नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • स्वर्णिमले कांग्रेसलाई लात हानेर गए: गगन थापा
स्वर्णिमले कांग्रेसलाई लात हानेर गए: गगन थापा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत २०, २०७९ बागेश्वरी पोस्ट
स्वर्णिमले कांग्रेसलाई लात हानेर गए: गगन थापा

नेपालगन्ज । अर्थविद् डा. स्वर्णिम वाग्ले कांग्रेस हुनै नसक्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । आज कांग्रेस नेता गोविन्द भट्टराईको उमेदवारी दर्ता कार्यक्रममा सहभागी हुन तनहुँ क्षेत्र नम्बर–१ मा पुगेका थापाले स्वर्णिमले पार्टीलाई लात हानेर गएको आरोप लगाए । 

उनले तनहुँवासीले एउटा परिस्थितिले भएको निर्वाचन भएकाले अब ५ वर्ष जिम्मा दिएर कांग्रेसलाई जिताउनुपर्छ भनेका छन् । उनले भट्टराईलाई जिताउन आग्रह गर्दै गठबन्धनका साझा उम्मेदवार भएकाले साझा उम्मेदवारलाई जिताएर यसअघिकै निरन्तरता दिनुपर्नेमा जोड दिए । 

स्वर्णिम केही दिनअघि मात्रै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेर तनहुँ-१ बाट चुनाव लड्दैछन् । गगनले विपक्षी दलको उम्मेदवार भएका स्वर्णिमलाई पार्टीभित्र संघर्ष गरेर बस्न तयार नहुनेहरू कांग्रेस हुन नसक्ने बताए ।

उनले कांग्रेसलाई लात हानेर बाहिरबाट ‘कांग्रेस खराब छ’ भन्दैमा लोकतन्त्र सुदृढ नहुने समेत बताएका छन् । 

स्वर्णिमतर्फ संकेत गर्दै उनले प्रश्न गर्दै भने, "हामी पनि एउटा सपना लिएर राजनीतिमा आएका छौँ । हामीलाई पनि पार्टी बदल्ने चाहना छ, नेपाली कांग्रेस । कांग्रेसभित्र जे भइरहेको छ, त्यो सबै त ठिक भइरहेको छैन । तर, नेपाली कांग्रेसलाई लात हानेर गएर बाहिरबाट कांग्रेस खराब भनेर ढुंगा हानेर, झ्याल फुटाएर कांग्रेस बदलिन्छ र ?”

कांग्रेस बदल्न भित्र बसेर संघर्ष गर्नुपर्ने भन्दै थापाले त्यो संघर्षमा आफूहरू रहेको बताएका छन् । महामन्त्री थापाले आफू भट्टराईको कार्यकर्ता भएको भन्दै उनको उम्मेदवारी नै न्यायको उदाहरण भएको बताए ।


प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP