prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २०, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी

नेपालगञ्ज । नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको छ । ‘एडभोकेसी’ फोरम नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र उपभोक्ता संरक्षण मञ्च लुम्बिनी प्रदेशले संयुक्त रूपमा गरेको अनुगमनमा जेनजी प्रदर्शनपछि बाँके कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको पाइएको हो ।

अनुगमन पश्चात् नेपालगञ्ज कारागारको अवस्था सुधार गरी कैदीबन्दीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । कारागारमा अहिले ३५० कैदीबन्दीको क्षमता रहेकामा ८०० कैदीबन्दी तथा थुनुवा राखिएको छ । यहाँ रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी लागुऔषध कारोबार, जबरर्जस्ती करणी, कर्तव्यज्यान मुद्दाका रहेका कारागार प्रशासनले जनाएको छ ।

कारागारका जेलर प्रकाश ढुङ्गानाले महिला कैदीबन्दी गृह नभएकाले बर्दिया कारागारमा पठाउने तयारी भइरहेको जानकारी दिए । जेनजी प्रदर्शनका क्रममा केही कैदीबन्दी भाग्न खोजेपछि सुरक्षाकर्मीले नियन्त्रणका लागि गोली चलाउँदा कैलालीका २४ वर्षीय उमेश बमको खुट्टामा गोली लागेर घाइते भएका उल्लेख गर्दै उनले बमको अवस्था सामान्य भएपछि पुनः कारागार फर्किएका बताए ।

क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी बस्नुपर्ने अवस्था भएकाले बसोबास, स्वास्थ्य र सरसफाईमा कठिनाई देखिएपछि सुधारका लागि आग्रह गरिएको एडभोकेसी फोरमका प्रदेश संयोजक वसन्त गौतमले बताए । उनले कारागारमा अस्थायी रूपमा एक महिलाबन्दी राखिएको भए पनि बाँकेमा महिला कैदीबन्दीका लागि छुट्टै कारागार भवनको अभाव रहेको उल्लेख गरे ।

कारागारमा कैदीबन्दीका लागि पिउने पानी, सरसफाई र स्वास्थ्य उपचारको सामान्य सुविधा मात्र रहेको पाइएको अनुगमन टोलीले जनाएको छ । स्वच्छ पानीका लागि समरसेल र मिनरल वाटरको व्यवस्था गरिएको छ भने ए ब्लक र बी ब्लकमा गरी ११ वटा सार्वजनिक शौचालय सञ्चालनमा छन् ।

प्राथमिक तहको विद्यालय पनि सञ्चालनमा रहेको सो कारागारमा कक्षा १ देखि ५ कक्षासम्म ९८ जना कैदीबन्दीले अध्ययन गरिरहेका जेलर ढुङ्गानाले जनाकारी दिए ।

कारागारको प्रशासनिक भवन जीर्ण भएकाले कर्मचारीले असुरक्षित महसुस गर्दै बाहिरबाट काम गर्नुपर्ने अवस्था, अदालतबाट कैदीपुर्जी ढिलो प्राप्त हुने, पुनरावेदन म्याद ढिलाई हुने, कैदीबन्दीका उजुरी समयमा सम्बोधन नहुने लगायत समस्या समाधानका लागि कारागार प्रशासनलाई आग्रह गरिएको संयोजक गौतमले बताए ।

अनुगमनमा टोलीमा इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्य, उपभोक्ता संरक्षण मञ्चका प्रदेश उपाध्यक्ष प्रभातकुमार ठकुरी लगायत सहभागी थिए । रासस


प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP