नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कोरोना भाइरसले चीनमा ४ को मृत्य,नेपालमा उच्च सतर्कता अपाउन आग्रह
कोरोना भाइरसले चीनमा ४ को मृत्य,नेपालमा उच्च सतर्कता अपाउन आग्रह
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ८, २०७६ बागेश्वरी पोस्ट
कोरोना भाइरसले चीनमा ४ को मृत्य,नेपालमा उच्च सतर्कता अपाउन आग्रह

काठमाडौं। चीनमा कोरोना भाइरसको प्रकोप देखा परेको छ । भाइरसको प्रकोपबाट कम्तिमा चारजनाको मृत्यु भएको छ । संक्रमित तीनजसय जना उपचारका लागि भर्ना गराइएको छ ।

विश्व स्वास्थ्य संगठनले भाइरसको संक्रमणलाई लिएर आज आकस्मिक बैठक डाकेको छ । मानव–मानवबीच सर्ने भएकोले नेपालमा समेत उच्च सजगता अपनाउनुपर्ने चिकित्सकले सुझाब दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा. वासुदेव पाण्डेले प्रकोप चीनमा देखिए पनि नेपालमा समेत आवागमन हुने भएकोले विशेष सजगता अपनाउनुपर्ने बताउनुभएको छ ।

यसै साता काठमाडौं आउनुभएका चीनको वुहान प्रान्तका एकजना पर्यटकमा उक्त संक्रमणको सम्भावना देखिएपछि अस्पताल पुगेकोमा पछि संक्रमण नरहेको चिकित्सकले ठहर गरेको डा।पाण्डेले प्रष्ट्याउनुभयो । विदेशबाट आउने पर्यटकमा रोग वा भाइरसको संक्रमण जाँच्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परामर्श केन्द्र राखिएको छ । डा.पाण्डेले विश्व स्वास्थ्य संगठनको बैठकपछि थप सजगताका लागि प्रयास गरिने बताउनुभयो । विमानस्थलको सहायता केन्द्रलाई भने सक्रिय अवस्थामा राखिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण छुट्याउने उपकरण समेत छैन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उपकरण सहयोगको लागि विश्व स्वास्थ्य संगठनलाई आग्रह गरेको छ । केही दिनभित्रै उपकरण आउने बताइएको छ । पहिलो पटक दुई साता अघि नै देखापरेको उक्त भाइरसको प्रकोप बढेपछि चिनियाँ अधिकारीहरुले कोरोना भाइरस प्रकोपको रुप लिन सक्ने स्वीकार गरेका छन् । राष्ट्रपति सी चिनफिङ्गले आवश्यक सतर्कता र सावधानी अपनाउन कुनै कदम बाँकी नराख्ने बताउनुभएको छ । चिनियाँ अधिकारीहरुले सुरुमा उक्त भाइरस जनावरबाट मानिसमा सर्ने जनाएपनि सोमबार मात्रै मानिसबाट मानिसमा सर्ने पुष्टी गरेका हुन् ।

चीनको हुपे प्रान्तको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसबाट संक्रमित बिरामी देखा परेको थियो । वुहान शहरभन्दा सयौं किलोमिटर टाढा दुईजनामा उक्त संक्रमण देखा परेको छ । प्रकोप सम्बन्धमा अध्ययन गर्न सरकारले नियुक्त गरेको डा।जोङ्ग नान्शनले उक्त भाइरस मानव–मानवमा सर्न सक्ने बताउनुभयो । विश्व स्वास्थ्य संगठनले उक्त प्रकोपबारे निर्णय लिन बुधबार आकस्मिक बैठक बोलाएको छ । बैठकमा सावधानीका उपाय तथा सार्वजनिक स्वास्थ्यमा संकटकाल र अन्तर्राष्ट्रिय स्तरमा प्रकोपको पहुँच सम्बन्धमा थप छलफल गरिने द् न्युयोर्क टाइम्सले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ्गले प्रकोपलाई गम्भिरतापूर्वक लिइएको बताउनुहुँदै सरकारले आवश्यक कदम चाल्न पछि नपर्ने आश्वस्त तुल्याउनुभएको छ । अधिकारीहरुले चीनको वेइजिङ, सांघाई र दक्षिणी प्रान्त ग्वाङडङमा समेत नयाँ बिरामी फेला परेको जनाएका छन् । त्यसैगरी, जापान, दक्षिण कोरिया र थाइल्याण्डमा समेत उक्त प्रकोपका संक्रमण देखा परेको बीबीसीले जनाएको छ । पहिलो पटक ३१ डिसेम्बरका दिन वुहान प्रान्तका सरकारले शहरका अस्पतालहरुमा निमोनिया जस्तो देखिने दर्जनौं बिरामीको उपचार भइरहेको जनाएको थियो । सरकारले कारणबारे खुलाएको थिएन ।

वुहान शहरको हुनान सीफुड बजार नजिकका मानिसमा उक्त संक्रमण देखा परेकोले प्रान्तीय सरकारले उक्त बजार बन्द गर्ने निर्णय गर्यो । तर आइतबार उक्त बजारको सम्पर्कमा नरहेका ब्यक्तिहरुमा समेत संक्रमण देखा पर्दा भाइरस शहरको अन्य भेगमा समेत उपस्थित रहेको हुनसक्ने अनुमान गरिएको छ । कोरोना भाइरसका संक्रमितलाई सुरुमा ज्वरो आउने र पछि श्वास लिन कठीन हुने समस्या देखिएको छ ।

शुक्रराज ट्रपिकल अस्पतालका प्रमुख डा. पाण्डेले संक्रमणपछि मृत्युको सम्भावना २० देखि ३० प्रतिशत हुने अनुमान गरिएको बताउनुहुन्छ । यद्दपी उहाँले चीनमा मृत्युदर कम रहेकोले उक्त सम्भावना दर कम हुनसक्ने खुलाउनुहुन्छ ।गोरखापत्र अनलाइनबाट साभार।


प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट
बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट
'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'
'लुम्बिनी प्रदेशमा मातृ मृत्युदर र कुपोषणको अवस्था चिन्ताजनक'
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
डा. बद्रीको नेतृत्वमा भेरीमा सिफलिस सम्बन्धि वैज्ञानिक अध्ययन सुरु
नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित
नेपाल स्वास्थ्यकर्मी संघमा बाँकेबाट २ पदाधिकारीसहित ६ जना निर्वाचित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP