सधैं सक्रिय भए । तुलसीपुरको राप्ती बबई क्याम्पस स्थापनाको अग्र भूमिकामा रहेका गिरी ९ महिना मन्त्री हुँदा पनि विकासका कामहरूलाई उत्तिकै गति दिए । 

सिंचाई मन्त्री हुँदा दाङमा उनले बृहत दाङ उपत्यका सिंचाई आयोजना सुरु गरेका थिए । सडक, यातायात, विद्युत, पुल निर्माण लगायतका क्षेत्रमा निकै काम गरेका छन्  । 

पार्टीभित्र अनि गुटगत राजनीतिमा गिरी खासै चतुर खेलाडी त होइनन् तर उनी कोइराला परिवारकै राजनीतिक संस्कारमा आफूलाई हुर्काएका नेता हुन् । 

‘म राजनीतिमा चतुर हुन जानिनँ’ उनी पटक पटक भन्छन् ‘मैले पार्टीभित्र खेल खेल्न जानेको भए यति पछि पर्ने थिइनँ । मसँगै राजनीति सुरु गरेका साथीहरू धेरै पटक शक्तिशाली मन्त्रालयसम्म पुगिसकेका छन् । म त भुँइको भुँइमै ।’


प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १८:५१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP