नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • फरार सूचीमा रहेका एमालेका सांसद लक्ष्मी महतो कोइरीका कारण संसदमा हङ्गामा
फरार सूचीमा रहेका एमालेका सांसद लक्ष्मी महतो कोइरीका कारण संसदमा हङ्गामा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १५, २०८० बागेश्वरी पोस्ट
फरार सूचीमा रहेका एमालेका सांसद लक्ष्मी महतो कोइरीका कारण संसदमा हङ्गामा

नेपालगन्ज । नेकपा एमालेका  फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीलाई सभामुखले बचाउन खोज्दा समस्या उत्पन्न भएको छ । 

आज प्रतिनिधि सभाको बैठकमा कोइरीलाई कारबाही गर्नुको सट्टा बिरामी भनेर पद टिकाइदिइरहन खोज्ने सभामुख देवराज घिमिरेको कदमप्रति एमाले बाहेकका दलहरुले विरोध गरेका हुन् । 

एमाले बाहेकका दलहरुले उनलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा कोइरी लगातार १० बैठकमा सहभागी नभएको भन्दै कारबाही गर्न माग गरेका थिए । 

तर सभामुख घिमिरेले भने बिरामी भएका माओवादी केन्द्रका सांसद वर्षमान पुन र नेपाली कांग्रेसका सांसद डा। चन्द्रकान्त भण्डारीलाई जस्तै बिरामी बिदा स्वीकृत गर्ने पक्षमा थिए । 

तर सभामुख घिमिरेले कोइरी कहाँ बसेर उपचार गरिरहेको र के बिरामी भएको भन्ने बताउन सकेनन् । 

उनले प्रक्रियामार्फत अघि बढ्ने भन्दै पटक पटक सांसदहरुलाई बस्न आग्रह गरे । ‘यसको जवाफ मैले अघि नै रुलिङ गरिसकेको छु’, उनले बैठकमा भने । 

सो क्रममा बोल्दै कांग्रेस सचेतक रमेश लेखकले कोइरी उपस्थित नभएकोमा दशौँपटक प्रश्न उठेको बताए । उनलाई प्रहरीले खोजी गरिरहेको र भेटिए पुर्पक्षका लागि थुनामा जानुपर्ने बताए ।

त्यस्तै रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले आफू गृहमन्त्री हुँदा अपराधको फरारको सूचीमा रहेको भन्दै प्रहरीले उनलाई खोजी गरिरहेको जानकारी गराए । 

जनमोर्चाका चित्रबहादुर केसीले फौजदारी मुद्दा लागेका व्यक्तिलाई बचाउन नहुने बताए । एमालेका सांसद रघुजी पन्तले भने प्रधानमन्त्री र गृहमन्त्रीले अपराधीहरुलाई लुकाएको आरोप लगाउँदै आफूहरु अपराधीलाई बचाउनु पर्छ भन्ने पक्षमा नभएको बताए । 

अन्तिममा सभामुखले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै नेपालको कानून अनुसार, संविधानअनुसार प्रक्रिया अगाडि बढ्ने आश्वासन दिए पनि सांसदहरुले भने यो विषयलाई संसदको रेकर्डबाटै हटाउन माग गरेपछि आत्तिएका उनले आधा घण्टाका लागि संसद स्थगित भएको घोषणा गरेका थिए । 

 


प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP